singel post top banner

तेतरिया पुलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक २, २०८३
31 Views
तेतरिया पुलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
समाचार सारांश
  • जनकपुरधाम ।
  • धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरिया पुलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरिया पुलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार शनिबार राति करिब १० बजे पौडेश्वरबाट तेतरियातर्फ आउँदै गरेको ज ११ प ३०५८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको म.प्र. ०२–००९ प ११५७ नम्बरको मोटरसाइकल तेतरिया पुलमा ठोक्किएका थिए।

दुर्घटनामा ज ११ प ३०५८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम–१७ निवासी सुजित यादवको मृत्यु भएको हो। दुर्घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी खनालले बताए।

सोही मोटरसाइकलमा सवार स्थानीय २५ वर्षीय बलराम यादव घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको र प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ निवासी २० वर्षीय रामपुकार यादव र त्यसमा सवार ३४ वर्षीय अखलेश यादव गम्भीर घाइते भएका छन्। उनीहरूको जनकपुर न्युरो अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि उपचारमा ढिलाइ भएको भन्दै मृतकका आफन्तले प्रादेशिक अस्पतालमा तोडफोड गरेका छन्। करिब १५ देखि २० जनाको समूहमा आएका उनीहरूले ढुङ्गासमेत प्रहार गरेको प्रहरीले जनाएको छ।

ढुङ्गा प्रहार गरेको आरोपमा जनकपुरधाम–१७ निवासी २० वर्षीय गणेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिलाई सामान्य बल प्रयोग गरी तितरबितर पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

निर्वाचन आचारसंहिता २०८२: कर्मचारी, उम्मेदवार र राजनीतिक दलका लागि महत्वपूर्ण निर्देशनहरू
निर्वाचन आचारसंहिता २०८२: कर्मचारी, उम्मेदवार र राजनीतिक दलका लागि महत्वपूर्ण निर्देशनहरू
विपद् जोखिम न्यूनीकरणका लागि नेपालको विकास ढाँचा पुनरावलोकन गर्नुपर्ने सांसद सुवेदीको भनाइ
विपद् जोखिम न्यूनीकरणका लागि नेपालको विकास ढाँचा पुनरावलोकन गर्नुपर्ने सांसद सुवेदीको भनाइ
हुण्डी कारोबारको आरोपमा २४ वर्षीय युवक पक्राउ; एक अर्ब बढीको कारोबार फेला
हुण्डी कारोबारको आरोपमा २४ वर्षीय युवक पक्राउ; एक अर्ब बढीको कारोबार फेला
एमालेको प्रदर्शन र पक्राउविरोधमा काठमाडौंमा सुरक्षा व्यवस्था कडा, ओली र लेखकलाई रिहा गर्न माग
एमालेको प्रदर्शन र पक्राउविरोधमा काठमाडौंमा सुरक्षा व्यवस्था कडा, ओली र लेखकलाई रिहा गर्न माग
युक्रेनको खार्किभमा रूसी आक्रमण: ४को मृत्यु, धेरै घाइते
युक्रेनको खार्किभमा रूसी आक्रमण: ४को मृत्यु, धेरै घाइते
भेनेजुएलामा ४० सेकेण्डको अन्तरालमा आए दुई शक्तिशाली भूकम्प, ३२ मृतक र ७०० घाइते
भेनेजुएलामा ४० सेकेण्डको अन्तरालमा आए दुई शक्तिशाली भूकम्प, ३२ मृतक र ७०० घाइते
पर्वतको प्रदेश अस्पताल आर्थिक संकटमा, स्वास्थ्य बीमाको भुक्तानी ढिलाइले समस्या बढ्दै
पर्वतको प्रदेश अस्पताल आर्थिक संकटमा, स्वास्थ्य बीमाको भुक्तानी ढिलाइले समस्या बढ्दै
भोजपुरमा वन डढेलो नियन्त्रण र रोकथामका लागि सचेतनामूलक अभियान सुरु
भोजपुरमा वन डढेलो नियन्त्रण र रोकथामका लागि सचेतनामूलक अभियान सुरु
बाराको पचरौतामा ५५ किलो गाँजासहित ४५ वर्षीय यादव पक्राउ
बाराको पचरौतामा ५५ किलो गाँजासहित ४५ वर्षीय यादव पक्राउ
राष्ट्र बैंकले मौद्रिक नीतिमा परिमार्जन– बाढीपहिरो प्रभावितका कर्जामा पुनरसंरचना
राष्ट्र बैंकले मौद्रिक नीतिमा परिमार्जन– बाढीपहिरो प्रभावितका कर्जामा पुनरसंरचना
singel sidbar banner
singel sidbar banner 2