रामेछापबाट वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको पाँच जना पक्राउ
- काठमाडौं — रामेछाप जिल्ला प्रहरीले वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको आरोपमा पाँच जना संदिग्धलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालिका–५ का ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मा छन्।
काठमाडौं — रामेछाप जिल्ला प्रहरीले वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको आरोपमा पाँच जना संदिग्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालिका–५ का ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मा छन्।
प्रहरीको अनुशन्धान र पक्राउ प्रक्रिया अनुसार, उनीहरूलाई रामेछाप जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुमन जर्घा काठमाडौंको एक निजी विद्यालयमा चालकको रुपमा कार्यरत छन्। उनको साथबाट २५ हजार नगद, मोबाइल र बा ७३ प ८७१२ नम्बरको मोटरसाइकल बरामद गरिएको छ। दीर्घराज मोक्तान बसका सहचालक हुन्। उनको साथबाट ५२ हजार २ सय रुपैयाँ, डकैती गर्ने क्रममा लगाएको ज्याकेट र हाफ कट्टु समेत बरामद भएको छ।
पशुपति श्रेष्ठ मोटरसाइकल इनड्राइभ गर्ने व्यक्ति हुन्। उनीबाट ६ हजार ४६० रुपैयाँ नगद र मोटरसाइकल बरामद गरिएको छ। उहाँको लक्ष्मी सनराइज बैंकको खातामा १ लाख ३१ हजार रुपैयाँ रहेको पाइएको छ। साथै, उनीसँग पुराना सिक्का, सुनजस्तो औठी र बुद्धचित्तका २२ दान पनि बरामद भएका छन्।
गुणराज विश्वकर्मा सुनचाँदी व्यवसायी हुन्। उनीबाट सुनका २ थान रिङ समेत बरामद भएको छ।
उपरोक्त समूहले १८ भदौको राति ८५ वर्षीय वृद्ध बखतमान लामा र उनकी श्रीमती ८६ वर्षीया कान्छी माया तामाङलाई घरमा बन्धक बनाएर लुटपाट गरेको प्रहरीले जनाएको छ। घटना स्थल खाँडादेवी–२ मझुवा नेवारटोलस्थित रहेको थियो। प्रहरीका अनुसार, उनीहरूले वृद्धवृद्धालाई प्लास्टिकको टेपले मुखमा बाँधेर आँखामा पट्टी लगाइ ज्यान मार्ने धम्की दिँदै नगद लुटेर लगेका थिए।
यसअघि, पषुपतिले रामेछापकै महादेव मन्दिरको दान पेटिका फुटाई चोरी गरेको र १ असार २०८३ को राति करिब ३० किलोको खसी र ७ भदौमा रामबहादुर श्रेष्ठको १५ किलोको बोला चोरी गरेको पनि पुष्टि भएको छ।
पशुपति श्रेष्ठले यसअघि रामेछापकै सुनापति गाउँपालिका–२ दिमीपोखरीमा ७५ वर्षीय इमान सिं तामाङको घरबाट ७८ हजार रुपैयाँ चोरी गरेको आरोप लागेको छ। त्यस्तै, दीर्घराजले १४ पुस २०७८ मा रामेछापमै प्रहरीलाई अभद्र व्यवहार गरेको मुद्दा समेत रहेको छ।
प्रहरीले यस समूहको गतिविधि र अपराध सम्बन्धी अनुसन्धान जारी राखेको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






