singel post top banner

ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन २४, २०८३
38 Views
ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव
समाचार सारांश
  • काठमाडौं ।
  • सरकारले ऊर्जा बचतको लक्ष्यभन्दा बढी बचत गर्ने उद्योग तथा व्यावसायिक प्रतिष्ठानलाई त्यसको प्रमाणपत्र बिक्री गर्न दिने व्यवस्था प्रस्ताव गरेको छ।

काठमाडौं । सरकारले ऊर्जा बचतको लक्ष्यभन्दा बढी बचत गर्ने उद्योग तथा व्यावसायिक प्रतिष्ठानलाई त्यसको प्रमाणपत्र बिक्री गर्न दिने व्यवस्था प्रस्ताव गरेको छ। लक्ष्य पूरा गर्न नसक्ने प्रतिष्ठानले भने अपुग ऊर्जा बचत बराबरको प्रमाणपत्र खरिद गर्नुपर्नेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता गरेका छन्। विधेयकको दफा ९ मा ऊर्जा बचत योजना र त्यसमा सहभागी हुने प्रतिष्ठानका लागि प्रमाणपत्र तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ।

विधेयकअनुसार केन्द्रले सम्बन्धित क्षेत्रका व्यावसायिक प्रतिष्ठानसँग परामर्श गरी प्रति इकाइ वस्तु वा सेवा उत्पादन गर्दा हुने ऊर्जा खपत घटाउने योजना बनाउनेछ। प्रतिष्ठानको प्रकृतिअनुसार फरक लक्ष्य तोक्न सकिनेछ।

योजनामा ऊर्जा बचतको न्यूनतम तथा अधिकतम लक्ष्य, लक्ष्य हासिल गर्ने उपाय, त्यसका लागि लाग्ने समय र बचत कायम रहने अवधि समावेश गरिनेछ। साथै, लक्ष्यभन्दा बढी बचत भएमा प्रमाणपत्र जारी गर्ने आधार, बचत गर्ने प्रतिष्ठानलाई दिइने प्रोत्साहन र लक्ष्य पूरा गर्न नसकेमा तिर्नुपर्ने क्षतिपूर्तिको व्यवस्था पनि योजनामा राखिनेछ।

ऊर्जा बचत योजनामा सम्बन्धित व्यावसायिक प्रतिष्ठान वा क्षेत्र सहभागी हुनुपर्ने प्रस्ताव विधेयकमा छ। निर्धारित लक्ष्य पूरा भए–नभएको मूल्यांकन ऊर्जा परीक्षकको प्रतिवेदनका आधारमा केन्द्रले गर्नेछ।

लक्ष्यभन्दा बढी ऊर्जा बचत गर्ने प्रतिष्ठानलाई बचतको परिमाणअनुसार प्रमाणपत्र दिइनेछ। त्यस्तो प्रमाणपत्र अन्य प्रतिष्ठानलाई बिक्री गर्न सकिनेछ। लक्ष्य पूरा गर्न नसक्ने प्रतिष्ठानले अपुग लक्ष्य बराबरको प्रमाणपत्र बढी बचत गर्ने प्रतिष्ठानबाट खरिद गरी आफ्नो लक्ष्य पूरा गर्नुपर्नेछ।

प्रमाणपत्र खरिद गरेपछि पनि लक्ष्य पूरा हुन नसकेमा सम्बन्धित प्रतिष्ठानले ऊर्जा बचत योजनामा तोकिएअनुसारको क्षतिपूर्ति केन्द्रमा बुझाउनुपर्ने व्यवस्था विधेयकको दफा ९ को उपदफा ७ मा प्रस्ताव गरिएको छ।

विधेयकमा ‘ऊर्जा’ भन्नाले जलविद्युत्, खनिज तेल, कोइला, ग्यास, सौर्य, वायु, आणविक, जैविक पदार्थ वा अन्य नवीकरणीय तथा अनवीकरणीय स्रोतबाट उत्पादित विद्युतीय वा तापीय ऊर्जालाई सम्झनुपर्ने उल्लेख छ। ‘ऊर्जा संरक्षण’ भन्नाले ऊर्जाको अनावश्यक प्रयोग कटौती गर्ने कार्यलाई जनाइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सारियो
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सारियो
कांग्रेसको विशेष महाधिवेशनका लागि थापागाँउमा भेला सुरु, महामन्त्री गगन थापा पक्षधरहरू सहभागी
कांग्रेसको विशेष महाधिवेशनका लागि थापागाँउमा भेला सुरु, महामन्त्री गगन थापा पक्षधरहरू सहभागी
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
युग पाठक नेकपा एमालेबाट पार्टी प्रवेश, प्रचण्ड नेतृत्वमा नयाँ सुरु
युग पाठक नेकपा एमालेबाट पार्टी प्रवेश, प्रचण्ड नेतृत्वमा नयाँ सुरु
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो
पोखरा बसपार्क क्षेत्रमा भूमिहीन र सुकुमबासीको अन्तिम विवरण टुंगो, स्थानान्तरण प्रक्रिया शुरू
पोखरा बसपार्क क्षेत्रमा भूमिहीन र सुकुमबासीको अन्तिम विवरण टुंगो, स्थानान्तरण प्रक्रिया शुरू
आगलागीमा रु ६० लाख बराबरको क्षति
आगलागीमा रु ६० लाख बराबरको क्षति
अमेरिकाले क्यारिबियन सागरमा ठूलो युद्धपोत तैनाथ गरे, भेनेजुएलासँग तनाव तीव्र हुँदै
अमेरिकाले क्यारिबियन सागरमा ठूलो युद्धपोत तैनाथ गरे, भेनेजुएलासँग तनाव तीव्र हुँदै
धुलिखेल सडकखण्डको स्तरोन्नति तीव्र : नयाँ ठेकेदारसँग ३१ करोडको सम्झौता
धुलिखेल सडकखण्डको स्तरोन्नति तीव्र : नयाँ ठेकेदारसँग ३१ करोडको सम्झौता
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?