singel post top banner

वीरगञ्जका तीन वडामा चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइयो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, आश्विन १३, २०८३
62 Views
वीरगञ्जका तीन वडामा चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइयो
समाचार सारांश
  • काठमाडौं ।
  • वीरगञ्ज महानगरपालिकाले वडा नम्बर १७, २५ र २६ मा चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाएको छ।

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले वडा नम्बर १७, २५ र २६ मा चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाएको छ। महानगरपालिकाले डोजर प्रयोग गरी नाला निर्माण तथा सफाइ गरेपछि पानीको निकास सहज भएको जनाएको छ।

पानी निकासको उचित व्यवस्था नहुँदा वर्षायाममा वडा नम्बर १७, २५ र २६ अन्तर्गतका सुगौली, अलौलगायत आसपासका बस्ती र ठूलो क्षेत्र डुबानमा पर्दै आएका थिए। लामो समयसम्म पानी जमिरहँदा स्थानीयको आवतजावतमा कठिनाइ हुनुका साथै खेतीपातीसमेत प्रभावित हुँदै आएको थियो।

स्थानीयका अनुसार बस्ती तथा आसपासका क्षेत्रमा पानी लामो समय जम्दा लामखुट्टेको प्रकोप बढ्ने, दुर्गन्ध फैलिने र स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको थियो।

अवरुद्ध निकास खुलाउने काम सुरु भएपछि सुगौली, अलौलगायत क्षेत्रका बासिन्दाले आगामी वर्षायाममा जलजमावको समस्या कम हुने अपेक्षा गरेका छन्। महानगरपालिकाका अनुसार अवरुद्ध पानी निकास पूर्ण रूपमा खुलाएर पानीको सहज बहाव सुनिश्चित गर्ने काम गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सीमा सुरक्षा मजबूत, सशस्त्र प्रहरी बल नेपाल बोर्डर इन्टरएक्सन टिमले सीमा नाकाहरूमा परिचालन गरे
सीमा सुरक्षा मजबूत, सशस्त्र प्रहरी बल नेपाल बोर्डर इन्टरएक्सन टिमले सीमा नाकाहरूमा परिचालन गरे
सैनिक आवासीय महाविद्यालयको ४८औँ वार्षिकोत्सव: गुणस्तरीय शिक्षा र राष्ट्रप्रति उत्तरदायित्वको प्रतिबद्धता
सैनिक आवासीय महाविद्यालयको ४८औँ वार्षिकोत्सव: गुणस्तरीय शिक्षा र राष्ट्रप्रति उत्तरदायित्वको प्रतिबद्धता
अमेरिकाले इरानमाथि हवाई आक्रमण, तनाव र संघर्ष तीव्र, क्षेत्रीय सुरक्षा चुनौतीहरू बढ्दै
अमेरिकाले इरानमाथि हवाई आक्रमण, तनाव र संघर्ष तीव्र, क्षेत्रीय सुरक्षा चुनौतीहरू बढ्दै
सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, चाँदी ३५ रुपैयाँले घट्यो
सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, चाँदी ३५ रुपैयाँले घट्यो
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो
बैतडीमा डिजिटल ठगीको कारोबार बढ्दै, मोबाइल बैंकिङ र सामाजिक सञ्जालमार्फत हुने ठगी रोक्न आवश्यक
बैतडीमा डिजिटल ठगीको कारोबार बढ्दै, मोबाइल बैंकिङ र सामाजिक सञ्जालमार्फत हुने ठगी रोक्न आवश्यक
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरे, नयाँ मिति कात्तिक १८ गते
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरे, नयाँ मिति कात्तिक १८ गते
स्वास्थ्य बीमामा अनियमितता: अस्पतालहरूलाई कानुनी कारबाहीको चेतावनी
स्वास्थ्य बीमामा अनियमितता: अस्पतालहरूलाई कानुनी कारबाहीको चेतावनी
प्रधानमन्त्री बालेन शाह र नेपाल तयारी पोसाक उद्योग संघबीच छलफल
प्रधानमन्त्री बालेन शाह र नेपाल तयारी पोसाक उद्योग संघबीच छलफल
वर्षा र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण अवरुद्ध
वर्षा र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण अवरुद्ध
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?