singel post top banner

वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शुक्रबार, बैशाख ५, २०८२
601 Views
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
समाचार सारांश
  • सञ्जय चौधरी, रत्ननगर, बैशाख ५ ।
  • वन्यजन्तु संरक्षणको सन्देश विद्यार्थी मार्फत समुदायमा फैलाउने उद्देश्यले शसौराहामा दुई प्रतियोगिता गरिएको छ ।

सञ्जय चौधरी, रत्ननगर, बैशाख ५ । वन्यजन्तु संरक्षणको सन्देश विद्यार्थी मार्फत समुदायमा फैलाउने उद्देश्यले शसौराहामा दुई प्रतियोगिता गरिएको छ ।

चितवनमा जारी ३०औं वन्यजन्तु सप्ताह अन्तर्गत “वन, वन्यजन्तु, संरक्षणमूलक” सम्बन्धी चित्रकाला र “पर्यापर्यटन, प्रवद्र्धनमा सिमसार र वन्यजन्तुको महत्व” विषयक बक्तृत्वकाला प्रतियोगिता गरिएको हो ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण उपसमितिले आयोजना गरेको सो प्रतियोगिताको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले उद्धघाटन गरेका थिए ।

चित्रकला प्रतियोगितामा लाईसियम इङ्लिस बोडिङ स्कुलकी छात्रा आकांक्षा गोले प्रथम, न्यू स्पिडी इङ्लिस बोडिङ स्कुलकी छात्रा प्राश्ना महतो द्धितिय, पञ्चकन्या विद्या मन्दिरकी छात्रा सारना धिताल तृतीय, लाईसियम इङ्लिस बोडिङ स्कुलका छात्र युवराज महतो र नेपाल माध्यमिक विद्यालयका छात्र अनिश चौधरी सान्त्वना भएका छन् ।

यस्तै, बक्तृत्वकला प्रतियोगितामा ग्रिन सोसाईटी पब्लिक स्कुलकी छात्रा सायोना भूषाल प्रथम, पञ्चकन्या विद्या मन्दिरकी छात्रा रोशालिन ढकाल द्धितिय, मोर्डन इङ्लिस बोडिङ स्कुल खैरहनीकी छात्रा कृति चौधरी तृतीय, मोहना माध्यमिक विद्यालयका छात्र सुजन शर्मा र खैरहनी माध्यमिक विद्यालयकी छात्रा मानस्वी खरेलले सान्त्वनाले स्थान हासिल गरेका छन् ।

चित्रकला प्रतियोगिताको निर्णायकमा कृष्ण प्रसाद तिवारी र ज्ञानेन्द्र बहादुर बस्नेत तथा बक्तृत्वकला प्रतियोगिताको निर्णायकमा संरक्षण अधिकृत एंव चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख सन्त वहादुर मगर, शिव भूषाल, बिमला सुवेदी रहेका थिए । चित्रकला प्रतियोगितामा ६ वटा विद्यालयबाट ८ जना र बक्तृत्वकला प्रतियोगितामा ११ वटा विद्यालयबाट १३ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

चित्रकलामा प्रथम हुनेलाई ७ हजार, द्धितिय हुनेलाई ५ हजार, तृतीय हुनेलाई ३ हजार, र सान्त्वना हुने दुई जनालाई १/१ हजार तथा बक्तृत्वकलामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना हुने दुई जनालाई २/२ हजार सहित बन्यजन्तु सप्ताहको समापनको दिन प्रतियोगितामा बिजेता भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिने समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरणका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा मृगकुञ्जका अध्यक्ष घिमिरेले सप्ताहको महत्वपूर्ण कार्यक्रमको रुपमा विद्यालय स्तरीय प्रतियोगिता गरिएको बताए । उनले भने, “वन तथा वन्यजन्तु संरक्षणको सन्देश विद्यार्थी मार्फत समुदायमा पुर्‍याउने उद्देश्यले प्रतियोगिता गरेका हौं ।”

सप्ताह अन्तर्गत भोली (शनिवार) ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली तथा सप्ताहको अन्तिम दिन वैशाख ७ गते ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया र संरक्षणमा योगदान दिनेहरूलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए ।

मृगकुञ्जकी सदस्य बिन्दा कार्कीले सञ्चालन गरेको कार्यक्रममा समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष वसन्त रानाले स्वागत मन्तव्य राखेका थिए ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रवि लामिछानेले बताए, तराई, पहाड र हिमाल छुट्याउने राजनीति अब बन्द हुन्छ
रवि लामिछानेले बताए, तराई, पहाड र हिमाल छुट्याउने राजनीति अब बन्द हुन्छ
नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
सर्लाहीमा निर्वाचन सुरक्षा तयारी: मतदान स्थलहरूको स्थलगत निरीक्षण सुरु
सर्लाहीमा निर्वाचन सुरक्षा तयारी: मतदान स्थलहरूको स्थलगत निरीक्षण सुरु
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको आदेशको अवज्ञा नगर्न र राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध ध्यानाकर्षण जनाएको
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको आदेशको अवज्ञा नगर्न र राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध ध्यानाकर्षण जनाएको
मुख्यमन्त्री जितेन्द्र सोनल र बेलायती दूतावासको टोलीबीच भेटघाट
मुख्यमन्त्री जितेन्द्र सोनल र बेलायती दूतावासको टोलीबीच भेटघाट
सिमरामा घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वडा अध्यक्षलाई पक्राउ
सिमरामा घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वडा अध्यक्षलाई पक्राउ
७७ वटै जिल्लामा निर्वाचनका लागि तयारी पूर्ण, सुरक्षा व्यवस्था सुनिश्चित
७७ वटै जिल्लामा निर्वाचनका लागि तयारी पूर्ण, सुरक्षा व्यवस्था सुनिश्चित
प्रधानमन्त्री सुशीला कार्कीको सर्वदलीय बैठक सम्पन्न, तस्बिरमा हेर्नुहाेस्
प्रधानमन्त्री सुशीला कार्कीको सर्वदलीय बैठक सम्पन्न, तस्बिरमा हेर्नुहाेस्
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
भारतले मध्यपूर्वका देशहरूमा रोकिएका यात्रुहरूलाई स्वदेश फर्काउन पुनः सुरु गर्यो सीमित उडानहरू
भारतले मध्यपूर्वका देशहरूमा रोकिएका यात्रुहरूलाई स्वदेश फर्काउन पुनः सुरु गर्यो सीमित उडानहरू
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?