singel post top banner

“GenZ आन्दोलनः दशकौँको असफलताविरुद्ध युवाको नयाँ राजनीतिक जागरण”: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शुक्रबार, आश्विन २४, २०८२
219 Views
“GenZ आन्दोलनः दशकौँको असफलताविरुद्ध युवाको नयाँ राजनीतिक जागरण”: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का
समाचार सारांश
  • काठमाडौं : नेपालको राजनीतिक र आर्थिक दिशामा असन्तुष्ट युवाहरू अहिले सडकमात्र होइन, विचारको मोर्चामा पनि उठिरहेका छन् ।
  • हाल नेपालभर फैलिंदै गएको GenZ आन्दोलन कुनै आकस्मिक राजनीतिक लहर होइन, बरु दशकौंको राजनीतिक असफलता, बेरोजगारी र सामाजिक असमानताको विस्फोट हो ।

काठमाडौं : नेपालको राजनीतिक र आर्थिक दिशामा असन्तुष्ट युवाहरू अहिले सडकमात्र होइन, विचारको मोर्चामा पनि उठिरहेका छन् । हाल नेपालभर फैलिंदै गएको GenZ आन्दोलन कुनै आकस्मिक राजनीतिक लहर होइन, बरु दशकौंको राजनीतिक असफलता, बेरोजगारी र सामाजिक असमानताको विस्फोट हो ।
विगत तिन चारदशकमा नेपालले राजतन्त्र, लोकतन्त्र, गणतन्त्र र विभिन्न आन्दोलनको नाममा सत्ता र प्रणाली बदल्यो, तर शासनको चरित्र उस्तै रह्यो । मुठीभर नेताहरू, बिचौलिया र दलालहरूले राज्यका सम्पदा कब्जा गरे, तर किसान, मजदुर र साना व्यापारीका सन्तानहरू निराश बन्न पुगे । यही अन्याय र बेरोजगारीले GenZ पुस्तामा विद्रोहको चेतना जन्माएको हो । युवाहरू विदेश पलायन हुन बाध्य हुनुको मुख्य जिम्मेवार देशकै नीति निर्माता र नेतृत्वलाई ठहर गरे । देशका स्रोत र सम्भावना पर्याप्त भए पनि नीति र दृष्टिकोणको अभावले युवा शक्ति विदेशी भूमिमा बेचिन बाध्य छन् । यदि युवाको ऊर्जा र आक्रोशलाई सही दिशामा प्रयोग गर्न सकियो भने, नेपालमा स्वच्छ र उत्तरदायी राजनीतिका बीउहरू रोपिन सक्छन् ।
नेपाल दुई ठूला शक्तिहरूबीच रहेको देश हो । यहाँको निर्णयमा सधैं बाह्य प्रभाव रह्यो । अबको पुस्ता त्यस प्रभावबाट मुक्त हुन चाहन्छ — स्वाभिमानी, पारदर्शी र आत्मनिर्भर नेपाल निर्माण नै उनीहरूको लक्ष्य हो । अहिलेका युवा तथा GenZ पुस्ताले अब केवल विरोध होइन, विकल्प खोज्न थालेको छ — जसले नेपाललाई दीर्घकालीन स्थायित्व र आर्थिक आत्मनिर्भरतातर्फ डोर्याउन सक्छ ।
“अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो, यो अवसर हो — जोखिम होइन।” खड्काका अनुसार, आगामी दशक नेपालको राजनीतिक इतिहासमा GenZ पुस्ताले लेख्ने अध्याय हुनेछ — जुन शान्तिपूर्ण, स्वाभिमानी र परिणाममुखी राजनीतिका लागि नयाँ सुरुवात बन्नेछ ।
समाजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का, जसले युवाको चेतनालाई “आर्थिक स्वावलम्बन र पारदर्शी शासनतर्फको आन्दोलन” भनेर व्याख्या गरेका छन् ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

देशलाई उज्यालो भविष्यतिर लैजाने उज्ज्वल नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिबद्धता
देशलाई उज्यालो भविष्यतिर लैजाने उज्ज्वल नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिबद्धता
भूटानका राजनीतिक बन्दीहरूको रिहाइ र शरणार्थी समस्या: नेपाल सरकारलाई विश्व अभियानको आग्रह
भूटानका राजनीतिक बन्दीहरूको रिहाइ र शरणार्थी समस्या: नेपाल सरकारलाई विश्व अभियानको आग्रह
बारा: पहिलो पटक पाँचवर्षीय आवधिक योजना तर्जुका लागि सुझाव सङ्कलन सुरु
बारा: पहिलो पटक पाँचवर्षीय आवधिक योजना तर्जुका लागि सुझाव सङ्कलन सुरु
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी, करोडौंको क्षति
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी, करोडौंको क्षति
पर्वतको प्रदेश अस्पताल आर्थिक संकटमा, स्वास्थ्य बीमाको भुक्तानी ढिलाइले समस्या बढ्दै
पर्वतको प्रदेश अस्पताल आर्थिक संकटमा, स्वास्थ्य बीमाको भुक्तानी ढिलाइले समस्या बढ्दै
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
नेपालको पहिलो विद्यावारिधि डा. बाबुराम भुललाई नेपाल विश्वविद्यालयबाट प्रदान
नेपालको पहिलो विद्यावारिधि डा. बाबुराम भुललाई नेपाल विश्वविद्यालयबाट प्रदान
विश्वासको मत नपुग्ने निश्चित भएपछि मधेस प्रदेशका मुख्यमन्त्री यादव आजै राजीनामा दिने तयारी
विश्वासको मत नपुग्ने निश्चित भएपछि मधेस प्रदेशका मुख्यमन्त्री यादव आजै राजीनामा दिने तयारी
गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त
गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त
अमेरिकी पूर्वी तटीय क्षेत्रमा भारी हिमपात, हजारौं उडान रद्द, नागरिक जीवन प्रभावित
अमेरिकी पूर्वी तटीय क्षेत्रमा भारी हिमपात, हजारौं उडान रद्द, नागरिक जीवन प्रभावित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?