singel post top banner

निपाह भाइरसको खतराका बीच सचेतता र तयारी: स्वास्थ्य मन्त्रालयको स्पष्ट निर्देशन

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, माघ २०, २०८२
189 Views
निपाह भाइरसको खतराका बीच सचेतता र तयारी: स्वास्थ्य मन्त्रालयको स्पष्ट निर्देशन
समाचार सारांश
  • काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण प्रतिबद्धता व्यक्त गर्दै निपाह भाइरसको जोखिम सम्बन्धि सचेतता र तयारीका कदमहरूलाई प्रभावकारी बनाएको छ।
  • मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनद्वारा गरिएको मूल्याङ्कन अनुसार विश्वव्यापी र दक्षिणपूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जोखिम न्यून रहेको उल्लेख गरे पनि छिमेकी मुलुकहरूमा देखिएका घटनालाई मध्यनजर गरी थप सतर्कता अपनाइएको हो।

काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण प्रतिबद्धता व्यक्त गर्दै निपाह भाइरसको जोखिम सम्बन्धि सचेतता र तयारीका कदमहरूलाई प्रभावकारी बनाएको छ। मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनद्वारा गरिएको मूल्याङ्कन अनुसार विश्वव्यापी र दक्षिणपूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जोखिम न्यून रहेको उल्लेख गरे पनि छिमेकी मुलुकहरूमा देखिएका घटनालाई मध्यनजर गरी थप सतर्कता अपनाइएको हो।

मन्त्रालयको इपिडिमियोलोजी र रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य संस्था र निकायहरूलाई आवश्यक सचेत गराउँदै तयारीका कदमहरूलाई थप कडाइका साथ अघि बढाएको जानकारी दिएको छ। निपाह भाइरस संक्रमणका झलकहरू देखिएमा तुरुन्तै आइसोलेसन र रिपोर्टिङ गर्न निर्देशन दिइएको छ। विशेष गरी, चमेरो, सुँगुर, तथा संक्रमित व्यक्तिको रगत, थुक, पिसाबबाट संक्रमण हुनसक्ने भएकाले जनतालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

मन्त्रालयले भनेको छ, “फलफूल राम्ररी धुनु, तरकारी राम्रोसँग पकाउनु, सफा पानी उमालेर पिउनु, जनावरको गोठ सफा राख्नु, मासु काट्दा मास्क र पत्रा प्रयोग गर्नु, साबुन पानीले हात धुनु र भिडभाडमा जाँदा मास्क लगाउनु अनिवार्य छ।” साथै, ज्वरो, टाउको दुख्ने, कमजोर महसुस, खोकी, सास फेर्न गाहो हुने जस्ता लक्षण देखा परेमा तुरुन्तै स्वास्थ्य संस्था सम्पर्क गर्न र रिपोर्ट गर्न आग्रह गरिएको छ।

मन्त्रालयले हालसम्म नेपालमा निपाह भाइरसको कुनै पुष्टि भएको छैन र जोखिम न्यूनिकरणका लागि सम्पूर्ण तयारी गरिएकाे जनाएको छ। साथै, राष्ट्रिय तथा अन्तरराष्ट्रिय साझेदारहरू सँग निरन्तर समन्वय र अनुगमन भइरहेको छ। अफवाहहरूबाट बच्न र आधिकारिक सूचनामात्रमात्र विश्वास गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ।

यसरी, नेपालले निपाह भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक सबै सावधानी अपनाउँदै आएको छ, र नागरिकहरूलाई जिम्मेवार भएर स्वास्थ्य सतर्कता अपनाउन सुझाव दिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै बाधा नहोस्, आन्तरिक स्वायत्ततामा हस्तक्षेप नगर्ने
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै बाधा नहोस्, आन्तरिक स्वायत्ततामा हस्तक्षेप नगर्ने
अमेरिकाको ह्वाइट हाउसले ट्रम्प टिभी लन्च गरे, २४ घण्टा ट्रम्प सम्बन्धित सामग्री प्रसारण
अमेरिकाको ह्वाइट हाउसले ट्रम्प टिभी लन्च गरे, २४ घण्टा ट्रम्प सम्बन्धित सामग्री प्रसारण
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
तनहुँ जलविद्युत् आयोजना: मुख्य बाँधको निर्माण ६२ प्रतिशत सम्पन्न
तनहुँ जलविद्युत् आयोजना: मुख्य बाँधको निर्माण ६२ प्रतिशत सम्पन्न
अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले हसिनालाई मृत्युदण्डको फैसला सुनाउँदै मानवता विरुद्ध अपराध गरेको ठहर
अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले हसिनालाई मृत्युदण्डको फैसला सुनाउँदै मानवता विरुद्ध अपराध गरेको ठहर
नेपाली कांग्रेसले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोक्यो
नेपाली कांग्रेसले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोक्यो
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
बलियो दलले मात्रै लोकतन्त्रलाई सबल बनाउन सक्छ; एमाले महासचिव पोखरेल
बलियो दलले मात्रै लोकतन्त्रलाई सबल बनाउन सक्छ; एमाले महासचिव पोखरेल
गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी पर्वतारोहीको शव भेटियो
गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी पर्वतारोहीको शव भेटियो
सशस्त्र प्रहरीको गस्तीले लाखौं मूल्यको अवैध भारतीय कपडा र तीन मोटरसाइकल बरामद
सशस्त्र प्रहरीको गस्तीले लाखौं मूल्यको अवैध भारतीय कपडा र तीन मोटरसाइकल बरामद
singel sidbar banner
singel sidbar banner 2