singel post top banner

प्रधानमन्त्री वालेन्द्र शाहको मानव बेचबिखन विरुद्ध संयुक्त अभियानमा सबैको सहकार्य आवश्यक

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, भाद्र २०, २०८३
54 Views
प्रधानमन्त्री वालेन्द्र शाहको मानव बेचबिखन विरुद्ध संयुक्त अभियानमा सबैको सहकार्य आवश्यक
समाचार सारांश
  • काठमाडौं ।
  • प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन र ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन र ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनले मानव बेचबिखनलाई मानव सभ्यताकै कलंकका रूपमा देखाउँदै, यसलाई रोक्न र नियन्त्रण गर्न सरकारले गरेको प्रतिबद्धता र प्रयासहरूलाई जोड दिएका छन्।

शनिबार आयोजित मानव बेचबिखनविरुद्धको २० औं राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री शाहले भने, “मानव बेचबिखन र ओसारपसार जस्ता जघन्य अपराधहरू विश्वभर फैलिरहेको छ। प्रविधिको सही प्रयोग र सजगता अपनाएर मात्र हामी यसलाई रोक्न सक्छौं।” उनले वर्तमान समयमा प्रविधिको विकाससँगै मानव बेचबिखनको प्रवृत्ति, प्रकृति र गन्तव्यमा परिवर्तन आएको उल्लेख गरे।

प्रधानमन्त्री शाहले सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार नीतिगत तथा संस्थागत सुधारहरू गर्दै आएको पनि बताए। उनले थपे, “तीनवटै तहका सरकार र सम्बन्धित सबै सरोकारवालाको सहकार्य र समन्वयमा मानव बेचबिखन विरुद्ध विभिन्न पहलहरू भइरहेका छन्।” यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारको साथसाथै गैरसरकारी संस्था, विकास साझेदार र अन्तर्राष्ट्रिय संगठनहरूको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे।

उनले भनाइ राखे, “हाम्रो साझा प्रयास र एकता नै मानव बेचबिखनमुक्त समाजको निर्माण गर्न मद्दत गर्नेछ।” प्रधानमन्त्री शाहले मानव बेचबिखन विरुद्धको अभियानमा निरन्तर सहयोग र सहकार्य गर्न सबैमा आग्रह गरे र यसलाई सफल बनाउन सरकारको प्रतिबद्धता र जनसहभागिता आवश्यक रहेको बताए।

यस दिवसको मुख्य नाराः “प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माण” अन्तर्गत मानव बेचबिखनविरुद्धको यो अभियान अझ व्यापक र प्रभावकारी बनाउने कुरामा सरकार र सबै सरोकारवालाको जोड रहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सिन्धुलीको हायुटारस्थित नेपाल एसबीआई बैंकमा करिब ३ करोडको लुटपाट
सिन्धुलीको हायुटारस्थित नेपाल एसबीआई बैंकमा करिब ३ करोडको लुटपाट
सरकारको नयाँ कार्यसूची: प्रभावकारी बजार नियमन र अनिवार्य एमआरपी लागू गर्न जोड
सरकारको नयाँ कार्यसूची: प्रभावकारी बजार नियमन र अनिवार्य एमआरपी लागू गर्न जोड
महिला टी-२० विश्वकप ग्लोबल छनोट; स्कटल्यान्डविरुद्ध नेपाल क्रिकेट टोलीको हार
महिला टी-२० विश्वकप ग्लोबल छनोट; स्कटल्यान्डविरुद्ध नेपाल क्रिकेट टोलीको हार
सरकारको निर्णय: हप्ताको दुई दिन सरकारी बिदा, चैतदेखि लागू हुने
सरकारको निर्णय: हप्ताको दुई दिन सरकारी बिदा, चैतदेखि लागू हुने
रुकुमपूर्वमा भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रुहरू अलपत्र
रुकुमपूर्वमा भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रुहरू अलपत्र
महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा नेपाल र भारतको संयुक्त रूपमा छठको साझा घाट
महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा नेपाल र भारतको संयुक्त रूपमा छठको साझा घाट
बालेन्द्र शाह मधेश यात्रामा, सिरहाबाट धनुषासम्मको यात्रा
बालेन्द्र शाह मधेश यात्रामा, सिरहाबाट धनुषासम्मको यात्रा
अख्तियारद्वारा सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
अख्तियारद्वारा सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षा कोषमा १ अर्ब २० करोडको रकम लगानी गर्ने
नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षा कोषमा १ अर्ब २० करोडको रकम लगानी गर्ने
उदयपुरमा मादक पदार्थ सेवन गरी आफ्नै पत्नीको धारिलो हतियारले हत्या
उदयपुरमा मादक पदार्थ सेवन गरी आफ्नै पत्नीको धारिलो हतियारले हत्या
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?