रौतहट नगरपालिका ३ का सडक किनारामा शंकास्पद वस्तु फेला
- रौतहट — रौतहटको राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला परेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।
- वडा नं ३ मा रहेको ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको शंकास्पद वस्तु देखेपछि स्थानीयले तुरुन्त प्रहरीलाई खबर गरेका थिए।
रौतहट — रौतहटको राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला परेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। वडा नं ३ मा रहेको ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको शंकास्पद वस्तु देखेपछि स्थानीयले तुरुन्त प्रहरीलाई खबर गरेका थिए।
प्रहरीलाई खबर प्राप्त भएपछि सुरक्षा बलको टोली घटनास्थलमा पुगेको हो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गौर पुरेनवास्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोलीलाई परिचालन गरिएको छ। नेपाली सेनाको उक्त टोलीले शंकास्पद वस्तुको प्रकृति पहिचान गर्न र आवश्यक प्रक्रिया पुरा गरी सुरक्षित रूपमा विस्फोट गर्न तयारी गरिरहेको जनाएको छ।
घटनास्थल वरपरको सर्वसाधारणको आवतजावत रोकिएको छ भने सुरक्षा घेरा कडा पारिएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भने, “सुरक्षा कारणले गर्दा घटनास्थल वरपरको अवस्था नियन्त्रणमा छ र आवश्यक सतर्कता अपनाइन्छ।”
यस घटनाले स्थानीयमा सुरक्षा चासो र त्रास बढाएको छ। प्रहरी र सेना संयोजनले यस प्रकारका गतिविधिहरूलाई निरन्तर अनुगमन गरी सुरक्षा सुनिश्चित गर्दै आएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






