चितवनमा ५७ जुवाडेलाई नियन्त्रण, रु ८ लाख ३८ हजार नगदसहित पक्राउ
- चितवन ।
- चितवन जिल्ला भित्रका विभिन्न स्थानहरूबाट ५७ जना जुवाडेलाई नियन्त्रणमा लिइएको छ।
चितवन । चितवन जिल्ला भित्रका विभिन्न स्थानहरूबाट ५७ जना जुवाडेलाई नियन्त्रणमा लिइएको छ। चालु आर्थिक वर्षको सुरुवातसँगै प्रहरीले जुवासङ्ग सम्बन्धित गतिविधि विरुद्ध कडा कदम चाल्दै उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट रु ८ लाख ३८ हजार ६४५ नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिए।
उनीहरूलाई जिल्ला प्रहरीको विशेष टोलीले विभिन्न पाँच स्थानमा छापा मारेर पक्राउ गरेको हो। पक्राउ परेकालाई जुवा कसुरअन्तर्गत कारबाहीका लागि अनुसन्धान प्रक्रियामा राखिएको प्रहरीले जनाएको छ। साथै, कतिपय मुद्दा अनुसन्धान पूरा भइसकेर जिल्ला प्रशासन कार्यालयमा पठाइसकेको पनि यादवले बताए।
यसैबीच, गत आर्थिक वर्षमा पनि चितवन जिल्ला प्रहरी कार्यालयले १०१ जना जुवाडेलाई पक्राउ गरी कारबाही गरेको थियो। ती जुवाडेबाट रु १२ लाख नौ हजार ३६५ रकम बरामद भएको थियो। प्रहरीको अभियान जारी रहँदा जुवा खेल्ने स्थानहरूमा खोजतलास र निगरानी बढेको छ।
प्रहरीको यस अभियानले जुवा जाललाई तोड्ने उद्देश्य राखेको छ भने, यसले समाजमा हुने अनावश्यक भ्रष्टाचार र अपराधलाई रोक्ने महत्त्वपूर्ण कदम भएको विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






