singel post top banner

केपी ओली झापामा घर–घर पुग्दै, निर्वाचन अभियानलाई तीव्रता दिएपछि सक्रियता बढाउँदै

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, फाल्गुन ३, २०८२
48 Views
केपी ओली झापामा घर–घर पुग्दै, निर्वाचन अभियानलाई तीव्रता दिएपछि सक्रियता बढाउँदै
समाचार सारांश
  • दमक ।
  • निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा थप सक्रिय हुँदैछन्।

दमक । निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा थप सक्रिय हुँदैछन्। यस पटक ओलीले अघिल्ला निर्वाचनहरूमा भन्दा थप घर–घर पुग्ने र मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने अभियान थालेका छन्।

अघिल्लो पटक मात्र सीमित आमसभामा देखिने ओली अहिले भने आफ्नै निर्वाचन क्षेत्रमा व्यापक जनसंपर्क कार्यक्रम सञ्चालन गरिरहेका छन्। पछिल्लो केही हप्तामा बढ्दो राजनीतिक दबाब र आफ्नो क्षेत्रमा देखिएका चुनौतीहरूलाई मध्यनजर गर्दै उनले आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएका हुन्।

गत माघ २३ गते झापामा आएर ७ दिनमा करिब ८० वटा गाउँ परिभ्रमण गरेका ओली फेरि आज पुनः झापामा आउन लागेका छन्। बिहान १० बजेर २० मिनेटमा काठमाडौंबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा प्रवेश गर्ने तयारीमा छन्।

उनको आजको कार्यक्रम अनुसार ओलीले शिक्षक भेलामा, धिमाल जातिको भेलामा र मुस्लिम समुदायका नागरिकहरूसँग भेटघाट गर्नेछन्। त्यसपछि उनले अस्थायी निवासमा स्थानीय कार्यकर्ता र नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।

एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमान्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै रहनेछन्। यस अवधिमा उनी विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम संचालन गर्ने योजना बनाइएका छन्। हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रम आयोजना हुने गरी रुट तय गरिएको छ।

दमकका अध्यक्ष राम पौडेलका अनुसार सोमबार बिहान ११ बजे दमक–५ को यलम्बर चोक, ११:५० मा दमक–६ को शंखधर चोक, दिउँसो १ बजे दमक–७ को तबिन चोक, २ बजे दमक–१ को हल्दार चोक, ३ बजे दमक–३ को गजकाली मन्दिर र ४ बजे दमक–३ का आमचोकमा ओलीले जनसंपर्क कार्यक्रम सञ्चालन गर्नेछन्।

यी सबै कार्यक्रममा ओलीले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्न सक्ने वातावरण मिलाएका छन्, जसले आगामी चुनावी माहोललाई अझ प्रबल बनाउने विश्वास पार्टी नेताहरूमाझ व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
लागुऔषध सेवनकर्ताको आक्रमण, प्रहरी सहायक निरीक्षक घाइते, दुई पक्राउ
लागुऔषध सेवनकर्ताको आक्रमण, प्रहरी सहायक निरीक्षक घाइते, दुई पक्राउ
प्रहरी हिरासतमा रहेकामा युवकको मृत्यु: काभ्रे मंगलटार प्रहरी कार्यालयमा झुन्डिएको अवस्थामा मृत भेटिए
प्रहरी हिरासतमा रहेकामा युवकको मृत्यु: काभ्रे मंगलटार प्रहरी कार्यालयमा झुन्डिएको अवस्थामा मृत भेटिए
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु
मधेस प्रदेशमा सरकार विस्तारमा ढिलाई, मन्त्रिमण्डल पूर्णता पाउन बाँकी
मधेस प्रदेशमा सरकार विस्तारमा ढिलाई, मन्त्रिमण्डल पूर्णता पाउन बाँकी
टर्कीको सैन्य कार्गो विमान जर्जियाको सीमामा दुर्घटना, सबै २० जना कर्मचारीको मृत्यु
टर्कीको सैन्य कार्गो विमान जर्जियाको सीमामा दुर्घटना, सबै २० जना कर्मचारीको मृत्यु
सप्तरी निर्वाचन क्षेत्र ४: स्थानीय मुद्दा र विश्वासको संघर्ष, चुनावी परिदृश्यमा नयाँ मोड
सप्तरी निर्वाचन क्षेत्र ४: स्थानीय मुद्दा र विश्वासको संघर्ष, चुनावी परिदृश्यमा नयाँ मोड
जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी, वर्षा र हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी, वर्षा र हिमपातको सम्भावना
म्याग्दीमा २२.५ मेगावाट माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्न
म्याग्दीमा २२.५ मेगावाट माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्न
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?