बुटवलमा महिलामाथि गोली प्रहार गरी फरार भारतीय नागरिक नवलपरासीबाट पक्राउ
- बुटवल ।
- गोली प्रहार गरी महिलाको हत्या प्रयास गरेको आरोपमा फरार रहेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
बुटवल । गोली प्रहार गरी महिलाको हत्या प्रयास गरेको आरोपमा फरार रहेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २६ वर्षीय सितारे आलम अन्सारी छन्। प्रहरीका अनुसार उनले २०८२ वैशाख ६ गते पाल्पाको रैनादेवी गाउँपालिका–३, बम्घा घर भई हाल बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा नास्ता पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया टिका बिष्ट क्षेत्री (विपना) माथि गोली प्रहार गरेका थिए।
घटनापछि भारततर्फ फरार भएका अन्सारी लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ। नेपाल प्रवेश गरी नवलपरासीमा रहेको विशेष सूचनाका आधारमा उनलाई २०८३ कात्तिक १ गते दिउँसो करिब ३ बजे पाल्हीनन्दन गाउँपालिका–३, विलासपुरबाट पक्राउ गरिएको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त टोलीले अन्सारीलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनको साथबाट यूपी ५६ एएच ०५१६ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






