singel post top banner

नवरात्रमा तिथि वृद्धि: दुई दिन महाअष्टमी, सोमबार पनि अष्टमीका कर्म गर्न सुझाव

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, कार्तिक ३, २०८३
40 Views
नवरात्रमा तिथि वृद्धि: दुई दिन महाअष्टमी, सोमबार पनि अष्टमीका कर्म गर्न सुझाव
समाचार सारांश
  • काठमाडौं ।
  • यस वर्ष नवरात्रमा तिथि वृद्धि भएसँगै दुई दिन महाअष्टमी परेको छ।

काठमाडौं । यस वर्ष नवरात्रमा तिथि वृद्धि भएसँगै दुई दिन महाअष्टमी परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख छ। समितिले कात्तिक १ गते गरिएका महाअष्टमीका कर्म कात्तिक २ गते पनि दोहोर्‍याउन सुझाव दिएको छ।

समितिका पूर्वसदस्य तथा वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि दशैँघर वा पूजाकोठामा अष्टमीकै विधि अपनाउनुपर्छ।

“कात्तिक २ गते सोमबार पनि नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा–आराधना गर्नुपर्छ,” उनले भने। उनका अनुसार अष्टमीका दिन गरिने अन्य कर्म पनि दुवै दिन दोहोर्‍याउनुपर्नेछ।

समितिले स्वीकृति दिएका पात्रोअनुसार आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने उल्लेख छ। विजयादशमीमा लगाइने टीकासँगै १० रातका जमरा लगाउने चलन रहनेछ। देवीको साधना र पूजा–आराधना एक दिन थपिँदैमा धार्मिक विधिमा फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ।

हनुमानढोकामा सोमबार राति कालरात्रि पूजा

हनुमानढोकामा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा भने कात्तिक २ गते सोमबार राति हुनेछ। दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार समितिसँगको परामर्श र तलेजुका पुजारीले पालना गर्दै आएको परम्पराअनुसार पूजा गर्ने निर्णय गरिएको हो।

हनुमानढोकामा महाअष्टमीका कर्मपछि अर्को दिन महानवमीको पूजा–आराधनालगायत विधि गर्ने परम्परा छ। त्यसैले कालरात्रि पूजा सोमबार राति गर्न लागिएको प्रधानले बताइन्।

हनुमानढरबारको दशैँघरमा कात्तिक १ गते आइतबार महाअष्टमीको सामान्य पूजा गरिएको थियो। दरबार हेरचाह अड्डाका अनुसार मूल पूजा भने सोमबार हुनेछ। महाअष्टमीको राति हनुमानढोकामा १०८ पशु बलिसहित पूजा–आराधना गर्ने परम्परा छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुनको मूल्य नयाँ उच्चस्तरमा, तोलामा २ लाख ८२ हजार रुपैयाँ
सुनको मूल्य नयाँ उच्चस्तरमा, तोलामा २ लाख ८२ हजार रुपैयाँ
संविधानको दशक : समीक्षा, सुधार र राष्ट्रिय निकासतर्फ अघि बढ्न युवा नेता सीबी साहको आग्रह
संविधानको दशक : समीक्षा, सुधार र राष्ट्रिय निकासतर्फ अघि बढ्न युवा नेता सीबी साहको आग्रह
आपत्कालीन प्रतिकार्य टोलीको बैठक, नेपाली नागरिकको सुरक्षा र हित संरक्षणमा चर्चा
आपत्कालीन प्रतिकार्य टोलीको बैठक, नेपाली नागरिकको सुरक्षा र हित संरक्षणमा चर्चा
डिजिटल हिंसा न्यूनीकरणका लागि महिला पत्रकार र सरकारको साझा जिम्मेवारी
डिजिटल हिंसा न्यूनीकरणका लागि महिला पत्रकार र सरकारको साझा जिम्मेवारी
मधेश प्रदेशको मदरसा बोर्ड विधेयकबारे राष्ट्रिय एकता अभियानको गम्भीर प्रश्न
मधेश प्रदेशको मदरसा बोर्ड विधेयकबारे राष्ट्रिय एकता अभियानको गम्भीर प्रश्न
रौतहट: बलेरीमा दुई घरमा मध्यराति सुरुङ खनेर करिब १२ लाख रुपैयाँ बराबरको चोरी
रौतहट: बलेरीमा दुई घरमा मध्यराति सुरुङ खनेर करिब १२ लाख रुपैयाँ बराबरको चोरी
प्रधानमन्त्री कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता
प्रधानमन्त्री कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव
ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव
होस्टेल-३ ले भारतमा ५१ दिन पूरा गर्दै नेपाली चलचित्रको सफलता र लोकप्रियता विस्तार गर्यो
होस्टेल-३ ले भारतमा ५१ दिन पूरा गर्दै नेपाली चलचित्रको सफलता र लोकप्रियता विस्तार गर्यो
singel sidbar banner
singel sidbar banner 2