singel post top banner

लेटाङमा १३ वर्षीया बालिका अंशुको निर्मम हत्या: बलात्कार र हत्या आशंकामा अनुसन्धान जारी।

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
आइतबार, कार्तिक ९, २०८२
297 Views
लेटाङमा १३ वर्षीया बालिका अंशुको निर्मम हत्या: बलात्कार र हत्या आशंकामा अनुसन्धान जारी।
समाचार सारांश
  • विराटनगरमा निर्मला पन्तको बलात्कारपछि हत्याको घटनालाई सम्झाउने अर्को घटना मोरङको लेटाङमा भएको छ।
  • ‘पिङ खेल्न जान्छु’ भनी घरबाट निस्किएकी १३ वर्षीया अंशु गौतमको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको हो।

विराटनगरमा निर्मला पन्तको बलात्कारपछि हत्याको घटनालाई सम्झाउने अर्को घटना मोरङको लेटाङमा भएको छ। ‘पिङ खेल्न जान्छु’ भनी घरबाट निस्किएकी १३ वर्षीया अंशु गौतमको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको हो। शव फेला परेसँगै प्रहरीले थालेको अनुसन्धानबाट बलात्कारपछि उनको हत्या भएको र प्रमाण नष्ट गर्न शवलाई टुक्रा–टुक्रा पारिएको हुनसक्ने आशंका गरिएको छ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको अवस्थामा फेला परेको थियो। लेटाङकी अंशुको भने लेटाङ–२ र बेलबारीको सिमानामा रहेको साझेदारी वन क्षेत्रमा १८ दिनपछि शव क्षतविक्षत र टुक्रा–टुक्रा पारिएको अवस्थामा भेटिएको हो। परिवारका अनुसार अंशुको अन्तिम जवाफ “पिङ खेल्न जान्छु” थियो, जसले उनको जीवनको अन्तिम संवादको रुपमा लिइएको छ।

प्रहरीका अनुसार शव कुहिएर र क्षतविक्षत भएकोले पहिचान गर्न निकै कठिन भएको छ। उनी अन्तिम पटक देखिएको बुधबारे चौरबाट करिब साढे चार किलोमिटर टाढा जंगलमा शव भेटिएपछि घटना अपहरणपछि योजनाबद्ध रूपमा बलात्कार र हत्या भएको आशंका गरिएको छ।

मोरङकी प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले अनुसन्धान निकै गम्भीर र सूक्ष्म ढंगले अघि बढाइएको बताइन्। ‘अहिलेसम्म कोही पक्राउ परेका छैनन्, तर घटनाको प्रकृति हेर्दा आशंका गर्ने आधारहरू प्रशस्त छन्,’ उनले भनिन्। प्रहरीले घटनास्थलको प्रकृति, कपडाहरूको फरक-फरक स्थानमा भेटिनु र शवको तल्लो भाग नग्न अवस्थामा भेटिनुबाट बलात्कार र हत्या आशंकालाई पुष्टि गरेको छ।

प्रहरीले भने, शव अत्यधिक कुहिएको र अंगहरू छरिएर रहेकोले अनुसन्धान जटिल बनेको बताइरहेका छन्। जंगली जनावरले पनि क्षति पुर्‍याएको हुनसक्छ, तर अपराधीले प्रमाण लुकाउन र अनुसन्धानलाई दिग्भ्रमित गर्न यस्तो गरेको हुन सक्ने कोणबाट पनि हेइरहेका छन्।

अहिलेको अवस्थामा औपचारिक पोस्टमार्टमको रिपोर्ट नआएसम्म निश्चित भन्न कठिन छ। अनुसन्धान जारी रहेपछि मात्रै घटना सम्बन्धी पूर्ण जानकारी सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

अभिभावक वा परिवारसँग कुनै रिसइबीको कारण अंशुलाई निशाना बनाइएको हो कि भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ। तर, यस्तो क्रूर घटनाले स्थानिय समाजलाई त्रसित र मर्माहत बनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

युवा नेतृत्वले मुलुकको द्रुत विकासमा मद्दत गर्नुपर्ने – मन्त्री कुलमान घिसिङ
युवा नेतृत्वले मुलुकको द्रुत विकासमा मद्दत गर्नुपर्ने – मन्त्री कुलमान घिसिङ
सर्वोच्च अदालतको आदेश: अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन आयोगलाई निर्देशन
सर्वोच्च अदालतको आदेश: अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन आयोगलाई निर्देशन
भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारी र स्वास्थ्यकर्मीको आन्दोलन, नियमावली पारितको माग
भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारी र स्वास्थ्यकर्मीको आन्दोलन, नियमावली पारितको माग
इरानको हर्मोजगान प्रान्तमा अमेरिकी आक्रमण, कम्तीमा तीनको मृत्यु
इरानको हर्मोजगान प्रान्तमा अमेरिकी आक्रमण, कम्तीमा तीनको मृत्यु
काभ्रेपलाञ्चोकको बीपी राजमार्ग पुनर्निर्माणमा तीव्रता, दुई वर्षभित्र पूर्ण हुने सम्भावना
काभ्रेपलाञ्चोकको बीपी राजमार्ग पुनर्निर्माणमा तीव्रता, दुई वर्षभित्र पूर्ण हुने सम्भावना
एटलान्टा विमानस्थलमा बोइङ ७६७ को अवतरण क्रममा एकैसाथ आठ टायर फुट्ने दुर्लभ घटना
एटलान्टा विमानस्थलमा बोइङ ७६७ को अवतरण क्रममा एकैसाथ आठ टायर फुट्ने दुर्लभ घटना
नेपालको वर्तमान राजनीतिक र आर्थिक स्थितिबारे डा. युवराज संग्रौलाको गम्भीर टिप्पणी
नेपालको वर्तमान राजनीतिक र आर्थिक स्थितिबारे डा. युवराज संग्रौलाको गम्भीर टिप्पणी
मधेश प्रदेशमा सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारिता र पहुँचका चुनौतीहरू: परामर्श कार्यशालाबाट निष्कर्ष
मधेश प्रदेशमा सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारिता र पहुँचका चुनौतीहरू: परामर्श कार्यशालाबाट निष्कर्ष
प्रधानमन्त्री सुशीला कार्कीको सर्वदलीय बैठक सम्पन्न, तस्बिरमा हेर्नुहाेस्
प्रधानमन्त्री सुशीला कार्कीको सर्वदलीय बैठक सम्पन्न, तस्बिरमा हेर्नुहाेस्
सर्लाहीमा इन्जिनियर यादवको हत्यारा पक्राउ गर्न प्रहरीको अनुसन्धान तीव्र
सर्लाहीमा इन्जिनियर यादवको हत्यारा पक्राउ गर्न प्रहरीको अनुसन्धान तीव्र
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?