singel post top banner

एमालेले प्रतिनिधि सभा बैठकमा ओली पक्राउको विरोध गर्ने, सडक आन्दोलनलाई जारी राख्ने घोषणा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, चैत्र १७, २०८२
153 Views
एमालेले प्रतिनिधि सभा बैठकमा ओली पक्राउको विरोध गर्ने, सडक आन्दोलनलाई जारी राख्ने घोषणा
समाचार सारांश
  • काठमाडौँ — नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयलाई आगामी प्रतिनिधि सभा बैठकमा राख्ने निर्णय गरेको छ।
  • एमालेको मंगलबार बसेको सचिवालय बैठकले संसदमा ओली पक्राउको विरोध गर्दै यसलाई विषयवस्तु बनाउने जनाएको हो।

काठमाडौँ — नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयलाई आगामी प्रतिनिधि सभा बैठकमा राख्ने निर्णय गरेको छ। एमालेको मंगलबार बसेको सचिवालय बैठकले संसदमा ओली पक्राउको विरोध गर्दै यसलाई विषयवस्तु बनाउने जनाएको हो। महासचिव शंकर पोखरेलले यसबारे जानकारी दिँदै, संघीय संसदको बैठक चैत १९ गतेका लागि बोलाइएको बताउनुभयो।

यसैगरी, एमालेले ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखको गिरफ्तारीलाई ‘असंवैधानिक, गैरकानुनी र प्रतिशोधपूर्ण’ भनेर विरोध जनाएको छ। सरकारले राजनीतिक प्रतिशोधको नीयतले यस्तो कदम चालेको भन्दै एमालेले यसलाई कानुनी र राजनीतिक रुपमा सामना गर्न तयार रहेको जनाएको हो।

सडकबाट पनि एमालेले विरोधका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीले शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गरेकोमा गम्भीर आपत्ति जनाएको छ। विशेष गरी, सुर्खेतको वीरेन्द्रनगरस्थित पार्टीको जिल्ला कार्यालयभित्रै प्रवेश गरी नेता–कार्यकर्तामाथि गरिएको आक्रमण र काठमाडौंमा भएको लाठीचार्जलाई बैठकले निन्दा गरेको छ। साथै, घाइते सम्पूर्ण नेता र कार्यकर्ताको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

सचिवालयले गरेको बैठकले सरकार गठनपछि भएको दमन र धरपकडले लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता र विधिको शासनलाई गम्भीर खतरा देखाएको निष्कर्ष निकालेको छ। महासचिव पोखरेलले भने, ‘सरकार जनादेश विपरीत मुठभेड़तर्फ अगाडि बढिरहेको छ। यो बाटो लोकतान्त्रिक प्रणालीका लागि निकै प्रत्युत्पादक हुनेछ।’ एमालेले यस प्रकारको दमनविरुद्ध सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र संघ–संगठनलाई एकजुट हुन आग्रह गरेको छ।

अन्त्यमा, एमालेले आगामी वैशाख ९ गते पर्ने नेपालको कम्युनिस्ट पार्टीको स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ। यसका लागि विभिन्न रचनात्मक कार्यक्रम, विचार गोष्ठी र अन्तरक्रियासहित कार्यक्रम आयोजना गरिने भएको छ।

यसैबीच, पार्टीले भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचन र त्यसपछिको राजनीतिक परिस्थितिको समीक्षा गर्न र पार्टीको संगठनात्मक मजबुतिकरणका लागि निकट भविष्यमै केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको जानकारी दिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मलेसियामा डुङ्गा दुर्घटना: मृतक संख्या २१ पुग्यो, बेपत्ताको खोजी जारी
मलेसियामा डुङ्गा दुर्घटना: मृतक संख्या २१ पुग्यो, बेपत्ताको खोजी जारी
दसैंका ८ दिनमा कालीमाटी बजारमा भित्रियो झन्डै २८ लाख किलो कृषि उपज
दसैंका ८ दिनमा कालीमाटी बजारमा भित्रियो झन्डै २८ लाख किलो कृषि उपज
दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन
दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन
जनकपुर चुरोट कारखानाले दाबी पेस गर्न २१ दिनको म्याद दियो
जनकपुर चुरोट कारखानाले दाबी पेस गर्न २१ दिनको म्याद दियो
बैंकिङ कसुरका फरार प्रतिवादी सन्तोष साह झापाबाट पक्राउ
बैंकिङ कसुरका फरार प्रतिवादी सन्तोष साह झापाबाट पक्राउ
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
अंशु गौतम हत्याको अनुसन्धानमा प्रगति, पीडित परिवार शव बुझ्न अस्वीकार, अपराधी पक्राउको माग
अंशु गौतम हत्याको अनुसन्धानमा प्रगति, पीडित परिवार शव बुझ्न अस्वीकार, अपराधी पक्राउको माग
सेयर बजारका लागि नयाँ बेन्चमार्क सूचक ल्याउने तयारी, कारोबारयोग्य सेयरलाई मात्र आधार बनाइने
सेयर बजारका लागि नयाँ बेन्चमार्क सूचक ल्याउने तयारी, कारोबारयोग्य सेयरलाई मात्र आधार बनाइने
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
विदेश बसाइको लागि अनुमति लिएर कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीलाई कारबाही सिफारिस
विदेश बसाइको लागि अनुमति लिएर कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीलाई कारबाही सिफारिस
singel sidbar banner
singel sidbar banner 2