singel post top banner

प्रधानमन्त्री कार्कीले फोनसमेत नउठाएको भन्दै जेनजी समूहको कडा आपत्ति

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, मंसिर ८, २०८२
132 Views
प्रधानमन्त्री कार्कीले फोनसमेत नउठाएको भन्दै जेनजी समूहको कडा आपत्ति
समाचार सारांश
  • काठमाडौँ ।
  • प्रधानमन्त्री सुशीला कार्कीले फोन सम्पर्कसमेत गर्न नचाहेको भन्दै मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले कडा आपत्ति जनाएको छ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फोन सम्पर्कसमेत गर्न नचाहेको भन्दै मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले कडा आपत्ति जनाएको छ। सोमबार दिनभर प्रधानमन्त्रीलाई भेट्नका लागि निरन्तर प्रयास गरे पनि सम्पर्क स्थापित हुन नसकेपछि उनीहरू असन्तुष्ट भएका हुन्।

समूहका सदस्यका अनुसार प्रधानमन्त्री कार्कीले आफ्नो मोबाइल फोन स्विच अफ गरेको कारण उनीहरूले कुनै पनि माध्यमबाट सम्पर्क साध्न पाएनन्। प्रधानमन्त्री सचिवालयबाटै नाता–कुटुम्बलाई नियुक्ति दिने कार्य हुँदै आएको निष्कर्ष निकालेपछि विरोधस्वरूप ज्ञापन पत्र बुझाउन उनीहरू सिंहदरबार पुगेका थिए। तर प्रधानमन्त्रीसँग भेट नपाएपछि गृह मन्त्रालयमा पनि पुगेका उनीहरूले गृहमन्त्री ओमप्रकाश अर्यालसँगसमेत सम्पर्क हुन नसकेपछि निराश भएर फर्किनु परेको बताइएको छ।

जेनजी अभियन्ता सुशील बुढाथोकीले प्रधानमन्त्रीले जनताको समस्या सुन्ने धैर्य राख्नु आवश्यक रहेको उल्लेख गर्दै यस्तो व्यवहारले आन्दोलनलाई पुनः उग्र बनाउने सम्भावना रहेको चेतावनी दिएका छन्।
बुढाथोकीले भने, “हामी बिहानदेखि फोन गरिरहेका थियौँ, तर प्रधानमन्त्रीको फोन उठेन। अहिले प्रधानमन्त्री र गृहमन्त्री दुवैको मोबाइल अफ भएपछि हामी कसरी भेट्ने? हामी आन्दोलनमा फर्कने सोचमा छैनौँ, तर गलत सन्देश जानु हुँदैन। सबै समूहसँग भेट्नुपर्ने सोच प्रधानमन्त्रीमा हुनैपर्छ। यस्तो आवाज सुन्न सक्ने शक्ति उनको पदमा हुनु आवश्यक छ।”

ढुङ्गाना समूहले सुशासनका क्षेत्रमा कुनै प्रभावकारी काम गर्न नसकेको आरोपलगाउँदै प्रधानमन्त्री कार्कीलाई राजीनामा दिनुपर्ने मागसहितको ज्ञापन पत्र बुझाउने तयारी गरेको थियो। तर फोन सम्पर्क नै स्थापित हुन नसकेपछि उनीहरूले सिंहदरबार दक्षिण गेटमै आफ्नो ज्ञापन पत्र टाँसेर फर्किएका हुन्।

अन्त्यमा, समूहले प्रधानमन्त्री कार्कीले आफूहरूसँग सम्पर्कमा आउन नचाहनुको कारण स्पष्ट पार्नुपर्ने माग अघि सारेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल
बाल सुधार गृह सुधारका लागि कानुनी र संरचनात्मक कदमहरू: वर्तमान अवस्था र आगामी योजनाहरू
बाल सुधार गृह सुधारका लागि कानुनी र संरचनात्मक कदमहरू: वर्तमान अवस्था र आगामी योजनाहरू
नेपाल–कतार सम्बन्ध प्रवर्द्धन: आर्थिक, पर्यटन र हवाई सहकार्यबारे छलफल
नेपाल–कतार सम्बन्ध प्रवर्द्धन: आर्थिक, पर्यटन र हवाई सहकार्यबारे छलफल
कुवेतका जेलमा परेका नेपाली महिलाहरूको उद्धार तत्काल आवश्यक
कुवेतका जेलमा परेका नेपाली महिलाहरूको उद्धार तत्काल आवश्यक
नेपाली कांग्रेसको विशेष महाधिवेशन: नयाँ नेतृत्वको घोषणा गर्न चेतावनी, देउवा आउनुपर्ने माग
नेपाली कांग्रेसको विशेष महाधिवेशन: नयाँ नेतृत्वको घोषणा गर्न चेतावनी, देउवा आउनुपर्ने माग
निर्वाचन आयोगको अनुमान, २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च हुने सम्भावना
निर्वाचन आयोगको अनुमान, २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च हुने सम्भावना
गृहमन्त्री अर्यालले नयाँ पुस्ताको भावनाअनुरूप काम गर्न कर्मचारीलाई निर्देशन
गृहमन्त्री अर्यालले नयाँ पुस्ताको भावनाअनुरूप काम गर्न कर्मचारीलाई निर्देशन
सामूहिक सयपत्री फूलखेतीमा महिला
सामूहिक सयपत्री फूलखेतीमा महिला
सुनको बिस्कुट देखाई १४ लाख ठगी गर्ने आरोपी पक्राउ, ५४७ ग्राम पहेँलो धातु सहित पक्राउ
सुनको बिस्कुट देखाई १४ लाख ठगी गर्ने आरोपी पक्राउ, ५४७ ग्राम पहेँलो धातु सहित पक्राउ
विशेष अदालतले खोटाङका दुई जिल्ला शिक्षा अधिकृतलाई धरौटीमा रिहा गर्ने आदेश दिए
विशेष अदालतले खोटाङका दुई जिल्ला शिक्षा अधिकृतलाई धरौटीमा रिहा गर्ने आदेश दिए
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?