singel post top banner

सार्वजनिक यातायातका चालकलाई छुट्टै व्यावसायिक लाइसेन्स अनिवार्य गर्ने प्रस्ताव

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १७, २०८३
33 Views
सार्वजनिक यातायातका चालकलाई छुट्टै व्यावसायिक लाइसेन्स अनिवार्य गर्ने प्रस्ताव
समाचार सारांश
  • काठमाडौं ।
  • सार्वजनिक यातायातमा हुने सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षा सुनिश्चित गर्न सरकारले सार्वजनिक सवारीसाधनका चालकका लागि छुट्टै व्यावसायिक चालक अनुमतिपत्रको व्यवस्था प्रस्ताव गरेको छ।

काठमाडौं । सार्वजनिक यातायातमा हुने सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षा सुनिश्चित गर्न सरकारले सार्वजनिक सवारीसाधनका चालकका लागि छुट्टै व्यावसायिक चालक अनुमतिपत्रको व्यवस्था प्रस्ताव गरेको छ।

सङ्घीय संसद्‌मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सार्वजनिक यातायात सेवामा कार्यरत चालकको दक्षता र स्वास्थ्य अवस्थाको निगरानी गर्न कानुनी आधार प्रस्ताव गरेको हो।

विधेयकको दफा २४ मा राष्ट्रिय सडक सुरक्षा परिषद्ले यातायातसम्बन्धी निकायलाई दिन सक्ने निर्देशनबारे व्यवस्था छ। उपदफा (२) अनुसार, यातायातसम्बन्धी निकायले सार्वजनिक यातायात सेवामा कार्यरत चालकका लागि व्यावसायिक चालक अनुमतिपत्रसम्बन्धी छुट्टै मापदण्ड बनाई लागू गर्नुपर्नेछ।

यो व्यवस्था लागू भएमा निजी सवारीसाधन चलाउन लिइने सामान्य अनुमतिपत्रका आधारमा सार्वजनिक बस तथा अन्य यात्रुवाहक सवारीसाधन चलाउन पाइने छैन।

चालकको स्वास्थ्य अवस्थाका कारण हुन सक्ने दुर्घटना रोक्न अनुमतिपत्र नवीकरणमा पनि स्वास्थ्य परीक्षण अनिवार्य गर्ने प्रस्ताव विधेयकमा छ। उपदफा (१) को खण्ड (ग) ले अनुमतिपत्र नवीकरण गर्दा चालकको स्वास्थ्य तथा शारीरिक क्षमता परीक्षण समावेश गर्नुपर्ने व्यवस्था गरेको छ।

त्यस्तै, चालक प्रशिक्षण केन्द्रले दिने सैद्धान्तिक र प्रयोगात्मक कक्षा, अनुमतिपत्र परीक्षाको पाठ्यक्रम तथा परीक्षा प्रणालीमा सडक सुरक्षासम्बन्धी विषय समावेश गर्नुपर्ने प्रस्ताव गरिएको छ।

यी मापदण्ड कार्यान्वयन गराउन राष्ट्रिय सडक सुरक्षा परिषद्ले यातायातसम्बन्धी निकायलाई निर्देशन दिन सक्ने व्यवस्था विधेयकमा छ। प्रस्तावित प्रावधान लागू भएमा सार्वजनिक यातायातका चालकको योग्यता, स्वास्थ्य र सडक सुरक्षासम्बन्धी ज्ञानलाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

अख्तियारद्वारा नेपाल विद्युत प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित नियन्त्रणमा
अख्तियारद्वारा नेपाल विद्युत प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित नियन्त्रणमा
रौतहट सीमावर्ती क्षेत्रमा नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ, ठूलो मात्रामा जाली नोट जफत
रौतहट सीमावर्ती क्षेत्रमा नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ, ठूलो मात्रामा जाली नोट जफत
काठमाडौँ सडक र पुल निर्माणका तोडिएका ठेक्काको पुनः प्रक्रिया सुरु
काठमाडौँ सडक र पुल निर्माणका तोडिएका ठेक्काको पुनः प्रक्रिया सुरु
विशेष शिक्षकहरूको दरबन्दी रुपान्तरण, सेवा सुविधामा नयाँ व्यवस्था
विशेष शिक्षकहरूको दरबन्दी रुपान्तरण, सेवा सुविधामा नयाँ व्यवस्था
चन्द्रगढी विमानस्थलबाट खैरो हेरोइनसहित २६ वर्षीय महिला पक्राउ
चन्द्रगढी विमानस्थलबाट खैरो हेरोइनसहित २६ वर्षीय महिला पक्राउ
दाङमा प्लाई उद्योगमा आगलागी
दाङमा प्लाई उद्योगमा आगलागी
नेपालले पहलो पटक एशियन डजबल च्याम्पियनसिपमा सहभागिता जनाउँदै इतिहास रच्यो
नेपालले पहलो पटक एशियन डजबल च्याम्पियनसिपमा सहभागिता जनाउँदै इतिहास रच्यो
भारतीय संसद् मार्चमा प्रहरीले लाठीचार्ज, प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल
भारतीय संसद् मार्चमा प्रहरीले लाठीचार्ज, प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल
मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिपछि सात दलको विरोध जारी, आन्दोलन र बहिष्कारको आह्वान
मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिपछि सात दलको विरोध जारी, आन्दोलन र बहिष्कारको आह्वान
सिरहाको मुसहर बस्तीमा स्वच्छता र शौचालय अभाव: व्यवस्थापन र चेतना अभियान आवश्यक
सिरहाको मुसहर बस्तीमा स्वच्छता र शौचालय अभाव: व्यवस्थापन र चेतना अभियान आवश्यक
singel sidbar banner
singel sidbar banner 2