singel post top banner

धनुषाको बटेश्वरमा वित्तीय सचेतना अभिवृद्धि गर्न शैक्षिक हाटबजारको सफल आयोजना

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष २, २०८२
318 Views
धनुषाको बटेश्वरमा वित्तीय सचेतना अभिवृद्धि गर्न शैक्षिक हाटबजारको सफल आयोजना
समाचार सारांश
  • जनकपुर — धनुषाको बटेश्वरस्थित श्री राष्ट्र्रिय आधारभूत विद्यालय खोरिया सीतापुरमा बालबालिकामा वित्तीय जागरूकता र आर्थिक व्यवहारिकता विकास गर्न नयाँ पहल गरिएको छ।
  • सामाजिक संस्था सोसल ल्यावको आयोजनामा, एभरेष्ट बैंकको आर्थिक सहयोगमा, विद्यालयमा मंगलबार विशेष शैक्षिक हाटबजारको आयोजना गरियो।

जनकपुर — धनुषाको बटेश्वरस्थित श्री राष्ट्र्रिय आधारभूत विद्यालय खोरिया सीतापुरमा बालबालिकामा वित्तीय जागरूकता र आर्थिक व्यवहारिकता विकास गर्न नयाँ पहल गरिएको छ। सामाजिक संस्था सोसल ल्यावको आयोजनामा, एभरेष्ट बैंकको आर्थिक सहयोगमा, विद्यालयमा मंगलबार विशेष शैक्षिक हाटबजारको आयोजना गरियो।

यस कार्यक्रममा विद्यालयका कक्षा ३ देखि ८ सम्मका करिब २३० विद्यार्थीले प्रत्यक्ष लाभ प्राप्त गरे। विद्यार्थीहरूको नियमित उपस्थिती, सरसफाई, गृहकार्य र अनुशासनको आधारमा कक्षा शिक्षकहरूले दैनिक अधिकतम ३ प्वाइन्ट दिने व्यवस्था गरिएको थियो। प्रत्येक प्वाइन्टलाई पाँच रुपैयाँको टोकन मनीमा परिणत गरी सोसल ल्याबले विद्यार्थीलाई उपलब्ध गराएको थियो। महिनाको अन्त्यमा विद्यार्थीहरूले प्राप्त प्वाइन्टको आधारमा आफूले चाहेको शैक्षिक सामग्री र खेलकुद सामग्री किन्ने अवसर पाएका थिए।

सोसल ल्याबका कार्यकारी निर्देशक अजित भट्टले बताए, “यस कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा वित्तीय सचेतना अभिवृद्धि गर्नु, स्वास्थ्यपूर्ण आर्थिक बानीहरू विकास गर्नु र सकारात्मक व्यवहारलाई प्रोत्साहन गर्नु हो।” उनले थपे, “पैसाको मूल्यप्रति जागरूकता र बचतको अभ्यास बालबालिकाका लागि महत्वपूर्ण हुन्छ।”

विद्यालयका प्रधानाध्यापक राजनारायण मण्डलले भने, “यस परियोजनाले विद्यार्थीहरूको उपस्थिती, गृहकार्य र बानीमा सकारात्मक परिवर्तन ल्याएको देखिन्छ।” विद्यालयमा लागु भएको यस मोडेलले बालबालिकाहरूलाई पैसाको मूल्य र बचतको महत्त्व सिकाउन सफल भएको विद्यालय प्रशासनले बताए।

एभरेष्ट बैंक धनुषाधामका कर्मचारी आदित्य झाले भने, “विद्यार्थीहरूले बैंकले प्रदान गरेको टोकन मनीलाई उपयोग गरी सामान किन्ने र बाँकी रकम बैंकमा जम्मा गर्ने अभ्यासले उनीहरूलाई बचत र खर्चको सही अर्थ सिकाएको छ।” उनीहरूले थपे, “विद्यार्थीहरूको उत्साह र उमंग देख्दा हामी पनि अत्यन्त खुशी भएका छौं।”

बटेश्वर युवा संजालका संयोजक सरोजकुमार महतोले भने, “यस प्रकारको शैक्षिक हाटबजारले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। स्थानिय सरकारको सक्रिय सहभागिता र लगानी आवश्यक छ।”

मधेश प्रदेशमा पहिलो पटक बटेश्वर गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गतका विद्यालयहरूमा यस परियोजनाको सफल कार्यान्वयन भएको हो। यसअघि, सोसल ल्यावले बागमति प्रदेशका ८ वटा विद्यालयमा यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेको छ।

विद्यालयका प्रधानाध्यापक राजनारायण मण्डलले भने, “यस परियोजनाले विद्यार्थीहरूको उपस्थिती, गृहकार्य, अनुशासन र सरसफाइमा ठूलो सुधार आएको देखिन्छ।” यस कार्यक्रमले बालबालिकाको व्यवहार, बानी र संस्कारमा उल्लेखनीय परिवर्तन ल्याएको विद्यालय प्रशासनको विश्वास छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौं कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टर बाढीले डुब्यो, १५४ सुकुमवासीको जीवन सताइयो
काठमाडौं कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टर बाढीले डुब्यो, १५४ सुकुमवासीको जीवन सताइयो
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिस्कार: ‘नेपाली जेलेन्स्की’ र ‘युक्रेन’ बन्ने खतराको चेतावनी
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिस्कार: ‘नेपाली जेलेन्स्की’ र ‘युक्रेन’ बन्ने खतराको चेतावनी
सपना प्रधान मल्ल कार्यकाल सुरू, सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश बने
सपना प्रधान मल्ल कार्यकाल सुरू, सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश बने
नेपाल-भारत कनेक्टिविटी: सुनौली-गोरखपुर द्रुतमार्ग अन्तिम चरणमा
नेपाल-भारत कनेक्टिविटी: सुनौली-गोरखपुर द्रुतमार्ग अन्तिम चरणमा
मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा नेपाल बार एशोसिएसनको प्रभातफेरी कार्यक्रम
मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा नेपाल बार एशोसिएसनको प्रभातफेरी कार्यक्रम
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
नेकपा माओवादी केन्द्रसहित ८ दलबीच पार्टी एकता र कम्युनिष्ट एकीकरणको १८ बुँदामा सहमति
नेकपा माओवादी केन्द्रसहित ८ दलबीच पार्टी एकता र कम्युनिष्ट एकीकरणको १८ बुँदामा सहमति
७ जेनजी समूहको एकता घोषणा: प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै संघर्षको चेतावनी
७ जेनजी समूहको एकता घोषणा: प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै संघर्षको चेतावनी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?