singel post top banner

चाडपर्व सुरक्षाका लागि काठमाडौँ उपत्यकामा ३ हजार ५०६ प्रहरी परिचालन

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आश्विन २८, २०८३
36 Views
चाडपर्व सुरक्षाका लागि काठमाडौँ उपत्यकामा ३ हजार ५०६ प्रहरी परिचालन
समाचार सारांश
  • काठमाडौँ ।
  • दसैँ, तिहार र छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ।

काठमाडौँ । दसैँ, तिहार र छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित रूपमा पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बजार, सार्वजनिक स्थल, यातायात केन्द्र तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा चोरी, लुटपाट र ठगीजस्ता गतिविधि रोक्न प्रहरी परिचालन गरिएको छ।

चाडपर्व मनाउन घरबाहिर निस्कने, किनमेलका लागि बजार जाने र यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर व्यवस्था मिलाइएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले बताए।

उनका अनुसार परिचालित प्रहरीमध्ये १०० जना सादा पोसाकमा खटिएका छन्। उनीहरूले सार्वजनिक स्थल र भीडभाड हुने क्षेत्रमा निगरानी गर्ने, शङ्कास्पद गतिविधि पहिचान गर्ने तथा सम्भावित अपराध नियन्त्रणमा सहयोग गर्नेछन्।

प्रहरीले नियमित गस्तीका साथै प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिएको छ। सुरक्षा निगरानीका लागि सामुदायिक सेवा केन्द्र, ड्रोन क्यामेरा, सामाजिक सञ्जाल र तालिमप्राप्त कुकुर परिचालन गरिने परिसरले जनाएको छ। जनशक्ति र प्रविधिबीचको समन्वयले शङ्कास्पद गतिविधि पहिचान तथा सुरक्षा व्यवस्थापन प्रभावकारी हुने प्रहरीको अपेक्षा छ।

भीडभाड हुने क्षेत्र प्राथमिकतामा

चाडपर्वका बेला सर्वसाधारणको चहलपहल बढ्ने भएकाले सार्वजनिक स्थल, बसपार्क, वित्तीय संस्था तथा तिनका आसपासका क्षेत्र, सरकारी कार्यालय र चाडपर्वलक्षित बजारमा निगरानी बढाइएको छ। ती क्षेत्रमा नियमित प्रहरीसँगै सादा पोसाकका प्रहरीसमेत खटжээ।

दसैँ तथा तिहारका बेला किनमेल गर्ने, घर फर्किने र आफन्तकहाँ जाने मानिसको सङ्ख्या बढ्ने भएकाले बजार तथा यातायात केन्द्रमा सुरक्षा चुनौती बढ्न सक्ने प्रहरीको आकलन छ। चोरी, पाकेटमारी, ठगी तथा अन्य अवाञ्छित गतिविधि रोक्न प्रहरी टोलीलाई सक्रिय बनाइएको परिसरले जनाएको छ।

वित्तीय संस्था र आर्थिक कारोबार हुने क्षेत्रको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ। चाडपर्वका बेला सर्वसाधारणले रकम बोकेर हिँड्ने भएकाले सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न निगरानी बढाइएको प्रहरीले जनाएको छ।

१४ सेक्टरमा सुरक्षा योजना

सुरक्षा व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन काठमाडौँ उपत्यकाका १४ वटा सेक्टरलाई लक्षित गरी योजना लागू गरिएको प्रहरी उपरीक्षक थापाले बताए। सम्बन्धित प्रहरी वृत्तका प्रमुखले आफ्नो क्षेत्रको सुरक्षा व्यवस्थाको प्रत्यक्ष निगरानी गर्नेछन् भने जिल्ला प्रहरी परिसरले समग्र अनुगमन गर्नेछ।

“हामीले उपत्यकाका १४ वटा सेक्टरलाई लक्षित गरी सुरक्षा योजना लागू गरेका छौँ। ती सेक्टरमा प्रहरी वृत्त प्रमुख खटिनेछन् भने त्यसको निगरानी परिसरले गर्नेछ। परिसर प्रमुख र वरिष्ठ प्रहरी अधिकृत पनि योजनाअनुसार खटिनुहुनेछ,” थापाले भने।

सेक्टरगत जिम्मेवारीले प्रहरीको उपस्थितिलाई प्रभावकारी बनाउनुका साथै घटना वा सूचना प्राप्त भएपछि तत्काल टोली परिचालन गर्न सहज हुने प्रहरीको भनाइ छ। योजनाअन्तर्गत नियमित गस्ती, शङ्कास्पद गतिविधिको निगरानी र आवश्यकताअनुसार तत्काल प्रहरी परिचालनलाई प्राथमिकता दिइएको छ।

प्रहरीले सर्वसाधारणलाई आफ्नो घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधिप्रति सचेत रहन र शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रिय राजनीति र नीति कारण भारत–नेपाल सीमामा जनआन्दोलन र सामाजिक असमानता; उपेन्द्र यादव
राष्ट्रिय राजनीति र नीति कारण भारत–नेपाल सीमामा जनआन्दोलन र सामाजिक असमानता; उपेन्द्र यादव
काठमाडौंमा नदी प्रदूषण नियन्त्रणका लागि ‘ट्रास बेरियर’ जडान
काठमाडौंमा नदी प्रदूषण नियन्त्रणका लागि ‘ट्रास बेरियर’ जडान
भारतका चर्चित शिक्षक खान सरको कोचिङ सेन्टरमा आक्रमण: गोली चलेको दाबी, तोडफोड र विद्यार्थीमा आक्रोश
भारतका चर्चित शिक्षक खान सरको कोचिङ सेन्टरमा आक्रमण: गोली चलेको दाबी, तोडफोड र विद्यार्थीमा आक्रोश
मेचीनगरस्थित भावना चोकमा आगलागी, १६ लाख बराबरको क्षति, घर र गोठ जले
मेचीनगरस्थित भावना चोकमा आगलागी, १६ लाख बराबरको क्षति, घर र गोठ जले
रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
कीर्तिपुरमा कार आगलागीबाट एक पुरुषको मृत्यु; शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो
कीर्तिपुरमा कार आगलागीबाट एक पुरुषको मृत्यु; शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो
सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न देउवा समूहको पूरक निवेदन दर्ता
सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न देउवा समूहको पूरक निवेदन दर्ता
दाङ गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा दायर
दाङ गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा दायर
वीरगञ्ज भन्सार कार्यालयले पाँच महिनामा रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सार कार्यालयले पाँच महिनामा रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित सात जना क्यासिनोबाट पक्राउ: प्रहरीको कारबाही
इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित सात जना क्यासिनोबाट पक्राउ: प्रहरीको कारबाही
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?