singel post top banner

प्रतिनिधिसभा चुनावका लागि सुरक्षा निकायको सवारीसाधन खरिद प्रक्रिया अन्तिम चरणमा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, मंसिर ७, २०८२
209 Views
प्रतिनिधिसभा चुनावका लागि सुरक्षा निकायको सवारीसाधन खरिद प्रक्रिया अन्तिम चरणमा
समाचार सारांश
  • काठमाडौं ।
  • आसन्न प्रतिनिधिसभा चुनावका लागि तीनै सुरक्षा निकायलाई आवश्यक पर्ने सवारीसाधन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको गृहमन्त्रालयले जनाएको छ।

काठमाडौं । आसन्न प्रतिनिधिसभा चुनावका लागि तीनै सुरक्षा निकायलाई आवश्यक पर्ने सवारीसाधन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको गृहमन्त्रालयले जनाएको छ। चुनावलाई शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद गर्न अनुमति प्राप्त भई प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जानकारी दिएको हो।

गत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा आगजनीबाट धेरै सवारीसाधन क्षतिग्रस्त भएका थिए। धेरै सवारीसाधन नचल्ने अवस्थामा पुगेकाले अत्यावश्यक सवारीसाधन खरिदका लागि अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाएको हो। चुनावको वातावरण निर्माणमा आवश्यक परेकाले तीनै सुरक्षा निकायका लागि सवारीसाधन खरिद चुनाव अघि नै सुनिश्चित हुने गृह मन्त्रालयको विश्वास छ।

४४९ वटा प्रहरी कार्यालय सञ्चालनमा

गृह मन्त्रालयका अनुसार जेनजी प्रदर्शनका क्रममा मुलुकभर नेपाल प्रहरीका ४६५ कार्यालयमा क्षति पुगेको थियो भने ५७१ वटा सवारीसाधनमा क्षति पुगेको थियो। तीमध्ये कात्तिकसम्म ४४९ वटा प्रहरी कार्यालय मर्मतसम्भार भई पूर्ण सञ्चालनमा आइसकेका छन्। बाँकी १६ कार्यालयको मर्मत तीव्र रूपमा भइरहेको मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपालका ८४ कार्यालयमा क्षति पुगेको र ६१ वटा सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएको थियो।

त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागका दुई भवन र तीन जिल्लास्थित कार्यालय भवनमा क्षति पुगेको थियो। विभागका ११ वटा चार पाङ्ग्रे सवारी र ३० मोटरसाइकल क्षतिग्रस्त भएका छन्, जसको अनुमानित क्षति रकम ८ करोड ९० लाख रूपैयाँ रहेको छ।

सवारीसाधन खरिदका लागि बजेट र अनुमति

गृह मन्त्रालयका अनुसार अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई नियमित बजेटबाट १५६ सवारीसाधन खरिदका लागि ३५ करोड ११ लाख रूपैयाँ र थप १०६ सवारी खरिदका लागि ४५ करोड ३० लाख रूपैयाँको स्रोत अनुमति प्रदान गरिसकेको छ।

यस आर्थिक वर्षमा नेपाल प्रहरीले कुल ८० करोड ४१ लाख रूपैयाँ बराबरका विभिन्न सवारीसाधन खरिद गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले २४ असोजमा खरिद अनुमति प्राप्त गरी आवश्यक प्रक्रिया अघि बढाइसकेको छ।

नियमित बजेटबाट खरिद गरिन लागेका १५६ सवारीसाधनमध्ये ७५ वटा नियमित गस्तीका लागि पिकअप भ्यान, १ प्रिजनर भ्यान, २८ कार्यालय प्रयोजनका सवारी, ४१ वटा विद्युतीय चार–पाङ्ग्रे कार्यालय प्रयोजनका सवारी तथा १० वटा एस्कर्ट पिकअप भ्यान रहेका छन्।

अर्थ मन्त्रालयका लागि ५९ सवारीसाधन खरिदका लागि स्रोत अनुमति प्राप्त भएको छ। तीमध्ये ३ वटा विपद् उद्धारका लागि, ५० बोलेरो पिकअप भ्यान, ३ दंगा नियन्त्रण ट्रक र २ एम्बुलेन्स छन्। नियमित बजेटबाट २१ करोड ६ लाख रूपैयाँ खर्च हुनेछ। साथै, थप ५० सवारी खरिदका लागि ५ करोड ६ लाख रूपैयाँ सशस्त्र प्रहरीलाई प्राप्त हुनेछ।

राष्ट्रिय अनुसन्धान विभागका लागि ६ वटा चार–पाङ्ग्रे सवारीसाधन खरिदका लागि २ करोड ८० लाख रूपैयाँको स्रोत अनुमति प्राप्त भएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
महोत्तरीबाट मिथिला परिक्रमाको यात्रा – सातौंदेखि नवौं दिनको यात्रा र धार्मिक महत्व
महोत्तरीबाट मिथिला परिक्रमाको यात्रा – सातौंदेखि नवौं दिनको यात्रा र धार्मिक महत्व
भारतबाट लागुऔषध ओसारपसारमा संलग्न भारतीयसहित नागरिक ३ जना पक्राउ
भारतबाट लागुऔषध ओसारपसारमा संलग्न भारतीयसहित नागरिक ३ जना पक्राउ
केपी शर्मा ओलीले पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिन आग्रह गरे
केपी शर्मा ओलीले पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिन आग्रह गरे
नेकपा माओवादी केन्द्रसहित ८ दलबीच पार्टी एकता र कम्युनिष्ट एकीकरणको १८ बुँदामा सहमति
नेकपा माओवादी केन्द्रसहित ८ दलबीच पार्टी एकता र कम्युनिष्ट एकीकरणको १८ बुँदामा सहमति
दमौली तनहुँ मा माइक्रो दुर्घटना, १४ जना घाइते
दमौली तनहुँ मा माइक्रो दुर्घटना, १४ जना घाइते
नेपाल टेलिभिजनको उपकरण खरिदप्रक्रिया: चार सदस्यीय छानबिन समिति गठन
नेपाल टेलिभिजनको उपकरण खरिदप्रक्रिया: चार सदस्यीय छानबिन समिति गठन
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग
तनहुँको फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको बीभत्स हत्या
तनहुँको फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको बीभत्स हत्या
singel sidbar banner
singel sidbar banner 2