singel post top banner

गौशालामा पुरुषको शव फेला, मृतक हरिपुर्वाका रामानन्द बैठा हुन सक्ने आशंका?

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक ८, २०८२
196 Views
गौशालामा पुरुषको शव फेला, मृतक हरिपुर्वाका रामानन्द बैठा हुन सक्ने आशंका?
समाचार सारांश
  • इलाका प्रहरी कार्यालय गौशालाका अनुसार गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा एक पुरुषको शव फेला परेको हो।
  • स्थानीयले शनिवार विहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा एक पुरुषको शव फेला परेको हो। स्थानीयले शनिवार विहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउने क्रममा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का उठाएको र शवको परिक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको इप्रका इन्चार्ज इन्स्पेक्टर रमेश लामाले जानकारी दिए।

उनका अनुसार, शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठाको भएको प्रमाणित भएको छ।

स्थानीयका अनुसार, मृतक बैठा करिब ३–४ वर्षदेखि गौशालास्थित विभिन्न होटलहरूमा काम गर्दै आएको र जीविकोपार्जन गर्दै आएको थिए। केही समयदेखि उनी ज्वरो र स्वास्थ्यसम्बन्धी समस्या भोग्दै आएको बताइएको छ।

प्रहरीले प्रारम्भिक आशंकाका आधारमा अत्यधिक मादक पदार्थ सेवनको कारण मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ। तर, शवको परिक्षणपछि मात्र स्पष्ट कारण प्रष्ट हुने प्रहरीको भनाइ छ।

अहिले थप अनुसन्धान जारी रहेको इप्रका गौशालाका इन्चार्जले जानकारी दिएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल खानेपानी संस्थानले १९८ पदको विज्ञापन रद्द गर्यो
नेपाल खानेपानी संस्थानले १९८ पदको विज्ञापन रद्द गर्यो
सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
सर्वोच्च अदालतमा दर्ता भएको रिट: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक, संविधानको उल्लंघनको आरोप
सर्वोच्च अदालतमा दर्ता भएको रिट: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक, संविधानको उल्लंघनको आरोप
भरतपुरको विकास मोडल: संघीयता अनुरूप समग्र र समावेशी विकासको उदाहरण
भरतपुरको विकास मोडल: संघीयता अनुरूप समग्र र समावेशी विकासको उदाहरण
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
मन्त्रिपरिषद्को बैठक सुरु, जेनजी आन्दोलनलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
मन्त्रिपरिषद्को बैठक सुरु, जेनजी आन्दोलनलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
सर्लाही र सिराहामा आगलागी, करोडौंको क्षति, प्रहरीको अनुसन्धान सुरु
सर्लाही र सिराहामा आगलागी, करोडौंको क्षति, प्रहरीको अनुसन्धान सुरु
प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी, खर्च कटौती र सुशासन मुख्य प्राथमिकता
प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी, खर्च कटौती र सुशासन मुख्य प्राथमिकता
चाडपर्वमा शङ्कास्पद गतिविधि देखे तत्काल खबर गर्न प्रहरीको आग्रह
चाडपर्वमा शङ्कास्पद गतिविधि देखे तत्काल खबर गर्न प्रहरीको आग्रह
बाँकेमा हावाहुरी र वर्षाले धानबालीमा क्षति, खेतमा ढल्यो धान
बाँकेमा हावाहुरी र वर्षाले धानबालीमा क्षति, खेतमा ढल्यो धान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?