singel post top banner

ओली र लेखकलाई पक्राउ गर्न दबाव बढेपछि प्रधानमन्त्रीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखको गोप्य बैठक

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, आश्विन २१, २०८२
253 Views
ओली र लेखकलाई पक्राउ गर्न दबाव बढेपछि प्रधानमन्त्रीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखको गोप्य बैठक
समाचार सारांश
  • काठमाडौं।
  • पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी लिनेकि नलिने भन्नेमा अझै दोधार रहेको छ।

काठमाडौं। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी लिनेकि नलिने भन्नेमा अझै दोधार रहेको छ। प्रधानमन्त्री सुशीला कार्कीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखहरुको गोप्य बैठकमा यो विषय छलफल भएपनि विना निष्कर्ष टुंगिएको थियो।

जेन-जी अगुवा सुदन गुरुङको समूहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब दिएपछि प्रधानमन्त्री कार्कीले सुरक्षा अंगका प्रमुखहरुसँग छलफल गरेकी थिइन्। छलफलमा प्रहरीले जाहेरीपछि मुठभेड भएमा सरकार जिम्मेवार हुन्छ भने मात्रै जाहेरी लिने बताएका थिए।

प्रधानमन्त्री कार्कीले यसको कानुनी पाटोको विषयमा छलफल गरेकी थिइन्। ‘प्रधानमन्त्रीज्यूले छलफल गर्नुभएको हो, अहिलेसम्म कुनै आदेश आएको छैन’, एक उच्च प्रहरी अधिकृतले डिसी नेपालसँग भने।

गृहमन्त्रालयले यो विषयमा आजै एउटा निर्णय लिने बताइएको छ। ‘गृहमन्त्रालयबाट वा प्रधानमन्त्री कार्यालयबाट आजै कुनै निर्णय आउनसक्छ’, स्रोतले भन्यो। सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर गुरुङको समूहले दिएको जाहेरी लिन प्रहरीले अस्वीकार गरेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बसेको थियो।

जेनजी समूहले प्रहरी परिसरमा बसेर जाहेरी दर्ता गर्न दबाब दिएसँगै काठमाडौँमा प्रहरीलाई ‘हाइ अलर्ट’मा राखिएको छ। काठमाडौंका संवेदनशील ठाउँमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए।

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न दबाब बढेपछि बालुवाटारमा मध्यरातिसम्म चारै सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो।

प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग उत्पन्न परिस्थितिबारे छलफल गरेपनि विना निष्कर्ष टुंगिएको थियो।

‘दबाब धेरै छ, यो दबाब कहाँबाट आयो भन्न सकिएन’, स्रोतले भन्यो। प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले पक्राउ गर्नलाई ‘कानुनी आधार के हुन सक्छ?’ भन्ने जिज्ञासा राखेपनि सुरक्षा अंगका प्रमुखहरुले न्यायिक छानविनको आधारमा पक्राउ गर्न सकिने बताएका थिए।

बालुवाटार बैठकअघि गृहमन्त्री अर्याल नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग सिंहदरबारमा छलफल गरिरहेका थिए। पछि बालुवाटारबाट बोलाइएपछि उनीहरू त्यहाँ पुगेका थिए। पछि त्यहीँ राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई समेत बोलाइएको थियो।

यस्तै, दुई दिनमा सत्ता पल्टाउने गरी भएको आन्दोलनपछि कसरी अघि बढ्ने भन्नेमा जेन-जी अगुवाबीच मतभेद देखिएको छ। जेन-जी आन्दोलनमा दमन गर्नेहरूमाथि चाल्नुपर्ने कदम, पूर्ववर्ती सरकारले गरेका नियुक्ति खारेजी, नयाँ नियुक्ति, भ्रष्टाचारको छानबिन, सरकारी निकायमा जेन-जीको प्रतिनिधित्वका साथै संवैधानिक र कानुनी प्रक्रियाका विषयमा उनीहरूबीच मतभेद देखिएको छ। अझ अख्तियार प्रमुख र प्रधानन्यायधीशको राजीनामाबारे झन् विवाद रहेको छ।

प्रहरी महानीरिक्षक चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनको घटना न्यायिक छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले बेला उजुरी आउनु र प्रहरीले उजुरी लिनु भनेको मुठभेड निम्त्याउनु हो त्यसकारण त्यसको सबै जिम्मा लिने गरी प्रहरीलाई लिखित आदेश आएमा जाहेरी लिने बताएका थिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाली सेनाले संरक्षणमा जुटाउँदै १२ वटा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा जनशक्ति परिचालन।
नेपाली सेनाले संरक्षणमा जुटाउँदै १२ वटा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा जनशक्ति परिचालन।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष (पीआइसीयू) सुरु
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष (पीआइसीयू) सुरु
कोशी प्रदेशमा सुरक्षा गोष्ठी: निर्वाचन सफल र शान्तिपूर्ण बनाउन सुरक्षा निकायको रणनीति
कोशी प्रदेशमा सुरक्षा गोष्ठी: निर्वाचन सफल र शान्तिपूर्ण बनाउन सुरक्षा निकायको रणनीति
फिलिपिन्समा शक्तिशाली समुद्री आँधी फङ–वङको कारण बहुमूल्य जीवनको क्षति र सुरक्षा सतर्कता
फिलिपिन्समा शक्तिशाली समुद्री आँधी फङ–वङको कारण बहुमूल्य जीवनको क्षति र सुरक्षा सतर्कता
अनमोल केसी स्टारर ‘जेरी अन टप’ दसौं दिनमा उच्च अकुपेन्सीका साथ प्रदर्शन, पहिलो सातामै ५ करोड भन्दा बढी ग्रस कलेक्सन
अनमोल केसी स्टारर ‘जेरी अन टप’ दसौं दिनमा उच्च अकुपेन्सीका साथ प्रदर्शन, पहिलो सातामै ५ करोड भन्दा बढी ग्रस कलेक्सन
काठमाडौंको बाफलबाट दुई अत्याधुनिक पेस्तोलसहित तीनजना पक्राउ
काठमाडौंको बाफलबाट दुई अत्याधुनिक पेस्तोलसहित तीनजना पक्राउ
निर्वाचन आचारसंहिता २०८२: कर्मचारी, उम्मेदवार र राजनीतिक दलका लागि महत्वपूर्ण निर्देशनहरू
निर्वाचन आचारसंहिता २०८२: कर्मचारी, उम्मेदवार र राजनीतिक दलका लागि महत्वपूर्ण निर्देशनहरू
धनुषामा सशस्त्र प्रहरीले १३ सय ७० किलो अवैध काजु बरामद
धनुषामा सशस्त्र प्रहरीले १३ सय ७० किलो अवैध काजु बरामद
नाबालिग बलात्कार मुद्दामा एमाले नेता साह पक्राउ, प्रहरीको अनुसन्धान तीव्र
नाबालिग बलात्कार मुद्दामा एमाले नेता साह पक्राउ, प्रहरीको अनुसन्धान तीव्र
युक्रेनद्वारा ब्ल्याक सीमा रूसी ‘छायाँ फ्लीट’का दुई तेल ट्यांकरमाथि नौसैनिक ड्रोन हमला
युक्रेनद्वारा ब्ल्याक सीमा रूसी ‘छायाँ फ्लीट’का दुई तेल ट्यांकरमाथि नौसैनिक ड्रोन हमला
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?