singel post top banner

प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

belwo post title ad banner
विजय सिंह विजय सिंह
सोमबार, कार्तिक ३, २०८२
218 Views
प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग
समाचार सारांश
  • बनियानी (झापा)।
  • इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी संघ झापाले रु १० लाख बराबरको सहयोग प्रदान गरेको छ।

बनियानी (झापा)। इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी संघ झापाले रु १० लाख बराबरको सहयोग प्रदान गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीको कार्यालय परिसरमा आज एक संक्षिप्त कार्यक्रमबीच संघले फर्निचर र नगद रकम प्रदान गरेको हो।

संघका अध्यक्ष धनबहादुर पन्धाक नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माण जुटेका युवा व्यवसायी पदम श्रेष्ठ र इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विजय श्रेष्ठलाई संयुक्त रूपमा नगद तथा जिन्सी सामग्री हस्तान्तरण गरे। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको इलाका प्रहरी कार्यालयको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार सहयोग हस्तान्तरण गरिएको संघका अध्यक्ष धनबहादुर पन्धाकले बताए।

संघका महासचिव निरन खत्रीले संघले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै इलाका प्रहरी कार्यालय पुनर्निर्माणसँगै हालै अविरल वर्षापछिको बाढीबाट पीडित भएका परिवारलाई रु एक लाखभन्दा बढीको राहत उपलब्ध गराइएको जानकारी दिए। इलाका प्रहरी कार्यालय पुनर्निर्माणमा खटिनुभएका युवा व्यवसायी पदम श्रेष्ठले सबैको साथ र सहयोगबाट इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

भारतको युवा आन्दोलन: जेनजी पुस्ताका नयाँ स्वर, प्रभाव र भविष्यको दिशा
भारतको युवा आन्दोलन: जेनजी पुस्ताका नयाँ स्वर, प्रभाव र भविष्यको दिशा
कम्बोडियामा मानव तस्करको प्रलोभनमा परी नेपाली १६ का उद्धार, नेपाल फर्काइयो
कम्बोडियामा मानव तस्करको प्रलोभनमा परी नेपाली १६ का उद्धार, नेपाल फर्काइयो
ठमेलमा गैरकानुनी बसोबास र शंकास्पद गतिविधिमा संलग्न १० बङ्गलादेशी नागरिक पक्राउ
ठमेलमा गैरकानुनी बसोबास र शंकास्पद गतिविधिमा संलग्न १० बङ्गलादेशी नागरिक पक्राउ
सिराहा प्रहरीले ११.६२ मिलिग्राम ब्राउन सुगरसहित तिन जना पक्राउ
सिराहा प्रहरीले ११.६२ मिलिग्राम ब्राउन सुगरसहित तिन जना पक्राउ
नेपालले लेबननस्थित संयुक्त राष्ट्र शान्ति सैनिकको सुरक्षामा जोड दियो
नेपालले लेबननस्थित संयुक्त राष्ट्र शान्ति सैनिकको सुरक्षामा जोड दियो
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि प्रक्रिया सुरु, समितिले सुझाव दिने
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि प्रक्रिया सुरु, समितिले सुझाव दिने
मुग्लिन–पोखरा सडक विस्तार: नयाँ समानान्तर सडक र पुलहरुको निर्माण कार्य प्रारम्भ
मुग्लिन–पोखरा सडक विस्तार: नयाँ समानान्तर सडक र पुलहरुको निर्माण कार्य प्रारम्भ
धादिङमा जेनजी आन्दोलनको फाइदा उठाउँदै फरार आरोपी पुनः चोरी काण्डमा पक्राउ
धादिङमा जेनजी आन्दोलनको फाइदा उठाउँदै फरार आरोपी पुनः चोरी काण्डमा पक्राउ
नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
हेटौँडामा सडक विस्तार: उद्योग वाणिज्य संघको कार्यालयमा पनि चलाइयो डोजर
हेटौँडामा सडक विस्तार: उद्योग वाणिज्य संघको कार्यालयमा पनि चलाइयो डोजर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?