singel post top banner

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
आइतबार, आश्विन १९, २०८२
280 Views
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
समाचार सारांश
  • काठमाडौँ ।
  • वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यससँगै मनसुन कमजोर भइ मौसममा सुधार आइसकेको जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् ।  तर पूरै मनसुन नै भने बहिर्गमन भइनसकेको हालको अवस्थामा मौसम र बाढीको सम्भावित अवस्थाको भने नियमित अनुगमन भइरहेको उनको भनाइ छ ।

Tata

उनल‍े आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज १७ गते साँझदेखि असोज १९ गते बिहानसम्म मनसुन सक्रिय रहँदा मधेश र बागमती प्रदेशका अधिकांश ठाउँमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि अति भारी वर्षा भएको थियो।

सो अवधिमा २४ घण्टे अवधिभित्र सबैभन्दा बढी वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५८ मिलिमिटर मापन गरिएको छ। त्यस्तै, पर्साको मुडली केन्द्रमा ३२८.६ मिलिमिटर, इलामको हिमाली गाउँ केन्द्रमा ३३२.६ मिलिमिटर, कन्यामटी स्टेटमा ३१४.२ मिलिमिटर र गौर केन्द्रमा ३१५ मिलिमिटर वर्षा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Laxmi sunrise bank

असोज १९ गते बिहान ८:४५ बजेसम्म देशभरका २९५ वटा वर्षा मापन केन्द्रहरूमध्ये १८६ केन्द्रमा वर्षा मापन गरिएको थियो। जसमध्ये १०५ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, ६८ केन्द्रमा १०० मिलिमिटरभन्दा बढी, २१ केन्द्रमा २०० मिलिमिटरभन्दा बढी र ५ केन्द्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

Shivam Cement

विभागका अनुसार अविरल वर्षाका कारण बागमती, त्रिशुली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतह सतर्कता तह पार गरी हाल घट्दो क्रममा पुगेका छन्। सप्तकोशी नदीले भने खतरा तह पार गरिसकेको र यसका सहायक नदीहरू  तमोर, सुनकोशी र अरुणसमेत खतरा तह पार गरी अहिले घट्दो अवस्थामा रहेको बताइएको छ।

त्यस्तै, कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया र विरिङजस्ता चुरे–महाभारत क्षेत्रबाट उत्पन्न नदीहरूमा पनि खतरा तह पार भई अहिले घट्दो अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ। कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक स्थिर रहेको हुँदा असोज २० गते मध्यान्हसम्म तटीय क्षेत्र तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुनचाँदीको मूल्य वृद्धि, आज तोलामा सुन रु १,९०० र चाँदी रु ४० ले बढ्यो
सुनचाँदीको मूल्य वृद्धि, आज तोलामा सुन रु १,९०० र चाँदी रु ४० ले बढ्यो
जेनजी प्रदर्शनपछि प्रहरीको गोली, हतियार र गोला बारुदको ठूलो मात्रामा लुटपाट र हराएको विषयमा आन्तरिक छानबिनको निष्कर्ष
जेनजी प्रदर्शनपछि प्रहरीको गोली, हतियार र गोला बारुदको ठूलो मात्रामा लुटपाट र हराएको विषयमा आन्तरिक छानबिनको निष्कर्ष
नेपाली कांग्रेसले जनताको प्रतिबद्धता र भिजन १० सार्वजनिक
नेपाली कांग्रेसले जनताको प्रतिबद्धता र भिजन १० सार्वजनिक
सुन र चाँदीको मूल्य आक्रमणको भोलिपल्ट नै रेकर्डस्तरमा बढ्यो
सुन र चाँदीको मूल्य आक्रमणको भोलिपल्ट नै रेकर्डस्तरमा बढ्यो
मौसमका कारण नेपालका हवाई उडानहरू प्रभावित, चक्रवात ‘मोन्था’को असरले वर्षा र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समस्या
मौसमका कारण नेपालका हवाई उडानहरू प्रभावित, चक्रवात ‘मोन्था’को असरले वर्षा र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समस्या
निर्वाचन आयोगले प्रविधिको दुरुपयोगविरुद्ध सचेतता, गलत सूचना फैलाउन नहुन आग्रह
निर्वाचन आयोगले प्रविधिको दुरुपयोगविरुद्ध सचेतता, गलत सूचना फैलाउन नहुन आग्रह
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
अवैध क्रिप्टो र हुण्डी कारोबार गर्दै ४ पक्राउ, ३० लाख नगद र उपकरण जप्त
अवैध क्रिप्टो र हुण्डी कारोबार गर्दै ४ पक्राउ, ३० लाख नगद र उपकरण जप्त
नेपाल बाल सङ्गठनको रकम हिनामिना मुद्दामा ३ जना पक्राउ
नेपाल बाल सङ्गठनको रकम हिनामिना मुद्दामा ३ जना पक्राउ
‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ मा हालसम्म रू २४ करोड २४ लाख सङ्कलित, जेन–जी प्रदर्शनका क्षतिहरूको पुनःनिर्माणका लागि
‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ मा हालसम्म रू २४ करोड २४ लाख सङ्कलित, जेन–जी प्रदर्शनका क्षतिहरूको पुनःनिर्माणका लागि
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?