singel post top banner

चार प्रदेशमा वर्षाको सम्भावना

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शनिबार, फाल्गुन २४, २०८१
777 Views
चार प्रदेशमा वर्षाको सम्भावना
समाचार सारांश
  • काठमाडौं, फागुन २४ ।
  • जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

काठमाडौं, फागुन २४ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गाउँपालिका कार्यालय आगलागी प्रकरण: दुई जना पुर्पक्षका लागि कारागार चलान
गाउँपालिका कार्यालय आगलागी प्रकरण: दुई जना पुर्पक्षका लागि कारागार चलान
विश्वव्यापी पारम्परिक चिकित्सामा ग्लोबल समिट १७-१९ डिसेम्बरमा नई दिल्लीमा आयोजना
विश्वव्यापी पारम्परिक चिकित्सामा ग्लोबल समिट १७-१९ डिसेम्बरमा नई दिल्लीमा आयोजना
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु: मुख्यमन्त्री यादवको राजीनामापछि धारा १६८(२) सक्रिय
मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु: मुख्यमन्त्री यादवको राजीनामापछि धारा १६८(२) सक्रिय
भारतले मध्यपूर्वका देशहरूमा रोकिएका यात्रुहरूलाई स्वदेश फर्काउन पुनः सुरु गर्यो सीमित उडानहरू
भारतले मध्यपूर्वका देशहरूमा रोकिएका यात्रुहरूलाई स्वदेश फर्काउन पुनः सुरु गर्यो सीमित उडानहरू
दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो
दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो
विपद् जोखिम न्यूनीकरणका लागि नेपालको विकास ढाँचा पुनरावलोकन गर्नुपर्ने सांसद सुवेदीको भनाइ
विपद् जोखिम न्यूनीकरणका लागि नेपालको विकास ढाँचा पुनरावलोकन गर्नुपर्ने सांसद सुवेदीको भनाइ
इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि विश्व ऊर्जा बजारमा भारी मूल्यवृद्धि
इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि विश्व ऊर्जा बजारमा भारी मूल्यवृद्धि
जेनजी आन्दोलनको क्रममा लुटिएको हातहतियारसहित एक पक्राउ
जेनजी आन्दोलनको क्रममा लुटिएको हातहतियारसहित एक पक्राउ
‘पीडितको न्यायमा पहुँच’ अन्तरक्रियामा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीशले बताए
‘पीडितको न्यायमा पहुँच’ अन्तरक्रियामा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीशले बताए
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?