singel post top banner

सिरहामा ११० किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १७, २०८३
36 Views
सिरहामा ११० किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ
समाचार सारांश
  • सिरहा ।
  • सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

सिरहा । सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा शुक्रबार राति करिब १ः३५ बजे औरही गाउँपालिका–१ स्थित दरैया क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको १५ जनाको टोलीले नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। गाँजा छ बोरामा राखिएको र टाउकोमा बोकेर लगिँदै गरेको प्रहरीले जनाएको छ। तौल गर्दा बरामद गाँजा ११० किलो ७६० ग्राम रहेको पाइएको छ।

पक्राउ पर्नेमा औरही गाउँपालिका–२, देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय र ३१ वर्षीय मनिकलाल सदाय तथा धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव छन्। उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद भएको छ।

पक्राउ परेका तीनै जनालाई बरामद गाँजा र मोबाइलसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको एसपी थापाले जानकारी दिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

हरिपुर्वामा अब भरतपुर आँखा अस्पतालको विशेषज्ञ सेवा उपलब्ध
हरिपुर्वामा अब भरतपुर आँखा अस्पतालको विशेषज्ञ सेवा उपलब्ध
बालेन्द्र शाह काठमाडौं महानगरपालिकाबाट राजीनामा, रास्वपाबाट सांसद पदको तयारीमा
बालेन्द्र शाह काठमाडौं महानगरपालिकाबाट राजीनामा, रास्वपाबाट सांसद पदको तयारीमा
प्रधानमन्त्री सुशीला कार्कीले १०० दिनमा गरेको उपलब्धि र आगामी योजना सार्वजनिक
प्रधानमन्त्री सुशीला कार्कीले १०० दिनमा गरेको उपलब्धि र आगामी योजना सार्वजनिक
बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्न आवश्यक भएको बताए, बालेन सँग भेटवार्ता
बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्न आवश्यक भएको बताए, बालेन सँग भेटवार्ता
काठमाडौँ उपत्यकामा लागुऔषधसहित पाँच जना पक्राउ
काठमाडौँ उपत्यकामा लागुऔषधसहित पाँच जना पक्राउ
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
‘पीडितको न्यायमा पहुँच’ अन्तरक्रियामा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीशले बताए
‘पीडितको न्यायमा पहुँच’ अन्तरक्रियामा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीशले बताए
वीरगञ्जको क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगञ्जको क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
रौतहट सीमावर्ती क्षेत्रमा नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ, ठूलो मात्रामा जाली नोट जफत
रौतहट सीमावर्ती क्षेत्रमा नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ, ठूलो मात्रामा जाली नोट जफत
गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाकाको निरीक्षण, राजस्व चुहावट र मानव बेचबिखन नियन्त्रणमा कडाइ
गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाकाको निरीक्षण, राजस्व चुहावट र मानव बेचबिखन नियन्त्रणमा कडाइ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?