singel post top banner

डिम्ब तस्करी प्रकरण : होप फर्टिलिटीका सञ्चालकमाथि मुद्दा नचलाउनूको कारण पेश गर्न सर्वोच्चको आदेश

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, मंसिर १५, २०८२
162 Views
डिम्ब तस्करी प्रकरण : होप फर्टिलिटीका सञ्चालकमाथि मुद्दा नचलाउनूको कारण पेश गर्न सर्वोच्चको आदेश
समाचार सारांश
  • काठमाडौँ ।
  • डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय किन गरिएको हो भन्ने विषयमा सर्वोच्च अदालतले लिखित कारण पेस गर्न आदेश दिएको छ।

काठमाडौँ । डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय किन गरिएको हो भन्ने विषयमा सर्वोच्च अदालतले लिखित कारण पेस गर्न आदेश दिएको छ।

पीडित दुई बालिकाको तर्फबाट अधिवक्ता अंकिता त्रिपाठीले दायर गरेको रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आदेश जारी गरेको हो। अदालतले अवैध रूपमा डिम्ब संकलन गर्ने व्यक्तिहरूविरुद्ध मुद्दा किन नचलाइएको हो भन्ने बारे विपक्षीहरू— महान्यायाधिवक्ता कार्यालय, काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय, उच्च सरकारी वकिलको कार्यालय (पाटन) र केन्द्रीय अनुसन्धान ब्युरो (CIB)—लाई कारणसहितको लिखित जवाफ बुझाउन भनेको छ।

रिटमा महान्यायाधिवक्ता कार्यालयले गरेको अभियोजन नगर्ने निर्णय बदर गरी प्रतिवादीहरूमाथि शरीर बन्धक, बालबालिकासम्बन्धी कसुर, जबरजस्ती करणीसहित अन्य आपराधिक गतिविधि सम्बन्धी मुद्दा दर्ता गरी छिटोभन्दा छिटो अभियोगपत्र दायर गर्न माग गरिएको छ।

यसअघि दुई पीडित बालिकाले आफूहरूलाई आर्थिक प्रलोभन र झुक्यानमा पारी बलपूर्वक डिम्ब संकलन गरी बिक्री गरेको आरोप लगाउँदै CIB मा उजुरी दर्ता गराएका थिए। उनिहरूले होप फर्टिलिटी डाइग्नोस्टिक प्रालिका सञ्चालक तथा शेयरधारकहरूमाथि गम्भीर आरोप लगाएका थिए, जसमा महान्यायाधिवक्ता सविता भण्डारीको समेत सेयर रहेको उल्लेख गरिएको छ।

अवैध रूपमा किशोरीहरूबाट डिम्ब संकलन गरी निःसन्तान दम्पतीलाई बेचबिखन गरिएको आशंकामा प्रहरीले बबरमहलस्थित होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र महाराजगञ्जस्थित एन्जेल फर्टिलिटी क्लिनिक विरुद्ध अनुसन्धान अघि बढाएको थियो।

सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने तयारी गरिरहेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयले अचानक मुद्दा नचलाउने निर्णय गरेपछि CIB ले फाइल बन्द गरेको थियो। अब सर्वोच्च अदालतको आदेशपछि यो प्रकरण पुनः कानुनी तवरबाट अघि बढ्ने संकेत देखिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गणेश नेपालीको मृत्युबारे उच्चस्तरीय छानबिन समिगणेशति गठन गर्न स्वतन्त्र चालक फाउन्डेसनको माग
प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारी फिर्ताका लागि आज अपराह्नसम्म अन्तिम मौका
प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारी फिर्ताका लागि आज अपराह्नसम्म अन्तिम मौका
स्पेनमा रेल दुर्घटना: २१ को मृत्यु, दर्जनौं घाइते
स्पेनमा रेल दुर्घटना: २१ को मृत्यु, दर्जनौं घाइते
नेकपाका युवा नेता माधव सापकोटाले सिन्धुपाल्चोक–१ बाट पाए टिकट
नेकपाका युवा नेता माधव सापकोटाले सिन्धुपाल्चोक–१ बाट पाए टिकट
अमेरिकी नौसेनाका विमान र हेलिकोप्टर दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त, चार वटा विमान गुमाउने क्रम जारी
अमेरिकी नौसेनाका विमान र हेलिकोप्टर दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त, चार वटा विमान गुमाउने क्रम जारी
ग्रीसको क्रिट टापुमा डुङ्गामा खचाखच भरिएका ५४० आप्रवासीको उद्धार
ग्रीसको क्रिट टापुमा डुङ्गामा खचाखच भरिएका ५४० आप्रवासीको उद्धार
काठमाडौं–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध, बाढीले यातायात ठप्प
काठमाडौं–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध, बाढीले यातायात ठप्प
नुवाकोटमा बाल सुधार केन्द्र स्थापना: सुरक्षित र मानव अधिकारपूर्ण सुधारात्मक कार्यक्रमको शुरुआत
नुवाकोटमा बाल सुधार केन्द्र स्थापना: सुरक्षित र मानव अधिकारपूर्ण सुधारात्मक कार्यक्रमको शुरुआत
डेडिकेटेड फिडर विवाद : दोस्रो किस्ता असुलीमा विद्युत् प्राधिकरण कडा
डेडिकेटेड फिडर विवाद : दोस्रो किस्ता असुलीमा विद्युत् प्राधिकरण कडा
च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?