singel post top banner

आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
आइतबार, चैत्र ३, २०८१
760 Views
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
समाचार सारांश
  • काठमाडौँ, चैत ३ ।
  • हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ ।

काठमाडौँ, चैत ३ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै अपराह्न को समयमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कञ्चनपुर कारागारभित्र झडप: घटना छानबिन समिति गठन
कञ्चनपुर कारागारभित्र झडप: घटना छानबिन समिति गठन
जनकपुरधाम उद्योग वाणिज्य सङ्घ र व्यापारीहरू प्रहरी कुटपिट र अवैध सुनचाँदी छापामारुद्ध संघर्षमा उत्रिए
जनकपुरधाम उद्योग वाणिज्य सङ्घ र व्यापारीहरू प्रहरी कुटपिट र अवैध सुनचाँदी छापामारुद्ध संघर्षमा उत्रिए
विनियोजन विधेयक, २०८३ का विषयमा छलफल स्थगित, मन्त्रीको अनुपस्थितिमा बैठक १५ मिनेटका लागि स्थगित
विनियोजन विधेयक, २०८३ का विषयमा छलफल स्थगित, मन्त्रीको अनुपस्थितिमा बैठक १५ मिनेटका लागि स्थगित
प्रधानमन्त्री वालेन्द्र शाहको मानव बेचबिखन विरुद्ध संयुक्त अभियानमा सबैको सहकार्य आवश्यक
प्रधानमन्त्री वालेन्द्र शाहको मानव बेचबिखन विरुद्ध संयुक्त अभियानमा सबैको सहकार्य आवश्यक
एमालेमा युवा र पुराना नेताबीच सन्तुलन मिलाउन योगेश भट्टराईको आग्रह
एमालेमा युवा र पुराना नेताबीच सन्तुलन मिलाउन योगेश भट्टराईको आग्रह
झापामा हात्तीको त्रास र चुनावी उम्मेदवारको दावी: स्थानीयको मुख्य चासो
झापामा हात्तीको त्रास र चुनावी उम्मेदवारको दावी: स्थानीयको मुख्य चासो
एमालेले प्रतिनिधि सभा बैठकमा ओली पक्राउको विरोध गर्ने, सडक आन्दोलनलाई जारी राख्ने घोषणा
एमालेले प्रतिनिधि सभा बैठकमा ओली पक्राउको विरोध गर्ने, सडक आन्दोलनलाई जारी राख्ने घोषणा
गैरदलित युवतीसँग प्रेम विवाह: बिना उजुरी युवक प्रहरी थुनामा
गैरदलित युवतीसँग प्रेम विवाह: बिना उजुरी युवक प्रहरी थुनामा
राप्रपाले मधेस प्रदेशकी सांसद कञ्चन बिच्छा साहलाई सरकारमा मन्त्री बन्ने विषयमा स्पष्टीकरण सोध्यो
राप्रपाले मधेस प्रदेशकी सांसद कञ्चन बिच्छा साहलाई सरकारमा मन्त्री बन्ने विषयमा स्पष्टीकरण सोध्यो
गोङ्गबुमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि कृषि मेला सम्पन्न
गोङ्गबुमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि कृषि मेला सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?