singel post top banner

नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १७, २०८३
35 Views
नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते
समाचार सारांश
  • नवलपरासी ।
  • नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नवलपरासी । नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गको एस मोडमा नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट खसेर नालामा पुगेको जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिल पण्डितले जानकारी दिए।

बसमा चालकसहित १८ जना सवार थिए। तीमध्ये दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये जाजरकोटको भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। बाँकी पाँच जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको छ। घाइतेहरू गोरखा, अछाम, बर्दिया, बाजुरा, बाँके, ललितपुर र सल्यानका रहेको बताइएको छ।

घाइतेहरुको विवरण

१. जिल्ला गोरखा, गो.न.पा.-०९ बस्ने वर्ष ३० को हरिशरण थापा,
२. जिल्ला अछाम मंगलसेन न.पा. ६ बस्ने वर्ष २८ को तेजेन्द्र प्रसाद भण्डारी,
३. जिल्ला बर्दिया ठाकुरबाबा न.पा. १ बस्ने वर्ष २० की आकृती,
४. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा. ५ बस्ने वर्ष ३२ को पवन बुढा,
५. जिल्ला बर्दिया राजापुर न.पा. ९ बस्ने वर्ष २८ को सञ्जय थारु,
६. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा.१ बस्ने वर्ष २५ को प्रेम बम,
७. जिल्ला ललितपुर कुञ्जय सोमपाक गा.पा. वडा नं ५ बस्ने वर्ष २९ को अनोज खत्री,
८. जिल्ला बर्दिया बाँसगढी न.पा. ७ बस्ष ३६ को लाल बहादुर कार्की,
९. जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा. १६ बस्ने वर्ष ४८ को अस्लाम भगवान,
१०. जिल्ला सल्यान वनगढ कुपिण्डे न.पा. १ बस्ने वर्ष २१ को अनिल बुढाथोकी रहेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

तिहारको पाँचौँ दिनः गरियो गोवर्द्धन, बलि, गोरु र हलि पूजा
तिहारको पाँचौँ दिनः गरियो गोवर्द्धन, बलि, गोरु र हलि पूजा
चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम
चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम
१४ वर्षदेखि अलपत्र कमला पुल अब तीन महिनामा पूरा गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
१४ वर्षदेखि अलपत्र कमला पुल अब तीन महिनामा पूरा गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
मधेसमा ढलिरहेको एमाले सत्ता, जेनजी समूहसँग झड़पले राष्ट्रव्यापी प्रभाव
मधेसमा ढलिरहेको एमाले सत्ता, जेनजी समूहसँग झड़पले राष्ट्रव्यापी प्रभाव
राजधानीको सिनामंगलमा सहायक निरीक्षकद्वारा ६ महिने बालकको हत्या, भाग्दै गर्दा पक्राउ
राजधानीको सिनामंगलमा सहायक निरीक्षकद्वारा ६ महिने बालकको हत्या, भाग्दै गर्दा पक्राउ
गृह मन्त्रालयले धार्मिक सद्भाव र सामाजिक समन्वयका लागि ७७ जिल्लालाई निर्देशन
गृह मन्त्रालयले धार्मिक सद्भाव र सामाजिक समन्वयका लागि ७७ जिल्लालाई निर्देशन
पोखरामा सामान्य विवादमा कुटपिटबाट एकको मृत्यु, प्रहरीले नियन्त्रणमा लिइयो आरोपी।
पोखरामा सामान्य विवादमा कुटपिटबाट एकको मृत्यु, प्रहरीले नियन्त्रणमा लिइयो आरोपी।
हेटौँडामा समावेशी र उत्थानशील नेपाल निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
हेटौँडामा समावेशी र उत्थानशील नेपाल निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
दुई विधेयकलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठायो
दुई विधेयकलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठायो
जनकपुर बोल्ट्सको शानदार जीत: चितवन राइनोज ६ विकेटले पराजित
जनकपुर बोल्ट्सको शानदार जीत: चितवन राइनोज ६ विकेटले पराजित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?