singel post top banner

चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
सोमबार, चैत्र ११, २०८१
659 Views
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
समाचार सारांश
  • रत्ननगर, चैत ११ ।
  • वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय महाअभियान महासंघले चैत १७ गते काठमाण्डौमा आयोजना गरेको आन्दोलनमा चितवनका शिवशिखर सहकारी पीडितहरुले पनि सहभागिता जनाउने भएका छन् ।

रत्ननगर, चैत ११ । वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय महाअभियान महासंघले चैत १७ गते काठमाण्डौमा आयोजना गरेको आन्दोलनमा चितवनका शिवशिखर सहकारी पीडितहरुले पनि सहभागिता जनाउने भएका छन् । शिवशिखर बहुउद्देश्यीय संस्था लिमिटेड संघर्ष समिति टाँडीले सोमबार पत्रकार सम्मेलनको आयोजन गरेर काठमाण्डौमा हुने आन्दोलनमा सहभागी हुने जानकारी दिंदै सम्पूर्ण शिवशिखर पिडितलाई सहभागी हुन अपिल समेत गरेको छ ।

चितवनमा संघर्ष समिति गठन गरेर रकम फिर्ताका लागि प्रयास गरेका पीडितहरुले विभिन्न चरणमा संघर्षको कार्यक्रम गर्दै आइरहेको समितिका अध्यक्ष सुरेसजंग पाण्डेले जानकारी दिए । उनले लामो समयसम्म पनि रकम फिर्ता हुन नसकेका कारण सडक संघर्षमा उत्रनु परेको भन्दै पिडितहरुलाई काठमाण्डौको हुने सडक संघर्ष कार्यक्रममा सहभागि हुन आग्रह गरे ।

पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य अनिलकृष्ण श्रेष्ठले सहकारीले बचतकर्ताको रकम फिर्ता नगर्दा र सहकारी संचालन गरेको स्थान खाली नगर्दा समस्या भएको बताए । रत्ननगरको सौराहाचोकमा रहेको श्रेष्ठकै जग्गाम शिवशिखरले मार्ट, बचत र रेष्टुरेन्ट संचालन गर्दै आएको थियो र सहकारी समस्याग्रस्त घोषणा भएपछि त्यो ठाँउ खाली हुन सकेको छैन् । ठाउँ खाली हुन नसकेको कारण त्यहाँ रहेको सामान सुरक्षा गर्न चुनौती थपिएको उनले बताए ।

चितवनमा २०७७ साल कार्तिकमा शाखा कार्यालय सञ्चालन भएको सो सहकारी २०७९ माघ महिनामा बन्द भएको थियो । शेयर सदस्य र बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि कार्यालय बन्द गरी सञ्चालक फरार भएका थिए । रत्ननगरस्थित शाखा कार्यालयमा ४ हजार ८०० शेयर सदस्य तथा बचतकर्ताहरुबाट सो सहकारीले २४ करोड तीन लाख २७ हजार रूपैयाँ संकलन गरेको छ । त्यसैगरी, भरतपुर शाखामा ८ हजार ६४ शेयर सदस्य तथा बचतकर्ताहरुबाट ६४ करोड रूपैयाँ बचत संकलन गरेको छ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बूढीगण्डकीमा भीषण बाढी: आरुघाट–धादिङ जोड्ने पक्की पुलसहित चार पुल बगायो
बूढीगण्डकीमा भीषण बाढी: आरुघाट–धादिङ जोड्ने पक्की पुलसहित चार पुल बगायो
मन्त्रिपरिषद्को बैठक सुरु, जेनजी आन्दोलनलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
मन्त्रिपरिषद्को बैठक सुरु, जेनजी आन्दोलनलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
मिथिलाको सांस्कृतिक धरोहर: जोगिरा गीतको संरक्षण र पुनरुत्थानको आवश्यकता
मिथिलाको सांस्कृतिक धरोहर: जोगिरा गीतको संरक्षण र पुनरुत्थानको आवश्यकता
विद्युत् महसुल विवादमा नेपाल विद्युत् नियमन आयोगको निर्णय, उद्योगी व्यवसायीको माग अस्वीकृत
विद्युत् महसुल विवादमा नेपाल विद्युत् नियमन आयोगको निर्णय, उद्योगी व्यवसायीको माग अस्वीकृत
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
डिसहोम कर्मचारी बनेर ठगी गर्ने गिरोह नियन्त्रणमा, ३६४ जना सिकार र २९ लाख ठगी
डिसहोम कर्मचारी बनेर ठगी गर्ने गिरोह नियन्त्रणमा, ३६४ जना सिकार र २९ लाख ठगी
विद्यालयमा भ्रष्टाचार मुद्दा: प्रधानाध्यापक र लेखापाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर
विद्यालयमा भ्रष्टाचार मुद्दा: प्रधानाध्यापक र लेखापाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर
पोखरामा मोटरसाइकल चोरी भएको एक घण्टामै मोटरसाइकलसहित दुई जना पक्राउ
पोखरामा मोटरसाइकल चोरी भएको एक घण्टामै मोटरसाइकलसहित दुई जना पक्राउ
बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास
बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास
भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक
भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक
singel sidbar banner
singel sidbar banner 2