singel post top banner

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आषाढ ४, २०८३
103 Views
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
समाचार सारांश
  • काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्।
  • उनले केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। उनले केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। मन्त्री खनाल गत ३१ जेठमा चीनका विदेशमन्त्री वाङ यीको निम्तामा चीन भ्रमणमा गएका थिए।

चीनको बेइजिङमा परराष्ट्रमन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। यस क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन सम्बन्धका सबै पक्षहरूमा गहन र उपलब्धिमूलक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएकै छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच सहमति भएको छ।”

द्विपक्षीय वार्ताका क्रममा पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि र डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध जस्ता विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको छ।

नेपाल र चीनबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले भएको यो भ्रमणले दुवै देशका बीचको मित्रता र सहयोगलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौँ: प्रहरी र सशस्त्र प्रहरीबाट लुटिएका ७१८ थान हतियार फिर्ता, सुरक्षा निकायहरूले खोजीकार्य तीव्र बनाएका छन्
काठमाडौँ: प्रहरी र सशस्त्र प्रहरीबाट लुटिएका ७१८ थान हतियार फिर्ता, सुरक्षा निकायहरूले खोजीकार्य तीव्र बनाएका छन्
प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी, खर्च कटौती र सुशासन मुख्य प्राथमिकता
प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी, खर्च कटौती र सुशासन मुख्य प्राथमिकता
बाँकेको नौबस्ता कारागारबाट फरार १४७ कैदीमध्ये अझै ९३ जना सम्पर्कमा छैनन्
बाँकेको नौबस्ता कारागारबाट फरार १४७ कैदीमध्ये अझै ९३ जना सम्पर्कमा छैनन्
सुर्खेतमा अचेत अवस्थामा परेका व्यक्तिको मृत्यु, शङ्कास्पद विषयमा अनुसन्धान सुरु
सुर्खेतमा अचेत अवस्थामा परेका व्यक्तिको मृत्यु, शङ्कास्पद विषयमा अनुसन्धान सुरु
काठमाडौँ महानगरपालिकामा भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित, सात जना विरुद्ध मुद्दा
काठमाडौँ महानगरपालिकामा भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित, सात जना विरुद्ध मुद्दा
म्याग्दीको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजना सफलतापूर्वक केन्द्रीय लाइनमा जोडियो
म्याग्दीको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजना सफलतापूर्वक केन्द्रीय लाइनमा जोडियो
बलूचिस्तानमा एकसाथ भएको आतंककारी आक्रमण: २५० भन्दा बढीको मृत्यु
बलूचिस्तानमा एकसाथ भएको आतंककारी आक्रमण: २५० भन्दा बढीको मृत्यु
महोत्तरीसहित नेपालको जलस्रोत संकट गहिरिंदै, चुनावी प्रचारप्रसार प्रभावित
महोत्तरीसहित नेपालको जलस्रोत संकट गहिरिंदै, चुनावी प्रचारप्रसार प्रभावित
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
मलेसियामा डुङ्गा दुर्घटना: मृतक संख्या २१ पुग्यो, बेपत्ताको खोजी जारी
मलेसियामा डुङ्गा दुर्घटना: मृतक संख्या २१ पुग्यो, बेपत्ताको खोजी जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?