singel post top banner

देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शुक्रबार, फाल्गुन २३, २०८१
885 Views
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
समाचार सारांश
  • सन्तोष गौतम, म्याग्दी फागुन २३ ।
  • धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पूरै दिन पैदलयात्रा गर्थे।

सन्तोष गौतम, म्याग्दी फागुन २३ । धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पूरै दिन पैदलयात्रा गर्थे। पालिकाको केन्द्रमा आएर काम सकेर फर्कँदा कम्तीमा तीन दिन लाग्दथ्यो। धवलागिरिका प्रअहरूको बिहीबार भएको नियमित बैठकमा सहभागी हुन भने छन्त्याल घरबाट हिँडेको चार घण्टामै मुना पुगे।

‘लुलाङ–गुर्जा सडकअन्तर्गत देउरालीसम्म गाडी चल्न थालेपछि पूरै दिनको यात्राअवधि चार घण्टामा छोटिएको छ’, उनले भने, ‘दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज भएको छ।’

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जावासीको यात्राअवधि छोटिएको छ। अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो।

लत्रवाङसम्म सडक पुगे पनि हिउँ थुप्रिएकाले तीन हजार तीन सय मिटर उचाइको देउराली धुरीसम्म जिप, ट्रयाक्टर, मोटरसाइकल चल्न थालेका छन्। हिउँ पग्लिएपछि देउरालीबाट लत्रवाङसम्मको करिब थप पाँच किलोमिटर सडकमा पनि सवारीसाधन सञ्चालन गर्न सकिन्छ।

लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा तीनदेखि चार घण्टा हिँड्नुपर्ने यात्राअवधि सडक निर्माण भएपछि ३० मिनेटमा छोटिएको देउरालीका बासिन्दा मोदीमान श्रीर्पालीले बताए।

गुर्जासम्म सडक नपुगेपनि बीच बाटोसम्म गाडी चल्न थालेपछि गुर्जावासीको आधाभन्दा बढी बाटो पैदलयात्रा गर्नुपर्ने बाटो छोटिएको श्रीपालीले बताए। गुर्जासम्म सडक पुर्‍याउन थप करिब १० किलोमिटर मार्ग निर्माण गर्नुपर्छ। गत वर्ष भएको ठेक्का सम्झौतामार्फत लुलाङबाट देउराली हुँदै लत्रवाङ नजिकसम्म नौ दशमलव पाँच किलोमिटर मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए।

योजनामार्फत सडकको मार्ग खोल्नुका साथै विभिन्न ठाउँमा ग्यावियन, मेसिनरी र पलम पर्खाल पनि निर्माण भएको छ। यसअघि गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नं २ लुलाङसम्म सडक पुगिसकेको थियो। आर्थिक वर्ष २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै चार किलोमिटर चार सय मिटर सडकको मार्ग निर्माण भएको थियो। धवलागिरिका प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलका अनुसार मुनाबाट लत्रवाङसम्मको सडकको दूरी २५ किलोमिटर छ।

लत्रवाङबाट गुर्जातर्फ सडक निर्माणका लागि सङ्घीय सरकार र गाउँपालिकाको साझेदारीमा विनियोजन भएको ७० लाख बजेट भएको योजना ठेक्का सम्झौताको प्रक्रियामा रहेको रावलले बताएका छन्। प्रदेश सरकारले विनियोजन गरेको ५० लाखको बजेटबाट पूर्वाधार विकास कार्यायलले लुलाङ–देउराली खण्डमा स्तरोन्नतिको काम सुरू भएको छ। सङ्घीय सरकारले सडक डिभिजन कार्यालय बागलुङमार्फत विनियोजन गरेको रू एक करोड बजेटमार्फत बाङखोलामा पर्खाल, ग्रेड सुधार र महतलाको भिरमा ढलानको काम सुरू भएको छ।

अर्को शीर्षकमा विनियोजन भएको एक करोड बजेटको योजनामार्फत लमसुङ–स्थानीय पूर्वाधार विकास आयोजना पोखराबाट ठेक्का आह्वान भएको छ। गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ।

एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरपरिवार रहेको गुर्जाको जनसङ्ख्या एक हजार पाँच सय पाँच जना छ। खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहास छ। सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ। बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्टर गर्नुपर्छ। सडक यातायातको सुविधा भएपछि गुर्जाका बासिन्दालाई सहज हुनुका साथै आन्तरिक पर्यटकको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ। रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
महान्यायाधिवक्ताका लागि डा. नारायणदत्त कँडेलको नाम सिफारिस
महान्यायाधिवक्ताका लागि डा. नारायणदत्त कँडेलको नाम सिफारिस
सुकुमवासीहरूको प्रदर्शन: सरकारले होल्डिङ सेन्टर खाली गर्न दिएको निर्देशनविरुद्ध आवाज
सुकुमवासीहरूको प्रदर्शन: सरकारले होल्डिङ सेन्टर खाली गर्न दिएको निर्देशनविरुद्ध आवाज
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
मधेश सरकारमा चलिरहेको बजेट समस्या र निर्माण व्यवसायीको तनाव
मधेश सरकारमा चलिरहेको बजेट समस्या र निर्माण व्यवसायीको तनाव
त्रिशूली जलविद्युत् आयोजनाको काउन्टर ग्यारेन्टी मुद्दामा नबिल बैंकको सफलता
त्रिशूली जलविद्युत् आयोजनाको काउन्टर ग्यारेन्टी मुद्दामा नबिल बैंकको सफलता
बोर्डर आउट पोस्टमा ९ सशस्त्र प्रहरी सम्पर्कविहीन, रसुवामा बाढीले ठूलो क्षति
बोर्डर आउट पोस्टमा ९ सशस्त्र प्रहरी सम्पर्कविहीन, रसुवामा बाढीले ठूलो क्षति
देशभरबाट लागुऔषधसहित १९ जना पक्राउ, भारी मात्रामा हिरोइन, गाँजा र नियन्त्रित औषधि बरामद
देशभरबाट लागुऔषधसहित १९ जना पक्राउ, भारी मात्रामा हिरोइन, गाँजा र नियन्त्रित औषधि बरामद
सिरहामा २५ हजार ५ सय रुपैयाँका नक्कली नोटसहित दुई जना पक्राउ
सिरहामा २५ हजार ५ सय रुपैयाँका नक्कली नोटसहित दुई जना पक्राउ
काठमाडौं–कनकाई नगरपालिका ४ मा शङ्कास्पद वस्तु फेला
काठमाडौं–कनकाई नगरपालिका ४ मा शङ्कास्पद वस्तु फेला
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?