singel post top banner

नेपाल–चीन सीमाना रसुवागढीबाट मालसामानको आयात पुनः सुरु

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, पौष १७, २०८२
262 Views
नेपाल–चीन सीमाना रसुवागढीबाट मालसामानको आयात पुनः सुरु
समाचार सारांश
  • काठमाडौँ ।
  • ६ महिनापछि नेपाल र चीनबीचको प्रमुख व्यापारिक सीमा रसुवागढी पुनः सञ्चालनमा आएको छ।

काठमाडौँ । ६ महिनापछि नेपाल र चीनबीचको प्रमुख व्यापारिक सीमा रसुवागढी पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि बन्द रहेको यो सीमा शुक्रबारदेखि व्यापारिक गतिविधि पुनः सुरु भएको हो।

रासुभागढी सीमा बाट पहिलो पटक २७ वटा कन्टेनर मालसामान नेपाल भित्रिएका छन्। भन्सार कार्यालय रसुवाका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए, “बिहीबार सञ्चालनमा आएको पहिलो दिन नै २७ वटा कन्टेनर मालवस्तु सहित नेपाल भित्रिएका छन्। ती कन्टेनरहरू भन्सार जाँचपासको प्रक्रियामा छन्।”

त्यसैगरी, आजका दिन २८ वटा कन्टेनर मालसामान चीन तर्फ रवानाका लागि तयार भएको छ। यसरी, व्यापारिक गतिविधि पुनः सुरु भएपछि दुई देशबीचको व्यापारिक सम्बन्धमा थप बल आउने अपेक्षा गरिएको छ।

गत असार २४ गते चीनबाट आएको बाढीले लेन्दे खोलामा मितेरी पुल बगाएको थियो। यसका कारण सीमा बन्द भएको थियो। तर, चीनले करिब ६ महिनाको कठिन परिश्रमपछि मितेरी पुलको स्थानमा बेलिब्रिज जडान गरी आजदेखि सञ्चालनमा ल्याएको छ। यसले सीमा व्यापार र आपूर्ति श्रृंखलालाई सहज बनाउने अपेक्षा गरिएको छ।

यस पुनः सञ्चालनले नेपाल र चीनबीचको व्यापारिक सम्बन्धलाई थप बलियो बनाउने र आर्थिक गतिविधिहरूलाई प्रवाह गर्न मद्दत पुग्ने विश्वास गरिन्छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बुधबारका लागि विदेशी मुद्राको विनिमय
बुधबारका लागि विदेशी मुद्राको विनिमय
जनकपुरधाममा सडक दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते
जनकपुरधाममा सडक दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते
झापाको बिर्तामोडमा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने जघन्य घटना, चार जना पक्राउ
झापाको बिर्तामोडमा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने जघन्य घटना, चार जना पक्राउ
नक्कली घुमुवा प्रहरी बनि रकम असुल गर्ने ४९ वर्षीय व्यक्ति पक्राउ
नक्कली घुमुवा प्रहरी बनि रकम असुल गर्ने ४९ वर्षीय व्यक्ति पक्राउ
उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते
उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते
केपी ओली झापामा घर–घर पुग्दै, निर्वाचन अभियानलाई तीव्रता दिएपछि सक्रियता बढाउँदै
केपी ओली झापामा घर–घर पुग्दै, निर्वाचन अभियानलाई तीव्रता दिएपछि सक्रियता बढाउँदै
नेपाली सेनाको तयारी: फागुन २१ गते हुने निर्वाचनका लागि ८० हजार जवान परिचालन
नेपाली सेनाको तयारी: फागुन २१ गते हुने निर्वाचनका लागि ८० हजार जवान परिचालन
भोजपुरमा वन डढेलो नियन्त्रण र रोकथामका लागि सचेतनामूलक अभियान सुरु
भोजपुरमा वन डढेलो नियन्त्रण र रोकथामका लागि सचेतनामूलक अभियान सुरु
इरानको आक्रमणमा परेर कतारमा १६ जना घाइते
इरानको आक्रमणमा परेर कतारमा १६ जना घाइते
डा. सी.के. राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा
डा. सी.के. राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?