राजधानीको सिनामंगलमा सहायक निरीक्षकद्वारा ६ महिने बालकको हत्या, भाग्दै गर्दा पक्राउ
- काठमाडौं।
- काठमाडौँ महानगरपालिका ९ सिनामंगलस्थित ओम नगर मार्गमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नो ६ महिनाको छोरालाई धारिलो हतियारले प्रहार गरी हत्या गरेपछि हंगामा रहेको छ।
काठमाडौं। काठमाडौँ महानगरपालिका ९ सिनामंगलस्थित ओम नगर मार्गमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नो ६ महिनाको छोरालाई धारिलो हतियारले प्रहार गरी हत्या गरेपछि हंगामा रहेको छ। घटना आइतबार साँझको हो।
प्रहरीका अनुसार, असई कार्कीले आफ्नो सानो छोरालाई हत्या गरेपछि उनी फरार भएका थिए। उनी घटनाका केही समयपछि नै भाग्दै थिए। तर, चन्द्रागिरि नगरपालिका २ स्थित नागढुङ्गा चेकप्वाइन्टबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। एक प्रहरी अधिकारीले रातोपाटीलाई जानकारी दिँदै भने, “असई कार्कीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।”
घटना स्थलबाट भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। घटनाको समयमा असई कार्कीले आफ्नो पत्नीलाई पनि धारिलो हतियारले प्रहार गरेका थिए। घाइते पत्नीलाई छिमेकीहरूले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका लागि लगेको र अहिले उनलाई प्रहरी अस्पतालमा रिफर गरिएको छ।
घटना घटनाको अनुसन्धान भइरहेको र थप कारबाहीका लागि प्रहरी थप अनुसन्धान गरीरहेको छ। यस घटनाले समूचे क्षेत्रलाई स्तब्ध बनाएको छ। प्रहरी भने यस मुद्दामा थप स्पष्टता ल्याउने काम गरिरहेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






