singel post top banner

प्रधानमन्त्री कार्कीले लोकतन्त्रको संरक्षण र विकासका लागि सरकारको प्रतिबद्धता व्यक्त

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, फाल्गुन ७, २०८२
196 Views
प्रधानमन्त्री कार्कीले लोकतन्त्रको संरक्षण र विकासका लागि सरकारको प्रतिबद्धता व्यक्त
समाचार सारांश
  • काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गरी मुलुकमा दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको शुरुवात गर्न सरकारले सम्पूर्ण तागत लगाएको बताउनुभएको छ।
  • राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गरी मुलुकमा दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको शुरुवात गर्न सरकारले सम्पूर्ण तागत लगाएको बताउनुभएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कार्कीले सबल लोकतन्त्रले असन्तोषलाई दमन नगर्ने र त्यसलाई सुधारको अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “प्रजातन्त्रलाई अब शासकीय स्वरूपमा आएको प्राविधिक परिवर्तनका रूपमा मात्र होइन, यो एउटा जीवनशैली हो। यो इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रता देखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा झल्कनुपर्छ।”

उहाँले लोकतन्त्र केवल प्रक्रिया मात्र नभएको उल्लेख गर्दै यसले नतिजा दिनु पर्नेमा जोड दिनुभयो। “विधिको शासन आवश्यक छ, तर प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, haiरानी र प्रताडना दिनु पनि लोकतन्त्रको अभ्यास होइन। यो त बेथिति हो,” उहाँले भन्नुभयो।

प्रधानमन्त्रीले वर्तमान सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको र सुशासन, पारदर्शिता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्नका लागि प्रयासरत रहेको स्पष्ट पार्नुभयो।

प्रजातन्त्र दिवसले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरित गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “राष्ट्र सबै नागरिकका लागि समान अवसर र सम्मानको साझा घर बन्नुपर्छ। हाम्रो लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालीमुहाली र दण्डहीनता नै हो। ठूलो युवा पंक्ति पलायन भएर हाम्रा गाउँहरू खाली हुनुको मुख्य कारण पनि यही नै हो।”

यस अवसरमा प्रधानमन्त्रीले लोकतन्त्रको संरक्षण र प्रवर्द्धनका लागि सरकारको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जनकपुरधाममा परिवर्तन उदघोष सभा आज सम्बोधन गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जनकपुरधाममा परिवर्तन उदघोष सभा आज सम्बोधन गर्दै
मौसमका कारण नेपालका हवाई उडानहरू प्रभावित, चक्रवात ‘मोन्था’को असरले वर्षा र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समस्या
मौसमका कारण नेपालका हवाई उडानहरू प्रभावित, चक्रवात ‘मोन्था’को असरले वर्षा र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समस्या
आत्मदाहको प्रयासपछि मृत्यु भएका पुरुषको परिचय खुल्यो – कारण अझै अनुत्तरित
आत्मदाहको प्रयासपछि मृत्यु भएका पुरुषको परिचय खुल्यो – कारण अझै अनुत्तरित
नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन बन्द, बिरामी भारत धाउन बाध्य
नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन बन्द, बिरामी भारत धाउन बाध्य
महोत्तरी हलखोरी बजारमा भीषण आगलागी, पसल र सामग्रीमा ठूलो क्षति
महोत्तरी हलखोरी बजारमा भीषण आगलागी, पसल र सामग्रीमा ठूलो क्षति
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
सरकारी कार्यालयको नयाँ समय तालिका: बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन
सरकारी कार्यालयको नयाँ समय तालिका: बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?