singel post top banner

रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, फाल्गुन २०, २०८१
750 Views
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
समाचार सारांश
  • रत्ननगर ।
  • रत्ननगर-९ मा रहेको कपरफोरी बालुवाटार विपद् न्यूनीकरण समाजले वडावासिलाई विपद् व्यवस्थापन आधारभूत दुईदिने सिपमूलक तालिम प्रदान गरेको छ ।

रत्ननगर । रत्ननगर-९ मा रहेको कपरफोरी बालुवाटार विपद् न्यूनीकरण समाजले वडावासिलाई विपद् व्यवस्थापन आधारभूत दुईदिने सिपमूलक तालिम प्रदान गरेको छ ।

रत्नननगर वडा नं. ९ को आर्थिक वर्ष २०८१/०८२ विपद् व्यवस्थापनको बजेटबाट कार्यालयमा सञ्चालित दुईदिने तालिममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका उपमन्त्री एंव चितवन जिल्ला रेडक्रस विपद् समितिका संयोजक महेश्वर थपलिया र रत्न प्रिय क्लवका अध्यक्ष एंव रत्ननगरका विपद् व्यवस्थापन समितिका सदस्य वसन्त राना मगरले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

परीक्षार्थीहरुलाई बाहिर फिल्डमै लगेर आगलागीका घटना भईहालेमा कसरी बच्ने ?, तत्काल कसरी निभाउने, विपद्का समयमा खोलामा मानिस डुबेको देख्दा तत्कालै कसरी उद्धार गरेर प्राथमिक उपचार गर्ने लगाएत समाधान र उपाएकाबारे विपद व्यवस्थापन सम्बन्धि श्रव्यदृश्य समाग्री प्रस्तुत गरिएको थियो ।

उक्त तालिमको समापनका अवसरमा सोमवार आयोजित कार्यक्रममा सोही वडा कार्यालयका रत्ननगर-९ का वडा अध्यक्ष अनन्त अधिकारी, कपरफोरी बालुवाटार विपद् न्यूनीकरण समाजका अध्यक्ष रामचन्द्र पौडेलले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे ।

481269159 122201673410243831 2869234017946535302 n
481269159 122201673410243831 2869234017946535302 n

उक्त अवसरमा वडा अध्यक्ष अधिकारीले तालिमले प्रशिक्षार्थीको व्यवसायिक जिवनमा निपुर्णता ल्याएको विश्वास व्यक्त गर्दै दैविक प्रकोप तथा विपदको समयमा खोजी तथा उद्दार कार्यमा नागरिकले अपेक्षा गरे अनुरुप सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

कपरफोरी बालुवाटार विपद् न्यूनीकरण समाजका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य सुष्मा खड्काथोकी, संस्थाका कोषाध्यक्ष बसन्त अम्गाई, सहभागी परीक्षार्थीहरु लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रम सञ्चालन वडा कार्यालय-९ का वडा सचिव सुर्य प्रसाद ढुङ्गानाले गरेका थिए ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

चितवनमा मतदाता सूचीबाट ३ हजार ३६२ जनाको नाम हटाइयो
चितवनमा मतदाता सूचीबाट ३ हजार ३६२ जनाको नाम हटाइयो
“GenZ आन्दोलनः दशकौँको असफलताविरुद्ध युवाको नयाँ राजनीतिक जागरण”: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का
“GenZ आन्दोलनः दशकौँको असफलताविरुद्ध युवाको नयाँ राजनीतिक जागरण”: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
गण्डकी प्रदेशमा अस्पताल स्तरोन्नतिमा घुसखोरीको आरोप, छानबिन समिति गठन
गण्डकी प्रदेशमा अस्पताल स्तरोन्नतिमा घुसखोरीको आरोप, छानबिन समिति गठन
शनिबारका विदेशी मुद्राको विनिमय दर
शनिबारका विदेशी मुद्राको विनिमय दर
डोनाल्ड ट्रम्पको गुप्त हतियार प्रयोग: भेनेजुएलाको सैन्य प्रणाली निष्क्रिय बनाउने खुलासा
डोनाल्ड ट्रम्पको गुप्त हतियार प्रयोग: भेनेजुएलाको सैन्य प्रणाली निष्क्रिय बनाउने खुलासा
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
स्वास्थ्य क्षेत्रका चार विधेयक प्रतिनिधिसभामा पेस, मातृत्व बिदा र स्वास्थ्यकर्मी सुरक्षामा जोड
स्वास्थ्य क्षेत्रका चार विधेयक प्रतिनिधिसभामा पेस, मातृत्व बिदा र स्वास्थ्यकर्मी सुरक्षामा जोड
सार्वजनिक यातायातका चालकलाई छुट्टै व्यावसायिक लाइसेन्स अनिवार्य गर्ने प्रस्ताव
सार्वजनिक यातायातका चालकलाई छुट्टै व्यावसायिक लाइसेन्स अनिवार्य गर्ने प्रस्ताव
नेपाल–अमेरिका स्थल सेनाबीच छैटौं अनुभव साटासाट तथा छलफल कार्यक्रम सुरु
नेपाल–अमेरिका स्थल सेनाबीच छैटौं अनुभव साटासाट तथा छलफल कार्यक्रम सुरु
singel sidbar banner
singel sidbar banner 2