singel post top banner

सडक दुर्घटनापछि आक्रोशित युवाहरूले चक्का जाम, सातबुँदे सहमतिपछि यातायात सञ्चालन

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
मंगलबार, पौष १, २०८२
182 Views
सडक दुर्घटनापछि आक्रोशित युवाहरूले चक्का जाम, सातबुँदे सहमतिपछि यातायात सञ्चालन
समाचार सारांश
  • महोत्तरी — महोत्तरीको औरही नगरपालिका–८ टिम्कियामा भएको सडक दुर्घटनापछि स्थानीय युवाहरूले सडकमा उत्रिएर चक्का जाम गरेका छन्।
  • सोमबार बिहान १० बजेदेखि बर्दिवास–जलेश्वर सडकखण्डमा टायर बालेर यातायात अवरुद्ध गरिएको हो।

महोत्तरी — महोत्तरीको औरही नगरपालिका–८ टिम्कियामा भएको सडक दुर्घटनापछि स्थानीय युवाहरूले सडकमा उत्रिएर चक्का जाम गरेका छन्। सोमबार बिहान १० बजेदेखि बर्दिवास–जलेश्वर सडकखण्डमा टायर बालेर यातायात अवरुद्ध गरिएको हो।

राति करिब ८ः३० बजे बर्दिवासबाट जलेश्वरतर्फ जाँदै गरेको प्रदेश–२–०२००४ प ७२२२ नम्बरको मोटरसाइकलले औरही नगरपालिका–८ का ४५ वर्षीय शिवजी दयाल यादवलाई ठक्कर दिएको थियो। गम्भीर घाइते यादवको उपचारको क्रममा जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक लोहरपट्टी नगरपालिका–३ तपनपुर निवासी १८ वर्षीय आतिस कुमार यादव र पछाडि सवार सोही स्थानका १८ वर्षीय अमन यादवलाई इलाका प्रहरी कार्यालय रामगोपालपुरले नियन्त्रणमा लिएको छ।

घटनापछि स्थानीय युवाहरूले दोषीमाथि कडा कदम चाल्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने माग गर्दै सडक अवरुद्ध गरेका थिए। चक्का जामका कारण करिब चार घण्टा यातायात पूर्णरूपमा प्रभावित भएको थियो।

आन्दोलनकारीहरूले मृतकको शव शीघ्र परिवारको जिम्मामा लगाउन, पीडितलाई क्षतिपूर्ति दिलाउन, कानुनी कारबाहीलाई तीव्रता दिन, औरही नगरपालिका–८ भित्र सडक फराकिलो बनाउने, सीसीटीभी जडानको लागि बजेट व्यवस्था गर्न, प्रत्येक विद्युत् पोलमा सडकबत्ती र रिफ्ल्यासिङ ट्राफिक लाइट जडान गर्न, नाला सरसफाइ गर्न र टिम्किया देखि श्रीपुर जाने सडकको बीच भागमा गोलचक्कर निर्माण गर्नुपर्ने माग राखेका थिए।

स्थानीय युवाहरूले औरही नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार खड्कालाई सातबुँदे ज्ञापनपत्र बुझाएपछि यी मागहरूमा सहमति भएको जनाइएको छ।

नगरप्रमुख खड्काले पीडित परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै कानुनी प्रक्रियाअनुसार क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाए। उनले भने, “सडकहरू चरणबद्ध रूपमा फराकिलो बनाइने, सीसीटीभी जडान, सडकबत्ती र ट्राफिक लाइटको व्यवस्था मिलाइनेछ।”

साथै उनले सडक विभागसँग समन्वय गरी नाला सरसफाइ र गोलचक्कर निर्माणको कार्य अघि बढाउने बताएका छन्। नगरप्रमुखको प्रतिबद्धतापछि अवरुद्ध बर्दिवास–जलेश्वर सडकखण्ड करिब चार घण्टापछि सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

यस घटनाले स्थानीय समुदायमा न्याय र सुरक्षाको मागलाई थप बलियो बनाएको छ भने, यातायात व्यवस्थापन र सडक सुधारका लागि सरकार र निकायहरूको ध्यान केन्द्रित भएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रसुवा निर्वाचन २०८०: मतदान स्थल र केन्द्र निर्धारण, सुरक्षा र सजिलोताका लागि व्यवस्था
रसुवा निर्वाचन २०८०: मतदान स्थल र केन्द्र निर्धारण, सुरक्षा र सजिलोताका लागि व्यवस्था
काठमाडौंमा जेन–जी आन्दोलनपछि गठन भएको सरकार र नयाँ प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा चुनौतीहरू र कार्ययोजनाको थप विवरण
काठमाडौंमा जेन–जी आन्दोलनपछि गठन भएको सरकार र नयाँ प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा चुनौतीहरू र कार्ययोजनाको थप विवरण
शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व उत्साहपूर्वक मनाउँदै
शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व उत्साहपूर्वक मनाउँदै
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज त्रिपक्षीय छलफल, राजनीतिक दल र जेनजी समूहका प्रतिनिधिहरू सहभागी
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज त्रिपक्षीय छलफल, राजनीतिक दल र जेनजी समूहका प्रतिनिधिहरू सहभागी
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
काठमाडौं गोंगबुबाट लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ
काठमाडौं गोंगबुबाट लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ
भ्रष्टाचार मुद्दा: पूर्व मन्त्री समेत १६ जना विरुद्ध सुनुवाइ पेसी तोकियो
भ्रष्टाचार मुद्दा: पूर्व मन्त्री समेत १६ जना विरुद्ध सुनुवाइ पेसी तोकियो
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले माइतीघरमा प्रदर्शन गरी नयाँ संविधान र सामाजिक परिवर्तनको माग
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले माइतीघरमा प्रदर्शन गरी नयाँ संविधान र सामाजिक परिवर्तनको माग
ट्राफिक नियम उल्लंघनमा कडा कारबाही, ट्राफिक प्रहरीले निषेधित स्थानमा जथाभावी हिँड्ने सवारीलाई समात्दै
ट्राफिक नियम उल्लंघनमा कडा कारबाही, ट्राफिक प्रहरीले निषेधित स्थानमा जथाभावी हिँड्ने सवारीलाई समात्दै
कालिकोटको दुर्गम अस्पतालमा रेडक्रसको सहयोगले स्वास्थ्य सेवा सुधार
कालिकोटको दुर्गम अस्पतालमा रेडक्रसको सहयोगले स्वास्थ्य सेवा सुधार
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?