singel post top banner

प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

belwo post title ad banner
विजय सिंह विजय सिंह
सोमबार, कार्तिक ३, २०८२
243 Views
प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग
समाचार सारांश
  • बनियानी (झापा)।
  • इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी संघ झापाले रु १० लाख बराबरको सहयोग प्रदान गरेको छ।

बनियानी (झापा)। इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी संघ झापाले रु १० लाख बराबरको सहयोग प्रदान गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीको कार्यालय परिसरमा आज एक संक्षिप्त कार्यक्रमबीच संघले फर्निचर र नगद रकम प्रदान गरेको हो।

संघका अध्यक्ष धनबहादुर पन्धाक नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माण जुटेका युवा व्यवसायी पदम श्रेष्ठ र इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विजय श्रेष्ठलाई संयुक्त रूपमा नगद तथा जिन्सी सामग्री हस्तान्तरण गरे। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको इलाका प्रहरी कार्यालयको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार सहयोग हस्तान्तरण गरिएको संघका अध्यक्ष धनबहादुर पन्धाकले बताए।

संघका महासचिव निरन खत्रीले संघले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै इलाका प्रहरी कार्यालय पुनर्निर्माणसँगै हालै अविरल वर्षापछिको बाढीबाट पीडित भएका परिवारलाई रु एक लाखभन्दा बढीको राहत उपलब्ध गराइएको जानकारी दिए। इलाका प्रहरी कार्यालय पुनर्निर्माणमा खटिनुभएका युवा व्यवसायी पदम श्रेष्ठले सबैको साथ र सहयोगबाट इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बीपी राजमार्ग पुनः सञ्चालनमा, सतर्क भएर यात्रा गर्न प्रशासनको अनुरोध
बीपी राजमार्ग पुनः सञ्चालनमा, सतर्क भएर यात्रा गर्न प्रशासनको अनुरोध
प्रचण्डले सरकारलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा आरोप, पार्टीभित्रको असमझदारी स्पष्ट
प्रचण्डले सरकारलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा आरोप, पार्टीभित्रको असमझदारी स्पष्ट
सामूहिक सयपत्री फूलखेतीमा महिला
सामूहिक सयपत्री फूलखेतीमा महिला
सरकारको राष्ट्रिय प्रतिबद्धता: कृषिको आत्मनिर्भरता र किसानको सामाजिक सुरक्षा सुनिश्चितता
सरकारको राष्ट्रिय प्रतिबद्धता: कृषिको आत्मनिर्भरता र किसानको सामाजिक सुरक्षा सुनिश्चितता
जेनजी आन्दोलनका क्रममा ११ जिल्ला र ७ इलाका प्रशासन कार्यालयमा क्षति, अनुमानित क्षति ३८ करोड ८० लाख रुपैयाँ
जेनजी आन्दोलनका क्रममा ११ जिल्ला र ७ इलाका प्रशासन कार्यालयमा क्षति, अनुमानित क्षति ३८ करोड ८० लाख रुपैयाँ
रास्वपा सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार सिफारिस र पार्टी विधान संशोधनमा छलफल
रास्वपा सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार सिफारिस र पार्टी विधान संशोधनमा छलफल
धनुषामा युवकको शव फेला, सुरक्षाका लागि प्रहरी अनुसन्धान सुरु
धनुषामा युवकको शव फेला, सुरक्षाका लागि प्रहरी अनुसन्धान सुरु
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि अभिमुखीकरण तालिम सञ्चालन
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि अभिमुखीकरण तालिम सञ्चालन
गौशालामा पुरुषको शव फेला, मृतक हरिपुर्वाका रामानन्द बैठा हुन सक्ने आशंका?
गौशालामा पुरुषको शव फेला, मृतक हरिपुर्वाका रामानन्द बैठा हुन सक्ने आशंका?
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?