singel post top banner

केवाइसी अपडेटको बहानामा ५० लाख ठगी गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, आश्विन २७, २०८३
49 Views
केवाइसी अपडेटको बहानामा ५० लाख ठगी गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ
समाचार सारांश
  • रौतहट ।
  • बैंक तथा ई–सेवाका कर्मचारी भएको भन्दै केवाइसी (ग्राहक पहिचान विवरण) अद्यावधिक गर्ने बहानामा सर्वसाधारणको बैंक खाता र डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्‍याएर करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन्।

रौतहट । बैंक तथा ई–सेवाका कर्मचारी भएको भन्दै केवाइसी (ग्राहक पहिचान विवरण) अद्यावधिक गर्ने बहानामा सर्वसाधारणको बैंक खाता र डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्‍याएर करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढी जिल्लाको बैगनिया घर भई गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार गौरमा पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार पीडितहरूको उजुरीमाथि अनुसन्धान गर्ने क्रममा असोज २३ गते गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नम्बर ५ को कोइरी टोलमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो।

रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार हालसम्म २२ जनाले केवाइसी अद्यावधिक गर्ने बहानामा ठगी भएको भन्दै उजुरी दिएका छन्। प्रारम्भिक अनुसन्धानबाट ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार आरोपितहरूले आफूलाई बैंक वा ई–सेवाका कर्मचारी बताउँदै फोन र ह्वाट्सएपमार्फत सर्वसाधारणलाई सम्पर्क गर्थे। मोबाइल बैंकिङ प्रयोग गर्ने व्यक्तिको नम्बर पहिचान गरेपछि केवाइसी अद्यावधिक गर्नुपर्ने भन्दै भिडियो कल गर्ने र मोबाइलको स्क्रिन शेयर गर्न लगाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

गुगल फारम भर्ने बहानामा बैंकिङ विवरण लिई पीडितका बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्‍याउने र रकम अन्य व्यक्तिका बैंक खातामा वा क्यूआर कोडमार्फत स्थानान्तरण गर्ने गरेको प्रहरीको भनाइ छ। ठगीबाट प्राप्त रकम अमेरिकी डलरमा साटेर बाइनान्स एपमार्फत स्थानान्तरण गरिएको तथा क्रिप्टोकरेन्सीमा लगानी गरिएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ।

प्रहरीले आरोपितहरूको साथ र सम्बन्धित स्थानबाट नेपाली रुपैयाँ १ लाख ६२ हजार २१० तथा भारतीय रुपैयाँ ३ हजार २३६ बरामद गरेको छ। साथै, सात थान मोबाइल, ११ थान सिमकार्ड, रकम जम्मा गरिएका ३० थान भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक थान पेनड्राइभ र दुई थान मेमोरी कार्ड पनि बरामद गरिएको एसपी रिजालले जानकारी दिए।

ठगीको हिसाबकिताब, पीडितलाई फोन गर्दा प्रयोग गरिने संवाद र मोबाइलको स्क्रिन शेयर गराउने तरिकाबारे लेखिएका डायरी तथा कापीसमेत बरामद भएको प्रहरीले जनाएको छ। प्रभु बैंकको १६ हजार रुपैयाँको चेक, ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको चेक र विभिन्न बैंकिङ विवरण उल्लेख गरिएका कागजात पनि नियन्त्रणमा लिइएको छ।

घटनाका मुख्य योजनाकारसहित अन्य संलग्न व्यक्तिको पहिचान भइसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। ठगीको रकम कहाँ–कहाँ स्थानान्तरण गरियो र घटनामा अरू को–को संलग्न छन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ।

यसैबीच, बैंक वा डिजिटल वालेटको केवाइसी अद्यावधिक गर्ने भन्दै अपरिचित व्यक्तिले फोन गरेमा सतर्क रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सप्तरीको कृषि सडक निर्माणमा अनियमितता, अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर
सप्तरीको कृषि सडक निर्माणमा अनियमितता, अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर
एमाले पुनर्गठन कार्यदलको प्रस्ताव : अध्यक्ष ओलीको विकल्प खोज्दै संगठनात्मक नयाँ बाटो
एमाले पुनर्गठन कार्यदलको प्रस्ताव : अध्यक्ष ओलीको विकल्प खोज्दै संगठनात्मक नयाँ बाटो
काठमाडौँ उपत्यकाबाट चोरी भएका १४ हाते ट्याक्टरसहित पाँच जना पक्राउ
काठमाडौँ उपत्यकाबाट चोरी भएका १४ हाते ट्याक्टरसहित पाँच जना पक्राउ
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमनले लिन अस्वीकार, मानवसेवा आश्रममै राखिएको नयाँ विवाद
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमनले लिन अस्वीकार, मानवसेवा आश्रममै राखिएको नयाँ विवाद
नेपालगन्जमा ‘मःमः फेस्टिबल २०८०’ को चौथो संस्करण सुरु
नेपालगन्जमा ‘मःमः फेस्टिबल २०८०’ को चौथो संस्करण सुरु
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु र २९ घाइते
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु र २९ घाइते
नयाँ दिल्लीमा सुरु भयो १८औं ब्रिक्स शिखर सम्मेलन: भारत, रूस र चीनको ऐतिहासिक भेटघाट
नयाँ दिल्लीमा सुरु भयो १८औं ब्रिक्स शिखर सम्मेलन: भारत, रूस र चीनको ऐतिहासिक भेटघाट
महोत्तरीमा जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरणका लागि प्रक्रिया सुरु
महोत्तरीमा जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरणका लागि प्रक्रिया सुरु
रवि लामिछाने र बालेन साहबीचको भेटवार्ता: नयाँ राजनीतिक एकता र सहकार्यको सम्भावना
रवि लामिछाने र बालेन साहबीचको भेटवार्ता: नयाँ राजनीतिक एकता र सहकार्यको सम्भावना
बर्छवामा निःशुल्क आँखा परीक्षणदेखि मोतीबिन्दुको शल्यक्रियासम्मको व्यवस्था
बर्छवामा निःशुल्क आँखा परीक्षणदेखि मोतीबिन्दुको शल्यक्रियासम्मको व्यवस्था
singel sidbar banner
singel sidbar banner 2