singel post top banner

रास्वपा सांसद डा. अमरेशकुमार सिंहको कडा आलोचना: सरकारलाई ‘तासको पत्ता’को संज्ञा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, भाद्र २५, २०८३
16 Views
रास्वपा सांसद डा. अमरेशकुमार सिंहको कडा आलोचना: सरकारलाई ‘तासको पत्ता’को संज्ञा
समाचार सारांश
  • काठमाडौँ — सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.
  • अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहको सरकारलाई ‘तासको पत्ता’को संज्ञा दिएका छन्।

काठमाडौँ — सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहको सरकारलाई ‘तासको पत्ता’को संज्ञा दिएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै सांसद सिंहले वर्तमान सरकारले सुरुदेखि नै मधेसका जनता र नेताहरूमाथि निरन्तर प्रहार गर्दै आएको आरोप लगाए।

सिंहले भने, “बिहानै मेरो घरमा भोला पासवान आउनुभएको थियो। उहाँले मलाई बविता पासवानको भिडियो देखाउनुभयो। यो राज्य मधेसी समुदायप्रति कति पीडादायी छ?” उनले थपे, “वविता पासवानलाई अस्पतालमा बस्ने अधिकार नदिई बाहिरै सुत्केरी हुनुपरेको देख्दा मेरो आँखामा आँसु आएको छ। यो दृश्य हेरेर म रुँदिन, सरकारलाई भन्न चाहन्छु, तपाईं मधेसीको बलमा सरकार स्थिर भएको हो। तपाईंको सरकार तासको पत्ता जस्तै हो।”

सिंहले सरकारलाई चेतावनी दिनुभएको छ, “मधेसीलाई सुरुबाटै प्रहार गरिएको छ। यदि यो सरकार बनेन भने म आत्मदाह गर्न तयार छु। तपाईं मधेसीहरूलाई हेप्नुहुन्छ भने नास हुन्छ। दीपककुमार साहको बर्खास्तगी र गौरीकुमारी यादवको मुद्दा पनि यसै देखाउँछ।”

उनले बर्दिवास मेडिकल कलेज बनाउने सपना समेत तुहाएको आरोप लगाउँदै प्रधानमन्त्रीमाथि आक्रोश पोख्नुभएको छ। साथै, आफू कहिल्यै गुटमा विश्वास नगर्ने र जासुसी संस्थालाई भेट्न प्रधानमन्त्रीका सल्लाहकारले सरकारको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाउनुभयो।

सिंहले रसुवा बाढी पीडितहरूको उद्धारमा ढिलाइ र किसानहरूलाई मल नपुगेको विषयमा सरकारको कार्यशैलीको कडा आलोचना गर्नुभएको छ। साथै, शिक्षा र स्वास्थ्य मन्त्रालयले अपेक्षित काम गर्न नसकेको, न्यायालय र सरकारी कर्मचारीहरू पनि अस्तव्यस्त भएको आरोप लगाउँदै प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरूको भूमिका सरकारले सरकारलाई असफल बनाएको टिप्पणी गर्नुभयो।

यसैबीच, सांसद सिंहको कडा आलोचना र मधेसका जनताको प्रति हेरफेरको विषयलाई मुख्य मुद्दा बनाउँदै यस विषयमा राजनीतिक र सामाजिक बहस तीव्र भएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

ट्रम्पले बीबीसीविरुद्ध पाँच अर्ब डलरको मानहानि मुद्दा दायर, सम्पादनलाई लिएर विवाद
ट्रम्पले बीबीसीविरुद्ध पाँच अर्ब डलरको मानहानि मुद्दा दायर, सम्पादनलाई लिएर विवाद
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
डीडीसीले नयाँ दूध संकलन नीति घोषणा, सहकारी र निजी फार्मलाई समयसीमा कायम गर्न आग्रह
डीडीसीले नयाँ दूध संकलन नीति घोषणा, सहकारी र निजी फार्मलाई समयसीमा कायम गर्न आग्रह
काभ्रेपलाञ्चोक: वर्षाका कारण जोखिम, बीपी राजमार्गमा सवारी आवागमन होल्ड
काभ्रेपलाञ्चोक: वर्षाका कारण जोखिम, बीपी राजमार्गमा सवारी आवागमन होल्ड
काठमाडौं र ललितपुरका १८ फर्ममाथि विभागको निगरानी, २० हजार जरिवाना र सुधारात्मक निर्देशन
काठमाडौं र ललितपुरका १८ फर्ममाथि विभागको निगरानी, २० हजार जरिवाना र सुधारात्मक निर्देशन
गुल्मीमा भ्यानबाट १४० बट्टा नक्कली चुरोटसहित एक व्यक्ति पक्राउ
गुल्मीमा भ्यानबाट १४० बट्टा नक्कली चुरोटसहित एक व्यक्ति पक्राउ
गृहमन्त्री सुधन गुरुङको जिल्ला प्रहरी परिसर काठमाडौँको निरीक्षण
गृहमन्त्री सुधन गुरुङको जिल्ला प्रहरी परिसर काठमाडौँको निरीक्षण
सभामुख अर्यालले संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन
सभामुख अर्यालले संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खोला किनारमा ४० वर्षीया महिलाको शव भेटिए
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खोला किनारमा ४० वर्षीया महिलाको शव भेटिए
बेतहा खोलाको जैविक तटबन्धले बस्ती र विद्यालयलाई बाढी र कटानबाट जोगाउने नयाँ आशा
बेतहा खोलाको जैविक तटबन्धले बस्ती र विद्यालयलाई बाढी र कटानबाट जोगाउने नयाँ आशा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?