singel post top banner

धनुषामा लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न, गृहमन्त्रीलाई ज्ञापनपत्र

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन २४, २०८३
40 Views
धनुषामा लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न, गृहमन्त्रीलाई ज्ञापनपत्र
समाचार सारांश
  • धनुषा ।
  • धनुषामा बढ्दो लागुऔषध दुर्व्यसन, सामाजिक सञ्जालको दुरुपयोग र त्यसबाट उत्पन्न अपराध नियन्त्रण गर्न जनसरोकार अभियानले सरकारसँग कडा कदम चाल्न माग गरेको छ।

धनुषा । धनुषामा बढ्दो लागुऔषध दुर्व्यसन, सामाजिक सञ्जालको दुरुपयोग र त्यसबाट उत्पन्न अपराध नियन्त्रण गर्न जनसरोकार अभियानले सरकारसँग कडा कदम चाल्न माग गरेको छ।

अभियानले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जिल्लाको शान्ति–सुरक्षा सुदृढ गर्न र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको हो।

ज्ञापनपत्रमा धनुषामा लागुऔषधको अवैध कारोबार र प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै यसले सामाजिक सुरक्षामा चुनौती थपेको जनाइएको छ। अभियानका अनुसार लागुऔषधका कारण चोरी तथा अन्य आपराधिक घटना बढिरहेका छन्। त्यस्तै, सामाजिक सञ्जालमार्फत अभद्र टिप्पणी गर्ने, चरित्रहत्या गर्ने र धार्मिक तथा जातीय सद्भाव खलबल्याउने गतिविधि पनि भइरहेको छ।

अभियानले जनकपुरधाम उपमहानगरपालिका–५ मा अमिन सफीमाथि भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। घटनाका मुख्य दोषी तथा सहयोगीलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने अभियानको भनाइ छ।

अभियानका संयोजक जितेन्द्र महासेठले सामाजिक सञ्जालमा गलत सूचना फैलाउने, अतिरञ्जित टिप्पणी गर्ने र युवालाई आपराधिक गतिविधितर्फ आकर्षित गर्ने समूहलाई नियन्त्रण गर्न राज्य असफल भएको आरोप लगाए। उनले भने, “सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउन र सीमापारिबाट हुने लागुऔषधको अवैध ओसारपसार रोक्न सुरक्षा निकायको परिचालन प्रभावकारी हुनुपर्छ।”

ज्ञापनपत्रमा सीमा क्षेत्रबाट भित्रिने प्रतिबन्धित लागुऔषधको आपूर्ति शृङ्खला तोड्न सुरक्षा संयन्त्रलाई थप सक्रिय र प्रभावकारी बनाउन पनि माग गरिएको छ। धार्मिक तथा जातीय सद्भाव कायम राख्न र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न सरकारले तत्काल ठोस नीति तथा कार्ययोजना ल्याउनुपर्ने अभियानले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल र किर्गिस्तानबीच भलिबल फाइनल आज कोलम्बोमा हुँदै, तेस्रो स्थानको प्रतिस्पर्धा पनि तय
नेपाल र किर्गिस्तानबीच भलिबल फाइनल आज कोलम्बोमा हुँदै, तेस्रो स्थानको प्रतिस्पर्धा पनि तय
संघर्ष र तनावको चर्को अवस्था: सिमरा क्षेत्रमा लगातार दोहोरिएको झडप र कर्फ्यु घोषणा
संघर्ष र तनावको चर्को अवस्था: सिमरा क्षेत्रमा लगातार दोहोरिएको झडप र कर्फ्यु घोषणा
बारामा आतंक मच्चाउँदै आएको वयस्क जङ्गली हात्तीलाई नियन्त्रण गर्न विज्ञ टोलीको कठिन प्रयास
बारामा आतंक मच्चाउँदै आएको वयस्क जङ्गली हात्तीलाई नियन्त्रण गर्न विज्ञ टोलीको कठिन प्रयास
युक्रेनद्वारा ब्ल्याक सीमा रूसी ‘छायाँ फ्लीट’का दुई तेल ट्यांकरमाथि नौसैनिक ड्रोन हमला
युक्रेनद्वारा ब्ल्याक सीमा रूसी ‘छायाँ फ्लीट’का दुई तेल ट्यांकरमाथि नौसैनिक ड्रोन हमला
तिलगंगा बस्ती हटाउने विरोध : स्थानीयले ७५ दिनदेखि धर्नामा, कानुनी हक र सहमतिको माग
तिलगंगा बस्ती हटाउने विरोध : स्थानीयले ७५ दिनदेखि धर्नामा, कानुनी हक र सहमतिको माग
मुख्यमन्त्री जितेन्द्र सोनल र बेलायती दूतावासको टोलीबीच भेटघाट
मुख्यमन्त्री जितेन्द्र सोनल र बेलायती दूतावासको टोलीबीच भेटघाट
एमालेमा युवा र पुराना नेताबीच सन्तुलन मिलाउन योगेश भट्टराईको आग्रह
एमालेमा युवा र पुराना नेताबीच सन्तुलन मिलाउन योगेश भट्टराईको आग्रह
सात प्रदेशमा बजेट पेश गर्ने लक्ष्य पूरा, मधेस र मधेस प्रदेशमा चुनौतीपूर्ण अवस्था
सात प्रदेशमा बजेट पेश गर्ने लक्ष्य पूरा, मधेस र मधेस प्रदेशमा चुनौतीपूर्ण अवस्था
गगन थापाले रास्वपा र जेनजी आन्दोलनप्रति आपत्ति व्यक्त
गगन थापाले रास्वपा र जेनजी आन्दोलनप्रति आपत्ति व्यक्त
भ्रष्टाचार मुद्दा: पूर्व मन्त्री समेत १६ जना विरुद्ध सुनुवाइ पेसी तोकियो
भ्रष्टाचार मुद्दा: पूर्व मन्त्री समेत १६ जना विरुद्ध सुनुवाइ पेसी तोकियो
singel sidbar banner
singel sidbar banner 2