प्रधानमन्त्री वालेन्द्र शाहको मानव बेचबिखन विरुद्ध संयुक्त अभियानमा सबैको सहकार्य आवश्यक
- काठमाडौं ।
- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन र ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन र ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनले मानव बेचबिखनलाई मानव सभ्यताकै कलंकका रूपमा देखाउँदै, यसलाई रोक्न र नियन्त्रण गर्न सरकारले गरेको प्रतिबद्धता र प्रयासहरूलाई जोड दिएका छन्।
शनिबार आयोजित मानव बेचबिखनविरुद्धको २० औं राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री शाहले भने, “मानव बेचबिखन र ओसारपसार जस्ता जघन्य अपराधहरू विश्वभर फैलिरहेको छ। प्रविधिको सही प्रयोग र सजगता अपनाएर मात्र हामी यसलाई रोक्न सक्छौं।” उनले वर्तमान समयमा प्रविधिको विकाससँगै मानव बेचबिखनको प्रवृत्ति, प्रकृति र गन्तव्यमा परिवर्तन आएको उल्लेख गरे।
प्रधानमन्त्री शाहले सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार नीतिगत तथा संस्थागत सुधारहरू गर्दै आएको पनि बताए। उनले थपे, “तीनवटै तहका सरकार र सम्बन्धित सबै सरोकारवालाको सहकार्य र समन्वयमा मानव बेचबिखन विरुद्ध विभिन्न पहलहरू भइरहेका छन्।” यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारको साथसाथै गैरसरकारी संस्था, विकास साझेदार र अन्तर्राष्ट्रिय संगठनहरूको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे।
उनले भनाइ राखे, “हाम्रो साझा प्रयास र एकता नै मानव बेचबिखनमुक्त समाजको निर्माण गर्न मद्दत गर्नेछ।” प्रधानमन्त्री शाहले मानव बेचबिखन विरुद्धको अभियानमा निरन्तर सहयोग र सहकार्य गर्न सबैमा आग्रह गरे र यसलाई सफल बनाउन सरकारको प्रतिबद्धता र जनसहभागिता आवश्यक रहेको बताए।
यस दिवसको मुख्य नाराः “प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माण” अन्तर्गत मानव बेचबिखनविरुद्धको यो अभियान अझ व्यापक र प्रभावकारी बनाउने कुरामा सरकार र सबै सरोकारवालाको जोड रहेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






