singel post top banner

मनिष मिश्रको दाबी– ‘गगन थापा र विश्वप्रकाशको सोचले मधेशमा नयाँ जनलहर ल्याउनेछ’

belwo post title ad banner
विजय सिंह विजय सिंह
शुक्रबार, आश्विन २, २०८३
18 Views
मनिष मिश्रको दाबी– ‘गगन थापा र विश्वप्रकाशको सोचले मधेशमा नयाँ जनलहर ल्याउनेछ’
समाचार सारांश
  • काठमाडौं ।
  • नेपाली कांग्रेसका नवनियुक्त केन्द्रीय सदस्य मनिष कुमार मिश्रले पार्टीले अब परम्परागत ढर्राभन्दा फरक, सकारात्मक सोच र परिणाममुखी ढंगले काम गर्नुपर्ने बताएका छन्।

काठमाडौं । नेपाली कांग्रेसका नवनियुक्त केन्द्रीय सदस्य मनिष कुमार मिश्रले पार्टीले अब परम्परागत ढर्राभन्दा फरक, सकारात्मक सोच र परिणाममुखी ढंगले काम गर्नुपर्ने बताएका छन्। कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएपछि पहिलोपटक धारणा सार्वजनिक गर्दै मिश्रले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिले कार्यान्वयनमा बलियो नेतृत्व र जनताले अपनत्व महसुस गर्ने राजनीतिक संस्कार खोजिरहेको बताएका हुन्।

मिश्रले आफूले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका रूपमा मनोनयन भएको आधिकारिक पत्र प्राप्त गरेको जानकारी दिँदै यो क्षण आफ्ना लागि खुसीसँगै नयाँ र गहिरो जिम्मेवारीको सुरुवात भएको बताएका छन्। पार्टीका नेता, साथी तथा शुभेच्छुकबाट प्राप्त बधाई र शुभकामनालाई उनले आफूले पाएको ठूलो हौसला र विश्वासका रूपमा लिएका छन्।

केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरेपछि मिश्रले पार्टी सभापति गगनकुमार थापासहित कांग्रेसका अग्रज नेताहरू तथा समायोजन समितिमा रहेका अर्जुननरसिंह केसी, उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई धन्यवाद दिएका छन्।

मिश्रले आफू यसअघि पनि राजनीतिक दलमा महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेको स्मरण गरेका छन्। महासचिवको जिम्मेवारीमा रहँदा आफू गाउँ–गाउँसम्म पुगेको र मधेशका अधिकांश जिल्लामा पुगेर त्यहाँका समस्या बुझ्ने तथा आफ्नो क्षमताअनुसार समाधानका लागि पहल गर्ने काम गरेको उनले बताएका छन्।

तर अबको अवस्थामा त्यतिले मात्रै नपुग्ने उनको भनाइ छ। देशको सबैभन्दा तल्लो तहको वडाको कुनादेखि सगरमाथाको चुचुरोसम्म फरक शैली, सकारात्मक सोच र परिणाममुखी दृष्टिकोणका साथ काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन्।

‘कुन पार्टी राम्रो र कुन पार्टी खराब’ भन्ने बहसमा आफू नअल्झिने उल्लेख गर्दै मिश्रले पछिल्लो राजनीतिक घटनाक्रमले अब घिसिपिटी शैलीको राजनीति नभई बलियो कार्यान्वयन खोजेको बताएका छन्। उनका अनुसार जनताले पदको जिम्मेवारी मात्रै होइन, देशलाई आफ्नोपन महसुस गराउन सक्ने राजनीतिक नेतृत्व खोजिरहेका छन्।

युवाहरूले गर्व गर्न सक्ने र आफ्नो भावनासँग जोडिन सक्ने राजनीतिक नेतृत्व आवश्यक रहेको भन्दै उनले देशको माटोले समृद्धि खोजिरहेको बताएका छन्।

मिश्रले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आफूले तत्कालीन पार्टीगत सम्पूर्ण जिम्मेवारी त्यागेर २०८२ को आमनिर्वाचनमा थापालाई सहयोग गर्ने निर्णय गरेको बताएका छन्।

उनले देशको वर्तमान अवस्थालाई सम्बोधन गर्न सक्ने क्षमता, समर्पण र देशहितका लागि संघर्ष गर्ने प्रतिबद्धता थापामा रहेको आफूले महसुस गरेको बताएका छन्।

उनका अनुसार यही विश्वासका कारण आफूले तत्कालीन राजनीतिक जिम्मेवारीबाट अलग भएर थापालाई साथ दिने निर्णय गरेका थिए।

मिश्रले कांग्रेसको आन्तरिक प्रक्रियाका कारण आफूले पाउनुपर्ने जिम्मेवारी केही ढिला प्राप्त गरेको पनि बताएका छन्। आफूसँगै कांग्रेस प्रवेश गरेका कतिपय नेताहरूको जिम्मेवारीबारे अझै छलफल भइरहेको उनले उल्लेख गरेका छन्।

‘करिब दुई दशकपछि आफ्नै घरमा फर्किएँ’

मिश्रले आफ्नो राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेससँगै जोडिएको उल्लेख गर्दै करिब दुई दशक मधेशवादी राजनीतिक दलमा काम गरेपछि पुनः कांग्रेसमा फर्किएको बताएका छन्।

उनले आफूलाई कांग्रेसमा फर्किनुको प्रमुख कारण वर्तमान नेतृत्व भएको बताएका छन्। विगतमा मधेश र कांग्रेसबीचको सम्बन्ध निकै नजिक रहेको स्मरण गर्दै मिश्रले तत्कालीन नेतृत्वको अनुदार व्यवहारका कारण कांग्रेसले मधेशमा धेरै कुरा गुमाएको धारणा राखेका छन्।

उनका अनुसार अहिले मधेशले पुनः नेपाली कांग्रेसलाई खोजिरहेको छ। लामो राजनीतिक संघर्षपछि मधेशले निर्माण गरेको पार्टी नेपाली कांग्रेसको ‘न्यानो छाहारी’मा पुनः बस्न खोजिरहेको उनको दाबी छ।

मिश्रले वर्तमान कांग्रेस नेतृत्वले मधेश र कांग्रेसबीचको सम्बन्धलाई पुनः बलियो बनाउने वातावरण तयार गरेको बताएका छन्।

‘गगन र विश्वप्रकाशको सोचले मधेशमा नयाँ जनलहर आउनेछ’

मिश्रले कांग्रेस सभापति गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्माको सोच तथा नेतृत्वबाट मधेशमा नयाँ राजनीतिक जनलहर सिर्जना हुने विश्वास व्यक्त गरेका छन्।

उनले कांग्रेसको नेतृत्वले मधेशका आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा परिवर्तन ल्याउने अपेक्षा व्यक्त गर्दै मधेशको समग्र विकास र राजनीतिक सहभागिताका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

मधेशमा कांग्रेसप्रति पुनः आकर्षण बढाउने र जनतासँगको सम्बन्ध बलियो बनाउने काम आवश्यक रहेको उनको भनाइ छ।

अन्त्यमा मिश्रले नेपाली कांग्रेस सकेसम्म एकढिक्का भएर अघि बढ्नुपर्ने शुभकामना दिएका छन्। पार्टीभित्र एकता कायम गर्दै देश र समाजका पक्षमा योगदान पुर्‍याउन आफू दिनरात जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

उनले आफूलाई दिइएको नयाँ जिम्मेवारीलाई पदका रूपमा मात्र नभई जनताको पक्षमा काम गर्ने अवसरका रूपमा लिएको संकेत गरेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौं र आसपासका नदीहरूमा बाढीबाट सिर्जित सङ्कटमा राजनीतिक एकता, राहत र उद्धारमा साझा प्रतिबद्धता
काठमाडौं र आसपासका नदीहरूमा बाढीबाट सिर्जित सङ्कटमा राजनीतिक एकता, राहत र उद्धारमा साझा प्रतिबद्धता
अमेरिकी संसदले ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक पेस, राष्ट्रपति ट्रम्पलाई अधिकार दिने प्रस्ताव
अमेरिकी संसदले ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक पेस, राष्ट्रपति ट्रम्पलाई अधिकार दिने प्रस्ताव
मेचीनगरस्थित भावना चोकमा आगलागी, १६ लाख बराबरको क्षति, घर र गोठ जले
मेचीनगरस्थित भावना चोकमा आगलागी, १६ लाख बराबरको क्षति, घर र गोठ जले
भेनेजुएलामा अमेरिकी आक्रमण: काराकासमा सुनिएका विस्फोट र सैन्य आक्रमणको विवरण
भेनेजुएलामा अमेरिकी आक्रमण: काराकासमा सुनिएका विस्फोट र सैन्य आक्रमणको विवरण
विद्युत् महसुल विवादमा नेपाल विद्युत् नियमन आयोगको निर्णय, उद्योगी व्यवसायीको माग अस्वीकृत
विद्युत् महसुल विवादमा नेपाल विद्युत् नियमन आयोगको निर्णय, उद्योगी व्यवसायीको माग अस्वीकृत
ओपनएआईको वित्तीय संकट: अरबौं लगानी र घाटाको बीच भविष्य अनिश्चितता
ओपनएआईको वित्तीय संकट: अरबौं लगानी र घाटाको बीच भविष्य अनिश्चितता
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
स्पेनमा रेल दुर्घटना: २१ को मृत्यु, दर्जनौं घाइते
स्पेनमा रेल दुर्घटना: २१ को मृत्यु, दर्जनौं घाइते
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
मौन पीडामा मानसिक समस्या बढ्दै
मौन पीडामा मानसिक समस्या बढ्दै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?