काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ९ स्थानीय तहको सहकार्यमा नयाँ चरण
- काठमाडौं — काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालनको प्रयासलाई थप विस्तार गर्दै ९ वटा स्थानीय तहले संयुक्त रूपमा सहभागिता जनाएका छन्।
- यो सेवा काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा १ वैशाखदेखि परीक्षणका रूपमा सुरु भएको थियो, र अब आवश्यकताका आधारमा यसको विस्तार गर्न लागिएको हो।
काठमाडौं — काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालनको प्रयासलाई थप विस्तार गर्दै ९ वटा स्थानीय तहले संयुक्त रूपमा सहभागिता जनाएका छन्। यो सेवा काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा १ वैशाखदेखि परीक्षणका रूपमा सुरु भएको थियो, र अब आवश्यकताका आधारमा यसको विस्तार गर्न लागिएको हो।
साझा यातायात, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका लगायत सात वटा नगरपालिका मिलेर रात्रीकालीन यातायात सेवा सञ्चालन गर्न सहमति भएका हुन्। यस कार्यक्रमको मुख्य उद्देश्य रातको समयमा आवतजावत गर्न सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनु हो, जसले सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक र बाह्य पर्यटकलाई लाभ हुने विश्वास व्यक्त गरिएको छ।
संविधान दिवसको अवसरमा आयोजित सहकार्यपत्रमा काठमाडौं, ललितपुर, बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाका प्रमुखहरूले हस्ताक्षर गरेका हुन्। साझा यातायातको अध्यक्ष सुशीलराज प्याकुरेलले यस कार्यक्रममा हस्ताक्षर गरे।
हस्ताक्षरपछि तत्कालै ६ वटा रुटका लागि ३० बस सञ्चालनमा ल्याइएको छ। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भने, “संविधानबाट प्रत्याभूत आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाँदा, रात्रिकालीन बस सेवाको विकास र विस्तार निरन्तर भइरहनेछ।”
अहिले परीक्षण अवधिमा दुई रुटमा अभ्यास गरिएका ४ वटा बस थपिएर ७ वटा गाडी सञ्चालनमा आएका छन्। यससँगै, ४ नगरपालिकाको साझेदारीमा यो संख्या ९ पुगेको छ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले भने, “मेट्रो योजना आउन नसकेको अवस्थामा स्थानीय तहले आफ्नै यातायात प्रणाली सञ्चालन गर्न थालेका हौं।” उनले यसलाई उपत्यकावासीको यातायात सहजताको लागि आवश्यक कदम भएको बताए।
साझा यातायातले सञ्चालन गरिरहेका बसहरूको रुटहरू विस्तारित गर्दै विभिन्न मार्गहरूमा ६ देखि ८ वटा बसहरू सञ्चालन गरिनेछ। यसअघि, लगनखेलदेखि बूढानीलकण्ठ र नागढुङ्गादेखि एयरपोर्टसम्म रात्री ८ बजेदेखि ११ बजेसम्म सात बसमार्फत नमुना सेवा दिइएको थियो।
सेवाको खर्च र आम्दानीबीचको असन्तुलनलाई मध्यनजर गर्दै, यात्रुबाट प्राप्त टिकट आम्दानीको ५० प्रतिशत सम्बन्धित नगरपालिकाले साझा गर्ने र बाँकी ५० प्रतिशत काठमाडौं र ललितपुरले समान रूपमा बाँड्ने सहमति भएको छ। सेवा सञ्चालनको लागि आवश्यक खर्च भने, सम्बन्धित नगरपालिकाले आफ्नो जिम्मेवारी लिने व्यवस्था गरिएको छ।
यात्रुहरू बसमा चढ्ने र ओर्लने स्थानहरू सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन्। साथै, डिजिटल साइनेज र डिजिटल बस स्टपको स्थापना कार्य यस वर्ष भित्रै सम्पन्न हुने छ। यसले डिजिटल टिकटिङ प्रणालीलाई थप प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ, जसमा QR कोडबाट टिकट लिन सकिनेछ।
साझा यातायातमा नेपाल सरकारको ३ अर्ब र काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ सेयर लगानी छ। हालसम्म यससँग १११ वटा बस सेवा सञ्चालनमा रहेका छन्। यस सेवाले काठमाडौं उपत्यकामा रात्रीकालीन आवतजावतलाई सहज र सुरक्षित बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






