गृहमन्त्री अर्यालले सडक प्रदर्शनकारीलाई संवादका लागि आग्रह, हिंसात्मक गतिविधि नहुन सुझाव।
- गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडकमा उभिएका समूहलाई संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ।
- प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा सम्पन्न छलफलपछि रासससँग कुराकानी गर्दै उहाँले यस्तो बताएका हुन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडकमा उभिएका समूहलाई संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा सम्पन्न छलफलपछि रासससँग कुराकानी गर्दै उहाँले यस्तो बताएका हुन्।
गृहमन्त्री अर्यालले भने, “राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ। संवादमा आउनुपर्यो। सडकमा जानु जरुरी छैन।” उहाँले लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकारमा हस्तक्षेप नहुने कुरामा पनि जोड दिनुभयो।
अर्का भनाइमा, “सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउनु हुँदैन। कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन। विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो,” उहाँले भन्नुभयो।
बालुवाटारमा सम्पन्न सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण भएको जानकारी दिँदै उहाँले सुरक्षा अवस्थालाई सामान्यीकरण गर्दै निर्वाचनको वातावरण बनाउन सरकार केन्द्रित रहेको स्पष्ट गर्नुभयो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






