जेनजी युवाद्वारा महोत्तरीमा ११ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी र अस्पताल प्रमुखलाई ज्ञापनपत्र
- महोत्तरी ।
- महोत्तरी जिल्लाका जेनजी युवाहरूले नागरिक सरोकारका विविध विषयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रादेशिक अस्पताल जलेश्वरका प्रमुखलाई ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्।
महोत्तरी । महोत्तरी जिल्लाका जेनजी युवाहरूले नागरिक सरोकारका विविध विषयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रादेशिक अस्पताल जलेश्वरका प्रमुखलाई ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्।
जेनजी समूहका अगुवाहरूले प्लेकार्ड बोकेर र नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा. विकासकुमार साहलाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।
जेनजी युवाहरूले बुझाएको ज्ञापनपत्रमा प्रादेशिक अस्पताल जलेश्वरको सेवा–सुविधा सुधार, जलेश्वर नगरपालिकाको फोहोर व्यवस्थापन, मणिपाल जग्गा समस्या समाधान, तथा नगरपालिकाका कार्यप्रणालीमा पारदर्शिता लगायतका ११ बुँदे माग समेटिएका छन्।
युवाहरूले विशेषगरी हाटबजार ठेक्कामा पारदर्शिता नदेखिएको, सडकहरूको अवस्था जीर्ण रहेको, र नव–निर्मित जलेश्वर कम्प्लेक्समा नगरपालिकाको कार्यालय सार्ने निर्णय उचित नभएको भन्दै तत्काल रोक्न चेतावनी समेत दिएका छन्।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जेनजी युवाहरूको माग सम्बोधन गर्न प्रादेशिक अस्पताल र जलेश्वर नगरपालिकालाई पत्र पठाइने आश्वासन दिएका छन्। त्यस्तै, प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा. विकासकुमार साहले पनि सम्भव हुने काम तुरुन्त अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
जेनजी युवाहरूले आफ्नो आन्दोलन नागरिक सरोकारका मुद्दामा केन्द्रित रहेको र मागहरूको समाधान नभएसम्म निरन्तर दबाब दिने बताएका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






