singel post top banner

म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर बिक्री गरेको आरोपमा दुई जना पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १७, २०८३
40 Views
म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर बिक्री गरेको आरोपमा दुई जना पक्राउ
समाचार सारांश
  • काठमाडौँ ।
  • म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति र नक्कली लेबल राखेर बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँ । म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति र नक्कली लेबल राखेर बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा, प्रसौनी गाउँपालिका–१ घर भई हाल काठमाडौँको तिनथानामा बस्दै आएका ४० वर्षीय विजेन्द्र साह र पर्सा, बिन्दवासिनी गाउँपालिका–२ घर भई हाल तिनथानामै बस्ने ४९ वर्षीय अखिलेस प्रसाद कलवार छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका–१५, तिनथानास्थित सिद्धिविनायक खाद्य स्टोरमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर पुनः लेबलिङ गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण, मतदान तयारी तथा सुरक्षा सतर्कता
रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण, मतदान तयारी तथा सुरक्षा सतर्कता
नेपाल राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्ने, दीर्घकालीन निक्षेप उपकरण जारी
नेपाल राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्ने, दीर्घकालीन निक्षेप उपकरण जारी
विशेष अदालतले खोटाङका दुई जिल्ला शिक्षा अधिकृतलाई धरौटीमा रिहा गर्ने आदेश दिए
विशेष अदालतले खोटाङका दुई जिल्ला शिक्षा अधिकृतलाई धरौटीमा रिहा गर्ने आदेश दिए
सर्वोच्च अदालतको अन्तरिम आदेश: चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण रोक्का
सर्वोच्च अदालतको अन्तरिम आदेश: चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण रोक्का
वीर अस्पतालको नयाँ निर्देशक डा. विकास नेपाल नियुक्त
वीर अस्पतालको नयाँ निर्देशक डा. विकास नेपाल नियुक्त
हेटौंडामा भारी वर्षापछि आएको बाढीले बगाएको स्कुटर भेटियो, बेपत्ता चालकको खोजी कार्य जारी
हेटौंडामा भारी वर्षापछि आएको बाढीले बगाएको स्कुटर भेटियो, बेपत्ता चालकको खोजी कार्य जारी
विराटनगर सीमावर्ती क्षेत्रमा प्रहरीले 60 केजी गाँजा बरामद, अस्पतालको भ्यानमा लुकाइएको
विराटनगर सीमावर्ती क्षेत्रमा प्रहरीले 60 केजी गाँजा बरामद, अस्पतालको भ्यानमा लुकाइएको
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु, परिणाम २४ घण्टाभित्र सार्वजनिक
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु, परिणाम २४ घण्टाभित्र सार्वजनिक
डिजिटल हिंसा न्यूनीकरणका लागि महिला पत्रकार र सरकारको साझा जिम्मेवारी
डिजिटल हिंसा न्यूनीकरणका लागि महिला पत्रकार र सरकारको साझा जिम्मेवारी
नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा सहमति नहुँदा विभाजनको आशंका, नयाँ बानेश्वरमा छलफल जारी
नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा सहमति नहुँदा विभाजनको आशंका, नयाँ बानेश्वरमा छलफल जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?