singel post top banner

डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार, प्रहरीले सार्वजनिक गर्‍यो विवरण

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, कार्तिक १५, २०८३
10 Views
डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार, प्रहरीले सार्वजनिक गर्‍यो विवरण
समाचार सारांश
  • डोल्पा — डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
  • शुक्रबार मध्यराति फरार भएकामध्ये पाँच जना जबरजस्ती करणी र तीन जना चोरीसम्बन्धी मुद्दाका कैदीबन्दी हुन्।

डोल्पा — डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीको विवरण प्रहरीले सार्वजनिक गरेको छ। शुक्रबार मध्यराति फरार भएकामध्ये पाँच जना जबरजस्ती करणी र तीन जना चोरीसम्बन्धी मुद्दाका कैदीबन्दी हुन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार फरार आठ जनामध्ये छ जना कैद सजाय भोगिरहेका कैदी र दुई जना पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन्।

जबरजस्ती करणी मुद्दामा कैद भोगिरहेका फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, वडा नं. ४ का धनबहादुर बुढा भनिने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक छन्।

चोरी मुद्दामा कैद भोगिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भनिने कपिल परियार पनि फरार भएका छन्। चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नं. ३ का आदेश भण्डारीसमेत फरार भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार उनीहरूले कैदीबन्दी बस्ने कोठाबाट पुरानो सेप्टी ट्याङ्की हुँदै बाहिर खेलमैदानतर्फ करिब ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर भागेका हुन्। कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएको शनिबार बिहान ६ बजे गणना गर्दा थाहा भएको थियो।

घटनाबारे जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र डीएसपी गिरीसहितको टोलीले कारागार पुगेर घटनास्थल निरीक्षण गरेको थियो। फरार कैदीबन्दीको खोजीका लागि जिल्लाका विभिन्न नाकामा सुरक्षा निगरानी कडा पारिएको र सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

कारागारभित्रै सुरुङ खनेर एकैपटक आठ जना फरार भएपछि आन्तरिक सुरक्षा र निगरानी व्यवस्थामाथि प्रश्न उठेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

म्याग्दीमा २२.५ मेगावाट माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्न
म्याग्दीमा २२.५ मेगावाट माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्न
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
विशेष महाधिवेशन: संस्थापनको कारबाहीपछि गगन थापा महाधिवेशनस्थलमा पुगे
विशेष महाधिवेशन: संस्थापनको कारबाहीपछि गगन थापा महाधिवेशनस्थलमा पुगे
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
धनगढी कञ्चनपुरमा च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहीन, खोजी जारी
धनगढी कञ्चनपुरमा च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहीन, खोजी जारी
उज्यालो नेपालले एक्लै बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची
उज्यालो नेपालले एक्लै बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची
भक्तपुरमा युवकको हत्या: तीन जना पक्राउ
भक्तपुरमा युवकको हत्या: तीन जना पक्राउ
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन: सेवा प्रवाह र कार्यक्षमता वृद्धि
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन: सेवा प्रवाह र कार्यक्षमता वृद्धि
वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने
वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?