singel post top banner

डिम्ब तस्करी प्रकरण : होप फर्टिलिटीका सञ्चालकमाथि मुद्दा नचलाउनूको कारण पेश गर्न सर्वोच्चको आदेश

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, मंसिर १५, २०८२
128 Views
डिम्ब तस्करी प्रकरण : होप फर्टिलिटीका सञ्चालकमाथि मुद्दा नचलाउनूको कारण पेश गर्न सर्वोच्चको आदेश
समाचार सारांश
  • काठमाडौँ ।
  • डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय किन गरिएको हो भन्ने विषयमा सर्वोच्च अदालतले लिखित कारण पेस गर्न आदेश दिएको छ।

काठमाडौँ । डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय किन गरिएको हो भन्ने विषयमा सर्वोच्च अदालतले लिखित कारण पेस गर्न आदेश दिएको छ।

पीडित दुई बालिकाको तर्फबाट अधिवक्ता अंकिता त्रिपाठीले दायर गरेको रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आदेश जारी गरेको हो। अदालतले अवैध रूपमा डिम्ब संकलन गर्ने व्यक्तिहरूविरुद्ध मुद्दा किन नचलाइएको हो भन्ने बारे विपक्षीहरू— महान्यायाधिवक्ता कार्यालय, काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय, उच्च सरकारी वकिलको कार्यालय (पाटन) र केन्द्रीय अनुसन्धान ब्युरो (CIB)—लाई कारणसहितको लिखित जवाफ बुझाउन भनेको छ।

रिटमा महान्यायाधिवक्ता कार्यालयले गरेको अभियोजन नगर्ने निर्णय बदर गरी प्रतिवादीहरूमाथि शरीर बन्धक, बालबालिकासम्बन्धी कसुर, जबरजस्ती करणीसहित अन्य आपराधिक गतिविधि सम्बन्धी मुद्दा दर्ता गरी छिटोभन्दा छिटो अभियोगपत्र दायर गर्न माग गरिएको छ।

यसअघि दुई पीडित बालिकाले आफूहरूलाई आर्थिक प्रलोभन र झुक्यानमा पारी बलपूर्वक डिम्ब संकलन गरी बिक्री गरेको आरोप लगाउँदै CIB मा उजुरी दर्ता गराएका थिए। उनिहरूले होप फर्टिलिटी डाइग्नोस्टिक प्रालिका सञ्चालक तथा शेयरधारकहरूमाथि गम्भीर आरोप लगाएका थिए, जसमा महान्यायाधिवक्ता सविता भण्डारीको समेत सेयर रहेको उल्लेख गरिएको छ।

अवैध रूपमा किशोरीहरूबाट डिम्ब संकलन गरी निःसन्तान दम्पतीलाई बेचबिखन गरिएको आशंकामा प्रहरीले बबरमहलस्थित होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र महाराजगञ्जस्थित एन्जेल फर्टिलिटी क्लिनिक विरुद्ध अनुसन्धान अघि बढाएको थियो।

सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने तयारी गरिरहेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयले अचानक मुद्दा नचलाउने निर्णय गरेपछि CIB ले फाइल बन्द गरेको थियो। अब सर्वोच्च अदालतको आदेशपछि यो प्रकरण पुनः कानुनी तवरबाट अघि बढ्ने संकेत देखिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पशुपतिनाथमा महाशिवरात्रि उत्सव: सुरक्षा व्यवस्था कडा, लाखौं दर्शनार्थीको भीड
पशुपतिनाथमा महाशिवरात्रि उत्सव: सुरक्षा व्यवस्था कडा, लाखौं दर्शनार्थीको भीड
फिलिपिन्सको फेरीमा भीषण आगलागी: ३५ शवहरूको शवदाह र थप खोजी जारी
फिलिपिन्सको फेरीमा भीषण आगलागी: ३५ शवहरूको शवदाह र थप खोजी जारी
‘जनकपुरधाम साहित्य, कला र अन्तरराष्ट्रिय नाट्य महोत्सव’ सुरु, सांस्कृतिक विविधता र एकता को उत्सव
‘जनकपुरधाम साहित्य, कला र अन्तरराष्ट्रिय नाट्य महोत्सव’ सुरु, सांस्कृतिक विविधता र एकता को उत्सव
मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु: मुख्यमन्त्री यादवको राजीनामापछि धारा १६८(२) सक्रिय
मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु: मुख्यमन्त्री यादवको राजीनामापछि धारा १६८(२) सक्रिय
नेकपाका युवा नेता माधव सापकोटाले सिन्धुपाल्चोक–१ बाट पाए टिकट
नेकपाका युवा नेता माधव सापकोटाले सिन्धुपाल्चोक–१ बाट पाए टिकट
माई मार्टले अनलाइन किनमेल र द्रुत डेलिभरी सेवा सुरु, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै
माई मार्टले अनलाइन किनमेल र द्रुत डेलिभरी सेवा सुरु, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै
काठमाडौँ: प्रहरी र सशस्त्र प्रहरीबाट लुटिएका ७१८ थान हतियार फिर्ता, सुरक्षा निकायहरूले खोजीकार्य तीव्र बनाएका छन्
काठमाडौँ: प्रहरी र सशस्त्र प्रहरीबाट लुटिएका ७१८ थान हतियार फिर्ता, सुरक्षा निकायहरूले खोजीकार्य तीव्र बनाएका छन्
बाँकेमाआधा केजीभन्दा बढी परिमाणको खैरो हेरोइनसहित दुई पक्राउ
बाँकेमाआधा केजीभन्दा बढी परिमाणको खैरो हेरोइनसहित दुई पक्राउ
हिमपात र वर्षाका कारण पर्यटकहरूलाई उद्धार, ‘हिडन भ्याली’ र आधार शिविरमा समस्या समाधान
हिमपात र वर्षाका कारण पर्यटकहरूलाई उद्धार, ‘हिडन भ्याली’ र आधार शिविरमा समस्या समाधान
जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि पुनः सञ्चालनमा, जेनजी प्रदर्शनपछि क्षतिग्रस्त भवन मर्मतपछि सुरु
जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि पुनः सञ्चालनमा, जेनजी प्रदर्शनपछि क्षतिग्रस्त भवन मर्मतपछि सुरु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?