singel post top banner

धनुषाको बटेश्वरमा वित्तीय सचेतना अभिवृद्धि गर्न शैक्षिक हाटबजारको सफल आयोजना

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष २, २०८२
377 Views
धनुषाको बटेश्वरमा वित्तीय सचेतना अभिवृद्धि गर्न शैक्षिक हाटबजारको सफल आयोजना
समाचार सारांश
  • जनकपुर — धनुषाको बटेश्वरस्थित श्री राष्ट्र्रिय आधारभूत विद्यालय खोरिया सीतापुरमा बालबालिकामा वित्तीय जागरूकता र आर्थिक व्यवहारिकता विकास गर्न नयाँ पहल गरिएको छ।
  • सामाजिक संस्था सोसल ल्यावको आयोजनामा, एभरेष्ट बैंकको आर्थिक सहयोगमा, विद्यालयमा मंगलबार विशेष शैक्षिक हाटबजारको आयोजना गरियो।

जनकपुर — धनुषाको बटेश्वरस्थित श्री राष्ट्र्रिय आधारभूत विद्यालय खोरिया सीतापुरमा बालबालिकामा वित्तीय जागरूकता र आर्थिक व्यवहारिकता विकास गर्न नयाँ पहल गरिएको छ। सामाजिक संस्था सोसल ल्यावको आयोजनामा, एभरेष्ट बैंकको आर्थिक सहयोगमा, विद्यालयमा मंगलबार विशेष शैक्षिक हाटबजारको आयोजना गरियो।

यस कार्यक्रममा विद्यालयका कक्षा ३ देखि ८ सम्मका करिब २३० विद्यार्थीले प्रत्यक्ष लाभ प्राप्त गरे। विद्यार्थीहरूको नियमित उपस्थिती, सरसफाई, गृहकार्य र अनुशासनको आधारमा कक्षा शिक्षकहरूले दैनिक अधिकतम ३ प्वाइन्ट दिने व्यवस्था गरिएको थियो। प्रत्येक प्वाइन्टलाई पाँच रुपैयाँको टोकन मनीमा परिणत गरी सोसल ल्याबले विद्यार्थीलाई उपलब्ध गराएको थियो। महिनाको अन्त्यमा विद्यार्थीहरूले प्राप्त प्वाइन्टको आधारमा आफूले चाहेको शैक्षिक सामग्री र खेलकुद सामग्री किन्ने अवसर पाएका थिए।

सोसल ल्याबका कार्यकारी निर्देशक अजित भट्टले बताए, “यस कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा वित्तीय सचेतना अभिवृद्धि गर्नु, स्वास्थ्यपूर्ण आर्थिक बानीहरू विकास गर्नु र सकारात्मक व्यवहारलाई प्रोत्साहन गर्नु हो।” उनले थपे, “पैसाको मूल्यप्रति जागरूकता र बचतको अभ्यास बालबालिकाका लागि महत्वपूर्ण हुन्छ।”

विद्यालयका प्रधानाध्यापक राजनारायण मण्डलले भने, “यस परियोजनाले विद्यार्थीहरूको उपस्थिती, गृहकार्य र बानीमा सकारात्मक परिवर्तन ल्याएको देखिन्छ।” विद्यालयमा लागु भएको यस मोडेलले बालबालिकाहरूलाई पैसाको मूल्य र बचतको महत्त्व सिकाउन सफल भएको विद्यालय प्रशासनले बताए।

एभरेष्ट बैंक धनुषाधामका कर्मचारी आदित्य झाले भने, “विद्यार्थीहरूले बैंकले प्रदान गरेको टोकन मनीलाई उपयोग गरी सामान किन्ने र बाँकी रकम बैंकमा जम्मा गर्ने अभ्यासले उनीहरूलाई बचत र खर्चको सही अर्थ सिकाएको छ।” उनीहरूले थपे, “विद्यार्थीहरूको उत्साह र उमंग देख्दा हामी पनि अत्यन्त खुशी भएका छौं।”

बटेश्वर युवा संजालका संयोजक सरोजकुमार महतोले भने, “यस प्रकारको शैक्षिक हाटबजारले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। स्थानिय सरकारको सक्रिय सहभागिता र लगानी आवश्यक छ।”

मधेश प्रदेशमा पहिलो पटक बटेश्वर गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गतका विद्यालयहरूमा यस परियोजनाको सफल कार्यान्वयन भएको हो। यसअघि, सोसल ल्यावले बागमति प्रदेशका ८ वटा विद्यालयमा यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेको छ।

विद्यालयका प्रधानाध्यापक राजनारायण मण्डलले भने, “यस परियोजनाले विद्यार्थीहरूको उपस्थिती, गृहकार्य, अनुशासन र सरसफाइमा ठूलो सुधार आएको देखिन्छ।” यस कार्यक्रमले बालबालिकाको व्यवहार, बानी र संस्कारमा उल्लेखनीय परिवर्तन ल्याएको विद्यालय प्रशासनको विश्वास छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुरक्षा थ्रेट रहेको भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा टेकुमा
सुरक्षा थ्रेट रहेको भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा टेकुमा
मधेसमा सरकार गठनविरोधी आन्दोलन जारी, एमाले समर्थक एवं विपक्षी दलहरूले धर्ना जारी राखे
मधेसमा सरकार गठनविरोधी आन्दोलन जारी, एमाले समर्थक एवं विपक्षी दलहरूले धर्ना जारी राखे
सञ्चारमन्त्री खरेलले कर्मचारीतन्त्रको भूमिकालाई बताए देश विकासको आधार
सञ्चारमन्त्री खरेलले कर्मचारीतन्त्रको भूमिकालाई बताए देश विकासको आधार
काठमाडौंमा भ्रष्टाचार मुद्दामा पूर्व मन्त्री र १६ विरुद्ध साक्षी बुझ्ने आदेश
काठमाडौंमा भ्रष्टाचार मुद्दामा पूर्व मन्त्री र १६ विरुद्ध साक्षी बुझ्ने आदेश
प्रधानमन्त्री कार्कीले फोनसमेत नउठाएको भन्दै जेनजी समूहको कडा आपत्ति
प्रधानमन्त्री कार्कीले फोनसमेत नउठाएको भन्दै जेनजी समूहको कडा आपत्ति
काठमाडौँ अदालत र प्रहरी परिसरले आगजनीको घटनाको अनुसन्धानका लागि जाहेरी दर्ता, क्षति मूल्याङ्कन ६२ करोड
काठमाडौँ अदालत र प्रहरी परिसरले आगजनीको घटनाको अनुसन्धानका लागि जाहेरी दर्ता, क्षति मूल्याङ्कन ६२ करोड
भारतीय संसद् मार्चमा प्रहरीले लाठीचार्ज, प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल
भारतीय संसद् मार्चमा प्रहरीले लाठीचार्ज, प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल
नेकपाको समानुपातिक उम्मेदवार टुंग्याउने जिम्मा प्रचण्ड र माधव नेपाललाई
नेकपाको समानुपातिक उम्मेदवार टुंग्याउने जिम्मा प्रचण्ड र माधव नेपाललाई
ककरोच जनता पार्टी: कहिल्यै नहार्ने पार्टीको रोचक कथा
ककरोच जनता पार्टी: कहिल्यै नहार्ने पार्टीको रोचक कथा
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
singel sidbar banner
singel sidbar banner 2