singel post top banner

अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शनिबार, चैत्र ३०, २०८१
1257 Views
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
समाचार सारांश
  • काठमाडौं, चैत ३० ।
  • जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

काठमाडौं, चैत ३० । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतयादेखि पूर्णतया बदलीको अवस्था रहेको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम तथा एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज दिउँसो बागमती, गण्डकी लगायत देशको पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ४२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २७ मिनेटमा हुनेछ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जेन–जी आन्दोलनका माग पुरा गर्न र सरकारको विरोधमा ‘पहिला देश’ अभियानले कार्तिक १६ गते प्रदर्शनको घोषणा
जेन–जी आन्दोलनका माग पुरा गर्न र सरकारको विरोधमा ‘पहिला देश’ अभियानले कार्तिक १६ गते प्रदर्शनको घोषणा
सरकारले अनलाइन व्यापार व्यवसायीहरूका लागि अनिवार्य दर्ता निर्देशन
सरकारले अनलाइन व्यापार व्यवसायीहरूका लागि अनिवार्य दर्ता निर्देशन
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेता खनाल र भुसाल अनुपस्थित, पार्टी एकता घोषणा तयारीमा
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेता खनाल र भुसाल अनुपस्थित, पार्टी एकता घोषणा तयारीमा
भरतपुरको विकास मोडल: संघीयता अनुरूप समग्र र समावेशी विकासको उदाहरण
भरतपुरको विकास मोडल: संघीयता अनुरूप समग्र र समावेशी विकासको उदाहरण
नेपाल वेस्टइन्डिज विरुद्धको आईसीसी टी-२० विश्वकप खेल खेल्दै
नेपाल वेस्टइन्डिज विरुद्धको आईसीसी टी-२० विश्वकप खेल खेल्दै
भोजपुर गाउँपालिकाबाट करसम्बन्धी सेवा सहज र प्रभावकारी रूपमा सञ्चालन
भोजपुर गाउँपालिकाबाट करसम्बन्धी सेवा सहज र प्रभावकारी रूपमा सञ्चालन
सुर्खेतको वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध युवाहरुको आन्दोलन
सुर्खेतको वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध युवाहरुको आन्दोलन
विराटनगर सुनसरी र इटहरीमा विद्युत् स्कोरपिओ दुर्घटना, दुईको मृत्यु, एक घाइते
विराटनगर सुनसरी र इटहरीमा विद्युत् स्कोरपिओ दुर्घटना, दुईको मृत्यु, एक घाइते
नयाँ बसपार्क सडकछेउमा लुगा–कपडाले पोको पारेको अवस्थामा शव फेला, प्रहरीको अनुसन्धान तीव्र
नयाँ बसपार्क सडकछेउमा लुगा–कपडाले पोको पारेको अवस्थामा शव फेला, प्रहरीको अनुसन्धान तीव्र
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?