singel post top banner

गोलबजार घटना – छानबिनमा गृहमन्त्रालयको उच्चस्तरीय समिति सक्रिय

belwo post title ad banner
महेश सिंह महेश सिंह
मंगलबार, श्रावण १९, २०८३
89 Views
गोलबजार घटना – छानबिनमा गृहमन्त्रालयको उच्चस्तरीय समिति सक्रिय
समाचार सारांश
  • सिरहा ।
  • सिरहाको सुनसरीको कप्तानगञ्ज घटनापछि भड्किएको तनावको ठूलो प्रभाव सिरहाको गोलबजारमा परेको छ।

सिरहा । सिरहाको सुनसरीको कप्तानगञ्ज घटनापछि भड्किएको तनावको ठूलो प्रभाव सिरहाको गोलबजारमा परेको छ। घटनाको जाँचका लागि गृहमन्त्रालयले सहसचिव पुष्पराज शाहीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ। समितिले घटनास्थलको अवलोकन, आवश्यक तथ्याङ्क संकलन र सरोकारवालासँग छलफल गरी छानबिन प्रक्रिया अघि बढाएको हो।

गोलबजारमा भएको घटनापछि प्रहरीको गोली लागी सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। यस घटनाको छानबिनका लागि समितिले सोमबार घटनास्थलको अनुगमन गरेको थियो। त्यसपछि मंगलबार बिहान गोलबजार नगरपालिकामा सर्वदलीय बैठक बसेर घटनाको जानकारी लिइएको छ।

यसैगरी, दोस्रो चरणमा उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहसहितका व्यवसायीहरूसँग बैठक गरी आन्दोलनका क्रममा भएको क्षति, घटनाको पृष्ठभूमि र व्यवसायीका गुनासाबारे जानकारी संकलन गरिएको छ। तेस्रो चरणमा मुस्लिम समुदायका प्रतिनिधिहरूसँग छुट्टै बैठक गरी घटना, यसको कारण र सामाजिक सद्भाव कायम राख्ने उपायबारे छलफल भएको प्रमुख श्यामकुमार श्रेष्ठले बताए।

समितिका संयोजक सहसचिव शाहीले भन्नुभएको छ, “सुनसरीबाट सुरु भएको घटनाको प्रभाव कसरी सिरहासम्म फैलियो? आन्दोलनका क्रममा गोली चल्नुपर्ने अवस्था किन आयो? र, गणेश यादवको मृत्यु कसरी भयो?” यी विषयहरूलाई केन्द्रमा राखेर छानबिन भइरहेको छ। उनले थपे, “प्रथम प्राथमिकता घटनाको सत्यता उजागर गरी सम्पूर्ण पृष्ठभूमि अध्ययन गरेर प्रतिवेदन गृहमन्त्रालयमा पेस गरिनेछ।”

यसैबीच, व्यवसायीको भौतिक संरचना र सम्पत्तिमा भएको क्षतिको विवरण स्थानीय प्रशासन र जिल्ला प्रशासन कार्यालयले संकलन गरिरहेको छ। गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष विजय साहले भने, “व्यवसायीलाई सुरक्षित वातावरण सिर्जना गर्दै पुरानै अवस्थामा फर्काउने जिम्मेवारी राज्यको हो। दोषी जोसुकै भए पनि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्छ।”

गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठले भने, “गोलीकाण्डसँगै आन्दोलनका क्रममा भएको व्यवसायीको क्षतिलाई पनि छुट्टै छानबिन गर्नुपर्छ र राज्यले उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ।”

गृहमन्त्री सुधन गुरुङले भने, मृतक गणेश यादवको घर पुगेर परिवारसँग सहमति जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाही गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। यस घटनाले सिर्जित तनाव र सामाजिक सद्भाव कायम राख्नका लागि छानबिन र क्षतिपूर्ति प्रक्रिया चाँडो अघि बढाउने सरकारको लक्ष्य रहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

स्विट्जरल्याण्डले नेपाललाई उच्च प्रविधियुक्त ड्रोन उपहार, सुरुङ खोजी र उद्धारमा सहायता पुग्ने
स्विट्जरल्याण्डले नेपाललाई उच्च प्रविधियुक्त ड्रोन उपहार, सुरुङ खोजी र उद्धारमा सहायता पुग्ने
प्रधानमन्त्री कार्कीलाई भेट्न भएका जेनजी युवाहरू सिंहदरबारमै आक्रोशित, भेट नपाएपछि तनावपूर्ण अवस्था
प्रधानमन्त्री कार्कीलाई भेट्न भएका जेनजी युवाहरू सिंहदरबारमै आक्रोशित, भेट नपाएपछि तनावपूर्ण अवस्था
काठमाडौँ महानगरपालिकामा भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित, सात जना विरुद्ध मुद्दा
काठमाडौँ महानगरपालिकामा भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित, सात जना विरुद्ध मुद्दा
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
कीर्तिपुरबाट करोडौंको आर्थिक कारोबारमा संलग्न आरोपित पक्राउ
कीर्तिपुरबाट करोडौंको आर्थिक कारोबारमा संलग्न आरोपित पक्राउ
हेटौँडामा ट्रक दुर्घटना: सडक पूर्णरूपमा अवरुद्ध, प्रहरीको उद्धार कार्य जारी
हेटौँडामा ट्रक दुर्घटना: सडक पूर्णरूपमा अवरुद्ध, प्रहरीको उद्धार कार्य जारी
अग्रगामी मोर्चाको संगठन क्षेत्रदेखि वडासम्म विस्तार गरिने
अग्रगामी मोर्चाको संगठन क्षेत्रदेखि वडासम्म विस्तार गरिने
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
बलूचिस्तानमा एकसाथ भएको आतंककारी आक्रमण: २५० भन्दा बढीको मृत्यु
बलूचिस्तानमा एकसाथ भएको आतंककारी आक्रमण: २५० भन्दा बढीको मृत्यु
दार्चुलामा फरार महिला र पुरुष करणी मुद्दामा ९ वर्षपछि पक्राउ
दार्चुलामा फरार महिला र पुरुष करणी मुद्दामा ९ वर्षपछि पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?