singel post top banner

एमालेले प्रतिनिधि सभा बैठकमा ओली पक्राउको विरोध गर्ने, सडक आन्दोलनलाई जारी राख्ने घोषणा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, चैत्र १७, २०८२
122 Views
एमालेले प्रतिनिधि सभा बैठकमा ओली पक्राउको विरोध गर्ने, सडक आन्दोलनलाई जारी राख्ने घोषणा
समाचार सारांश
  • काठमाडौँ — नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयलाई आगामी प्रतिनिधि सभा बैठकमा राख्ने निर्णय गरेको छ।
  • एमालेको मंगलबार बसेको सचिवालय बैठकले संसदमा ओली पक्राउको विरोध गर्दै यसलाई विषयवस्तु बनाउने जनाएको हो।

काठमाडौँ — नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयलाई आगामी प्रतिनिधि सभा बैठकमा राख्ने निर्णय गरेको छ। एमालेको मंगलबार बसेको सचिवालय बैठकले संसदमा ओली पक्राउको विरोध गर्दै यसलाई विषयवस्तु बनाउने जनाएको हो। महासचिव शंकर पोखरेलले यसबारे जानकारी दिँदै, संघीय संसदको बैठक चैत १९ गतेका लागि बोलाइएको बताउनुभयो।

यसैगरी, एमालेले ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखको गिरफ्तारीलाई ‘असंवैधानिक, गैरकानुनी र प्रतिशोधपूर्ण’ भनेर विरोध जनाएको छ। सरकारले राजनीतिक प्रतिशोधको नीयतले यस्तो कदम चालेको भन्दै एमालेले यसलाई कानुनी र राजनीतिक रुपमा सामना गर्न तयार रहेको जनाएको हो।

सडकबाट पनि एमालेले विरोधका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीले शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गरेकोमा गम्भीर आपत्ति जनाएको छ। विशेष गरी, सुर्खेतको वीरेन्द्रनगरस्थित पार्टीको जिल्ला कार्यालयभित्रै प्रवेश गरी नेता–कार्यकर्तामाथि गरिएको आक्रमण र काठमाडौंमा भएको लाठीचार्जलाई बैठकले निन्दा गरेको छ। साथै, घाइते सम्पूर्ण नेता र कार्यकर्ताको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

सचिवालयले गरेको बैठकले सरकार गठनपछि भएको दमन र धरपकडले लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता र विधिको शासनलाई गम्भीर खतरा देखाएको निष्कर्ष निकालेको छ। महासचिव पोखरेलले भने, ‘सरकार जनादेश विपरीत मुठभेड़तर्फ अगाडि बढिरहेको छ। यो बाटो लोकतान्त्रिक प्रणालीका लागि निकै प्रत्युत्पादक हुनेछ।’ एमालेले यस प्रकारको दमनविरुद्ध सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र संघ–संगठनलाई एकजुट हुन आग्रह गरेको छ।

अन्त्यमा, एमालेले आगामी वैशाख ९ गते पर्ने नेपालको कम्युनिस्ट पार्टीको स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ। यसका लागि विभिन्न रचनात्मक कार्यक्रम, विचार गोष्ठी र अन्तरक्रियासहित कार्यक्रम आयोजना गरिने भएको छ।

यसैबीच, पार्टीले भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचन र त्यसपछिको राजनीतिक परिस्थितिको समीक्षा गर्न र पार्टीको संगठनात्मक मजबुतिकरणका लागि निकट भविष्यमै केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको जानकारी दिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपालको वाम राजनीति: ध्रुवीकरण, एकता र परिवर्तनको नयाँ युग
नेपालको वाम राजनीति: ध्रुवीकरण, एकता र परिवर्तनको नयाँ युग
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
नेपाल प्रिमियर लिग “एनपीएल” मा सट्टेबाजीको आरोपमा दुई जना पक्राउ
नेपाल प्रिमियर लिग “एनपीएल” मा सट्टेबाजीको आरोपमा दुई जना पक्राउ
किष्ट अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप, आफन्तको प्रदर्शन र तोडफोड
किष्ट अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप, आफन्तको प्रदर्शन र तोडफोड
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खोला किनारमा ४० वर्षीया महिलाको शव भेटिए
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खोला किनारमा ४० वर्षीया महिलाको शव भेटिए
प्रधानमन्त्री कार्कीलाई भेट्न भएका जेनजी युवाहरू सिंहदरबारमै आक्रोशित, भेट नपाएपछि तनावपूर्ण अवस्था
प्रधानमन्त्री कार्कीलाई भेट्न भएका जेनजी युवाहरू सिंहदरबारमै आक्रोशित, भेट नपाएपछि तनावपूर्ण अवस्था
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
सर्वोच्च अदालतको आदेश: सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई परमादेश
सर्वोच्च अदालतको आदेश: सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई परमादेश
उद्योगी व्यवसायीले सुरक्षाको ग्यारेन्टी र प्रवर्द्धनको माग गर्दै नेपाल उद्योग महासंघको चितवन सभा
उद्योगी व्यवसायीले सुरक्षाको ग्यारेन्टी र प्रवर्द्धनको माग गर्दै नेपाल उद्योग महासंघको चितवन सभा
राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेटमै स्थगित, माघ ९ मा पुनः बस्ने
राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेटमै स्थगित, माघ ९ मा पुनः बस्ने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?