singel post top banner

आईजीपी दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न रास्वपाबाट निर्देशन आएको मन्त्री पोखरेलको भनाइ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, कार्तिक १९, २०८३
20 Views
आईजीपी दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न रास्वपाबाट निर्देशन आएको मन्त्री पोखरेलको भनाइ
समाचार सारांश
  • काठमाडौं ।
  • नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्देशन आएको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् ।

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्देशन आएको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् ।

मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले बदलिँदो परिस्थिति र संवेदनशील विषयमा सरकारले कदम चाल्नुपर्ने भन्दै पार्टीबाट निर्देशन आएको बताए ।

‘अहिले धेरै ठाउँबाट परिस्थिति बदलिएको छ । संवेदनशील विषयमा सरकारले केही गर्नुपर्‍यो भन्ने पार्टीबाट निर्देशन आएको थियो,’ उनले भने, ‘त्यसैले उहाँको जिम्मेवारी फेरबदल गरिएको हो । प्रधानमन्त्रीलाई सल्लाह–सुझाव दिने जिम्मेवारी पनि संवेदनशील हुन्छ ।’

मन्त्री पोखरेलले कार्कीमाथि कुनै कारबाही नगरिएको पटक–पटक स्पष्ट पारे । उनका अनुसार कार्कीलाई प्रधानमन्त्री कार्यालयमा सुरक्षा सल्लाहकारका रूपमा ल्याइएको हो । ‘उहाँलाई कारबाही गरिएको होइन, जिम्मेवारी मात्रै फेरबदल भएको हो । उहाँलाई प्रधानमन्त्री कार्यालयमा सुरक्षा सल्लाहकारका रूपमा ल्याइएको हो । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई सल्लाह–सुझाव दिने हुनेछ,’ पोखरेलले भने ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल र भारतको जेनजी आन्दोलन एउटै शक्तिले गराएको भाजपा अध्यक्ष नवीनको दाबी
नेपाल र भारतको जेनजी आन्दोलन एउटै शक्तिले गराएको भाजपा अध्यक्ष नवीनको दाबी
धवल शमशेर र दुर्गा प्रसाईँबीच नयाँ पार्टीको घोषणा तयारी, नेतृत्व र रणनीतिमा सहमति
धवल शमशेर र दुर्गा प्रसाईँबीच नयाँ पार्टीको घोषणा तयारी, नेतृत्व र रणनीतिमा सहमति
नेपाल कांग्रेसको विशेष महाधिवेशनबाट गगन नेतृत्वको केन्द्रीय कार्यसमिति बैठक सुरु
नेपाल कांग्रेसको विशेष महाधिवेशनबाट गगन नेतृत्वको केन्द्रीय कार्यसमिति बैठक सुरु
धनुषा क्षेत्र नं. ३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार रास्वपा प्रवेश
धनुषा क्षेत्र नं. ३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार रास्वपा प्रवेश
सरकार र प्रमुख राजनीतिक दलहरूबीच निर्वाचनको वातावरण निर्माणमा छलफल जारी
सरकार र प्रमुख राजनीतिक दलहरूबीच निर्वाचनको वातावरण निर्माणमा छलफल जारी
उदयपुरमा १९९ किलोग्राम गाँजासहित टिपर चालक पक्राउ
उदयपुरमा १९९ किलोग्राम गाँजासहित टिपर चालक पक्राउ
मोरङमा दुई बालिकाको नग्न अवस्थामा मृत्युदेखि बलात्कारसम्मको आशंका, अनुसन्धान जारी
मोरङमा दुई बालिकाको नग्न अवस्थामा मृत्युदेखि बलात्कारसम्मको आशंका, अनुसन्धान जारी
विश्वव्यापी तेल संकट: इरान-अमेरिका तनावबाट उत्पन्न थप संकट र यसको प्रभाव
विश्वव्यापी तेल संकट: इरान-अमेरिका तनावबाट उत्पन्न थप संकट र यसको प्रभाव
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
लागुऔषध मुद्दामा फरार रहेका व्यक्ति पक्राउ
लागुऔषध मुद्दामा फरार रहेका व्यक्ति पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?